आफ्नै खोजीमा...
मृगतृष्णाको पछि दौडँदा-दौडँदै थकित मुहारसहितको आफ्नै एक थान शरीर बोकेर कोलाहल आबादीबाट एउटा यस्तो निसर्गको वात्सल्यमा पुगेछु जहाँ, पुष्पगुच्छाको सुगन्धित सुवास अन्तस्करणले अनुभूत गर्दछ, अपरिचित कोइलीको माधुर्य कूजन र न्याउलीको हृदयस्पर्शी करुण-ध्वनिले श्रवणेन्द्रियलाई आश्चर्य पार्दछ, वक्षस्थलमा गुम्सिएको अतृप्त प्यासलाई कलकल...
