ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौंको बसन्तपुरमा धमाधम मतदान (तस्बिरहरू)

९ मिनेट अघि   सेतोपाटी

बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ। बिहान १० बजेसम्म करिब ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।  काठमाडौं क्षेत्र नम्बर-८ स्थित मतदानस्थलमा पनि बिहानैदेखि शान्तिपूर्ण मतदान भइरहेको छ। केही मतदाताहरू मतदान...

झापा-५ मा ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान

१४ मिनेट अघि   सेतोपाटी

झापा निर्वाचन क्षेत्र–५ मा बिहान ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान गरिएको छ। निर्वाचन अधिकृत विदुर कुमार कार्कीले हालसम्मको प्रारम्भिक विवरणअनुसार मतदान उत्साहजनक रूपमा भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘११ बजेसम्ममा २२–२३ प्रतिशत मत खसेको हाम्रो अनुमान...

राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान

२० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईकाअनुसार अध्यक्ष लिङ्देनले वडा...

देशभर चुनावको उत्साह (तस्बिरहरू)

३५ मिनेट अघि   सेतोपाटी

देशभर एकाध घटनाबाहेक उत्साहपूर्वक ढंगले मतदान भइरहेको छ। दोलखाको  मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो। दाङको निर्वाचन क्षेत्र नं. ३...

गृहमन्त्री ओमप्रकाश अर्यालले गरे मतदान

३६ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन्। गृहमन्त्री अर्यालले ललितपुर महानगरपालिकास्थित टीका विद्याश्रम मावि मतदान केन्द्र पुगेर मतदान गरेका हुन्। आज प्रतिनिधि सभा निर्वाचन भइरहेको छ। मतदान अपराह्न ५ बजेसम्म गर्ने समय तोकिएको छ।

ओखलढुंगाको एक मतदान केन्द्रमा भोट हाल्नै गएनन् मतदाता

५० मिनेट अघि   सेतोपाटी

ओखलढुंगाको एक मतदान केन्द्रमा मतदाताहरू भोट हाल्न नजाने भएका छन्। मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित टोक्सेल भन्ने मतदान केन्द्रमा बिहीबार बिहान साढे १० बजेसम्म कोही पनि मतदान गर्न नआएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए। उनका अनुसार स्थानीयहरूले विरोध स्वरूप मतदान...

दोलखाको मतदान स्थलमा विवाद हुँदा रोकियो मतदान

५८ मिनेट अघि   सेतोपाटी

दोलखाको  मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो। त्यसपछि भिड नियन्त्रणमा लिन एकछिन मतदान कार्यक्रम रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी...

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान, प्रत्यक्षतर्फको नतिजा २४ घन्टाभित्रै सार्वजनिक गर्ने दाबी

१ घण्टा अघि   सेतोपाटी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन्। मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिदै उनले ७७ वटै  जिल्लामा आम मतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको उनले बताए। 'बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक...

न्युजिल्यान्ड फाइनल पुग्दा फिन एलेनले ३३ बलमा शतक प्रहार गरेपछि बनेका ८ रेकर्ड

१ घण्टा अघि   सेतोपाटी

फिन एलेनले टी-२० विश्वकपमा बनाएको कीर्तिमानी ब्याटिङले न्युजिल्याण्ड फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकामाथि नौ विकेटको जितसँगै  विभिन्न रेकर्ड बनेका छन्। न्युजिल्याण्डका ओपनिङ ब्याटर फिन एलेनले दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा विस्फोटक ब्याटिङ गर्दै क्रिकेट इतिहासमा धेरै नयाँ कीर्तिमानहरू कायम गरेका छन्।...

बिहान १० बजेसम्म खस्यो १० लाख ६५ हजार मत

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज सबै केन्द्रमा निर्बाध मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत (करिब ६ प्रतिशत) मत खसेको छ। आयोगका अनुसार अपराह्न पाँच...

दोलखाको मतदान स्थलमा विवाद भएपछि हवाइफायर

१ घण्टा अघि   सेतोपाटी

दोलखाको मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरू भएको प्रतिनिधि सभा निर्वाचनको क्रममा तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर गरिएको हो। मतदान गर्ने क्रममा विवाद भएपछी स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको दोलखा...

भयरहित वातावरणमा मतदान गरौं, कांग्रेसको पक्षमा माहोल छ- विश्वप्रकाश शर्मा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर-९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन्। उनले सबैलाई मतदान गर्न आग्रह गरेका...

पास नभएका सवारी साधन सडकमै होल्ड, मतदान सकिएपछि छाडिने (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

पास नबोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले जाँचका क्रममा सडकमा रोकेका छन्। बिहीबार देशभर मतदान भइरहेको छ। मतदानका दिन अत्यावश्यकीय सेवाका बाहेक अरू सवारी साधन चल्न रोक लगाइएको छ। जरूरी कामका लागि आवतजावत गर्न निर्वाचन आयोगले अस्थायी पास बाँडेको छ। अत्यावश्यकीय...

मतदानस्थलमा खटिएको प्रहरी जवानले बोकेको हतियारबाट अचानक चल्यो गोली, लाग्यो मतपेटिकामा

१ घण्टा अघि   सेतोपाटी

उदयपुरमा प्रहरी जवानले बोकेको हतियार अकास्मात पड्किँदा मतपेटिकामा क्षति भएको छ। बिहान ७:१३ बजे कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको 'ख' मतदान केन्द्रमा खटिएका एक प्रहरी जवानले बोकेको सटगन झुक्किएर पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  ...

एमाले महासचिव पोखरेलले गरे मतदान

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २  मा उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेको मतदान अधिकृत...

कांग्रेस सभापति गगन थापाले गरे मतदान (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। उनले बिहीबार काठमाडौंको मैतिदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्। थापा सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार छन्।  उनी मतदान गर्न बुधबार काठमाडौं आएका थिए। थापा आजै सर्लाही जाने कार्यतालिका रहेको...

अझै मतदान सुरू हुन सकेन बबई–१ र ७ मा, यस्तो छ कारण

२ घण्टा अघि   सेतोपाटी

दाङको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको बबई गाउँपालिका– १ को केही मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन। वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई– १ को गंगटे, भाङोबारीमा भने मतदान सुरु भएको छ। तर, वडा नं. १ को जिलामा भने मतदान सुरु...

मतदान गर्दै के भने प्रचण्डले?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्। भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्र 'क' बाट मतदान गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै...

प्रधानमन्त्री कार्कीले गरिन् मतदान (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्। काठमाडौंको क्षेत्र नम्बर-५ स्थित धापासी निमावि, फैमालचुली केन्द्र पुगेर बिहानै प्रधानमन्त्री कार्कीले मतदान गरेकी हुन्।  बिहीबार प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह पनि  गरेकी छन्। 'आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज...

विप्लवले १८ वर्षपछि गरे मतदान

२ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मनदान गरेका छन्। विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका –३ थुनिकोटस्थित  श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन । विप्लवको सचिवालयका नारायण चन्दका अनुसार यसअघि विप्लवले २०६४ को...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आह्वान

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीले आह्वान गरेकी हुन्। 'आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र...

देशभर मतदान जारी (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान देशभर मतदान सुरू भएको छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। मतदाताहरू बिहान ७ बजेभन्दा अगाडि नै मतदानस्थलमा पुगी मतदानका लागि लाइनमा बसेका छन्। राजनीतिक दलका मुख्य...

भैसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् । बिहीबार बिहान ललितपुरको भैँसेपाटी मतदान केन्द्रमा पुगेर मिश्रले मतदान गरेका हुन्। उनी आफै भने काठमाडौं-१ मा उम्मेदवार छन्।

कांग्रेस उपसभापति शर्माले गरे मतदान

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७...