ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकार कहिले बनाउने? रास्वपाको कोर्टमा बल

९ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।  आयोगले परिणाम बुझाएसँगै सरकार कहिले बनाउने भन्ने निर्णय गर्ने जिम्मेवारी अब राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ। प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट...

निर्वाचन आयोगले राष्ट्रपतिलाई पेस गर्‍यो निर्वाचन प्रतिवेदन

३८ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आज उक्त प्रतिवेदन पेस गरेका हुन्। अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागेर निर्वाचन सफलतापूर्वक सम्पन्न...

आँचलको जन्मदिनको 'एक मुठ्ठी बादल' को टिजर सार्वजनिक

३८ मिनेट अघि   सेतोपाटी

अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म 'एक मुठ्ठी बादलः माई सेयर अफ स्काई' को टिजर सार्वजनिक भएको छ। बिहीबार आँचलको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजर फिल्मकी मुख्य कलाकार आँचलले नै वाचन गरेको कविता 'पोम्पोईको फूल' को सेरोफेरो घुमेको छ। कवितासँगै...

अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्री बस्ने सैन्य बेसमाथि अपरिचित ड्रोन उडेपछि

४१ मिनेट अघि   सेतोपाटी

अमेरिकी विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथ बर्ने वासिङ्टनस्थित एक सैन्य शिविरमाथि अपरिचित ड्रोनहरू उडेको पाइएको छ। पछिल्लो १० दिनमा एक रात रुबियो र हेगसेथ बस्ने फोर्ट लेस्ली जे म्याकनेयरमाथि धेरै ड्रोनहरू देखिएको भनेर द वासिङ्टन पोस्टले...

विराटनगरमा पहिलोपटक घर निर्माण प्रदर्शनी हुँदै

४२ मिनेट अघि   सेतोपाटी

विराटनगरमा पहिलो पटक घर निर्माण सम्बन्धी  प्रदर्शनी आयोजना हुने भएको छ।  उद्योग संगठन मोरङले बिहीबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो।  संगठनले  घर निर्माण प्रदर्शनी २०८२ आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रदर्शनी आगामी चैत १२ देखि १६ गतेसम्म...

अनिल–मीन ट्रफी क्रिकेटमा मोरङको विजयी सुरूआत

४४ मिनेट अघि   सेतोपाटी

विराटनगरमा सुरू भएको पहिलो अनिल–मीन ट्रफी क्रिकेटमा मोरङले विजयी सुरूआत गरेको छ।  नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरेको छ।  जितसँगै  ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ।  टस...

इसराइलले इरानको ग्यास भण्डारमा फेरि प्रहार नगर्ने ट्रम्पको घोषणा

४८ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले इरानको ग्यास भण्डारमा फेरि आक्रमण नगर्ने बताएका छन्। इसराइलले बुधबार साउथ पार्स ग्यास भण्डारमा आक्रमण गरेको थियो। यो ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। त्यसको जबाफमा इरानले पनि कतारमा रहेको विश्वकै सबैभन्दा...

आज राति पश्चिम नेपालबाट भित्रिँदैछ पानी पार्ने प्रणाली

५० मिनेट अघि   सेतोपाटी

पश्चिम नेपालबाट आज पार्ने प्रणाली भित्रँदैछ। बिहीबार राति सुदूरपश्चिमबाट पानी पार्ने प्रणाली नेपाल भित्रने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले जानकारी दिइन्। अहिले नेपालम पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ। यसले केही दिनयता मधेसबाहेकका प्रदेशका...

पोखराका आकाशमा 'चराको खेल' तोकिएको बिन्दुमा झर्न प्याराग्लाइडरहरूको प्रतिस्पर्धा

५९ मिनेट अघि   सेतोपाटी

प्याराग्लाइडिङ खेललाई खेलाडी र पर्यटक दुबैले चरासँग तुलना गर्छन्। हावाको बहावसँगै इन्जिनबिना ग्लाइडरको भरमा आकाशमा उड्नु सजिलो छैन। चराझैं आकाश उड्नभन्दा गाह्रो मानिन्छ, चराले झैं तोकिएको ठाउँमा टेक्न। एक ठाउँबाट उडेको चरा अर्को ठाउँमा जसरी सजिलै बस्न सक्छ, त्यसरी नै...

ज्ञानेन्द्र शाही भए राप्रपा संसदीय दल नेता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दल नेता चयन गरेको छ। प्रवक्तासमेत रहेका जुम्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीलाई संसदीय दल नेता बनाउने निर्णय राप्रपाले गरेको हो। मुख्य सचेतकमा खुस्बु ओली चयन भएकी छन्। उनी समानुपातिकतर्फ प्रतिनिधि सभा...

आर्मीलाई हराउँदै पुलिस बन्यो जय ट्रफी च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

जय ट्रफी इलिट कप बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।  बिहीबार माथिल्लो मुलपानी मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।  पुलिसले आर्मीले दिएको २२७ रनको लक्ष्य ६ विकेटको क्षतिमा...

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार!

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमालको निर्देशमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरूद्ध  मुद्दा दर्ता  गरेको छ। अछाम ढकारी गाउँपालिकाको अध्यक्ष प्रकाशबहादुर साउदसहित ४ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अध्यक्ष प्रकाशसहित तत्कालीन...

रविको मुद्दा फिर्ता लिने निर्णयविरूद्ध वरिष्ठ अधिवक्ताको प्रश्न- मुद्दा चलाउनेले नै फैसला गर्न मिल्छ श्रीमान्?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध विभिन्न अदालतमा विचाराधीन अभियोगपत्रहरू संशोधन गरेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर हटाउन स्वीकृति दिने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ। गत आइतबारदेखि न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा भइरहेको...

'धुरन्धर २' को टिकट बुकिङ तीव्र हुँदा क्युएफएक्सको साइट डाउन!

१ घण्टा अघि   सेतोपाटी

रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धरः द रिभेन्ज' बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ। नेपालमा पनि यो फिल्म एकसाथ प्रदर्शनमा ल्याइएको हो। नेपालमा बुधबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। बुकिङ खुल्नासाथ टिकट खरिद गर्ने दर्शकको चाप अत्यधिक बढेपछि अग्रिम बिक्री तीव्र...

नेफिनको ११ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ। प्राकृतिक स्रोत, जल, जंगल र जमिनमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरौं’ भन्ने मुख्य नाराका साथ महाधिवेशन सुरू भएको हो। नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र...

छोरी!

१ घण्टा अघि   सेतोपाटी

छोरी, तिमी वसन्तको बगैँचामा फक्रिन खोजेको एउटा कोमल फूल हौ तिमीलाई देखेर भमराहरू मधुको लोभले वरिपरि गुन्जिरहन्छन्, चुम्ने बहानामा चुँडेर शिरमा सजाउने सपना पनि देख्छन्। तर सम्झिरहनु— यो संसारको भीडमा फूलको सुगन्ध सुँघ्नेहरू मात्र हुँदैनन्, केही त यस्ता हात पनि...

रूपन्देहीका ग्यास डिलरमा प्रशासनको अनुगमन, कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने चेतावनी

१ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा खाना पकाउने एलपी ग्यास डिलरले कृत्रिम अभाव सिर्जना गरेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको छ। इलाका प्रशासन कार्यालय बुटवलको अगुवाइमा प्रहरी, ग्यास विक्रेता संघ र सम्बन्धित पालिकाहरूको रोहबरमा विभिन्न डिलर र ग्यास बिक्री केन्द्रमा आकस्मिक ‘छड्के’ अनुगमन गरिएको हो। अनुगमनका क्रममा...

विदेशी खेलाडीको विषयमा अध्यागमनले छानविन थालेसँगै स्थगित भयो राष्ट्रिय लिग

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक कारण देखाउँदै राष्ट्रिय लिग स्थगित गरेको छ। लिगमा सहभागी १७ क्लबलाई पत्राचार गर्दै एन्फाले ‘प्राविधिक कारणवश’ भन्दै ३८ वटा खेल स्थगित गरेको छ।  ‘उपरोक्त सम्बन्धमा अखिल नेपाल फुटवल संघको आयोजनामा मिति २०८२ पौष...

प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!

१ घण्टा अघि   सेतोपाटी

प्रिय गाउँ, तिमी आज जस्तो छौ, हिजो त्यस्तो थिएनौ। समयको निर्मम चक्रले तिम्रो मुहार र मेरो जीवन दुवै फेरिदियो। तर मेरा आँखाहरूमा तिम्रो त्यही पुरानै स्वरूप झलझली नाचिरहन्छ। मलाई तिमीलाई फेरि त्यही पुरानै गाउँ भएको हेर्न मन छ, जहाँ आधुनिकताको...

पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद

१ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद २०७९ अघिसम्म स्याङ्जाका झविलाल डुम्रे ग्यालेक्सी टेलिभिजनका प्रस्तोता रवि लामिछानेले चलाउने 'सिधा कुरा' कार्यक्रमका नियमित दर्शक थिए। जब रविले चुनावको ठिकअघि टेलिभिजन छाडेर राजनीतिमा आउने घोषणा गरे, डुम्रेलाई पनि राजनीतिमा जानुपर्छ भन्ने लाग्यो। डुम्रेको कुनै राजनीतिक...

नेपालमा खेलिरहेका ३८ बढी विदेशी खेलाडीको छानविन गर्दै अध्यागमन

२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको सहिद स्मारक महिला लिग र पुरुषको राष्ट्रिय लिगमा सहभागी भएका कतिपय विदेशी खेलाडीले पर्यटक भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले छानविन थालेको छ। बिहीबार केही व्यक्तिले उजुरी दिएपछि विभागले एन्फालाई पत्राचार गर्दै...

नेप्सेमा उच्च अंकको वृद्धि, २१ अर्ब बढीको सेयर किनबेच

२ घण्टा अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।  नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार १२ अर्ब तीन करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार २१ अर्ब २२ करोड रूपैयाँमा पुगेको...

सशस्त्रको ब्यारेकभित्रै छिरेर स्थानीय व्यापारीले गरे डिएसपीमाथि हातपात

२ घण्टा अघि   सेतोपाटी

कैलालीमा सशस्त्र प्रहरीको ब्यारेक भित्रै प्रवेश गरेर स्थानीयले प्रहरी नायब उपरीक्षक (डिएसपी)माथि हातपात गरेका छन्। टीकापुरस्थित खक्रौला भन्साको सशस्त्र प्रहरी सीमा सुरक्षा ब्यारेक भित्रै प्रवेश गरेर स्थानीय व्यापारीहरूले सशस्त्रका डिएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन्। सामान खोसेको निहुँ आक्रोशित स्थानीय...

बसमा भेटिएको अपरिचित मानिस!

२ घण्टा अघि   सेतोपाटी

कहिलेकाहीँ जीवनले हामीलाई यस्तो यात्रामा पठाइदिन्छ, जहाँ गन्तव्य मात्र महत्त्वपूर्ण हुँदैन, बाटोमा भेटिने मानिस र उनीहरूका कथाहरू अझ महत्त्वपूर्ण हुन्छन्। मेरो जीवनको त्यस्तै एउटा अविस्मरणीय अनुभव थियो— काठमाडौँदेखि धनगढी जाने त्यो लामो बस यात्रा। त्यो दिन बिहान सबेरै काठमाडौँमा चिसो...