रवि लामिछानेले भने– पार्टीले सही मान्छेलाई मन्त्री बनाउँछ, कसैलाई भनिरहनुपर्दैन!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बनाइदिन भनेर नधाउन अनुरोध गरेका छन्। ललितपुरको रोयल टुलिप होटलमा नवसांसदहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको अन्तिम दिन बुधबार लामिछानेले भने, 'अहिलेसम्म कुन मन्त्रालय कसलाई दिने भन्ने यकिन भएको छैन।' 'तपाईंहरूमध्ये कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भन्दै धाउने र म फलानो मन्त्री भन्दै मिडिया...
