ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अभिनेत्री नम्रताले गरिन् बिहे

४६ मिनेट अघि   सेतोपाटी

अभिनेत्री तथा मोडल नम्रता सापकोटाले विवाह गरेकी छन्। बिहीबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले विवाहको खबर साझा गरेकी हुन्। उनले क्याप्सनमा लेखेकी छन्, 'भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।' नम्रताले आफ्नो श्रीमानको नाम भने उल्लेख गरेकी छैनन्।...

जीवनसाथी बने रश्मिका-विजय, साझा गरे तस्बिर

१ घण्टा अघि   सेतोपाटी

साउथ सिनेमा स्टार जोडी रश्मिका मन्दना र विजय देवरकोन्डाले बिहे गरेका छन्। बिहीबार भारतको उदयपुरमा पारिवारिक र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेपछि उनीहरूले आफ्नो वैवाहिक तस्बिरहरू सार्वजनिक गरेका छन्। रश्मिकाले सामाजिक सञ्जालमा पहिलो पोस्टमा आफूलाई श्रीमतीको रूपमा परिचय गराउँदै विजयलाई...

बिबिसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई लेख्यो पत्र

३ घण्टा अघि   सेतोपाटी

बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ।  बिहीबार आयोगले प्रेस काउन्सिललाई उक्त डकुमेन्ट्री हटाउन पत्र लेखेको आयोगका आयुक्त रामप्रसाल भण्डारीले जानकारी दिए।  उनका अनुसार बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री निर्वाचनको माहोल भाड्ने किसिमको छ।  'निर्वाचनको...

ब्युटी पेजेन्टमा सहभागी युवतीमाथि अभद्र व्यवहार आरोपमा आयोजक पक्राउ

४ घण्टा अघि   सेतोपाटी

मिस विभा ब्युटी पेजेन्ट-२०२६ को तयारीका क्रममा सहभागी एक युवतीलाई प्रलोभनमा पारी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं. २२ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ६ बस्दै आएका वर्ष ४१...

शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक: 'पाँच वर्ष–पाँच क्रान्ति' एजेन्डा

४ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। घोराहीमा पत्रकार सम्मेलन गरी उनले 'दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल' भन्ने नारासहित उनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।...

न्यायालय सुधार्न निर्देशिका ल्याउने मन्त्रीसँग बहस

५ घण्टा अघि   सेतोपाटी

न्यायालय र संवैधानिक निकायको सुधार–४ हामीले सेतोपाटीमा 'न्यायालय र संवैधानिक निकायको सुधार' बारे बहस शृंखला चलाइरहेका छौं। यो शृंखलाको चौथो अंकमा कुरा गर्न हामीले पूर्वकानुनमन्त्री तथा वरिष्ठ संविधानविद गोविन्द बन्दीलाई स्टुडियोमा निम्ता गरेका छौं। हामी धेरै नेपालीलाई लाग्छ — हाम्रा...

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिज

५ घण्टा अघि   सेतोपाटी

सामसङले नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको घोषणा गरेको छ। जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गरेको कम्पनीले बताएको छ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै...

मलाई चितवन-३ मा केन्द्रित भयो भन्नु रेनु र म दुवैमाथि अन्याय हुन्छ- प्रचण्ड

५ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित पत्रकारहरूसँग संवाद कार्यक्रममा संयोजक प्रचण्डले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको बताएका हुन्। चि तवन...

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

६ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।  बिहीबार अमदावादमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो। यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ।  वेस्ट इन्डिजले दिएको १७७...

रूपन्देही-२ मा नेकपा उम्मेदवार पाण्डेको प्रतिबद्धता- विद्यालयमा निःशुल्क बस,  प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

६ घण्टा अघि   सेतोपाटी

रूपन्देही- २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वदीप पाण्डे(शुभाष)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता, समावेशिता, सामाजिक परिचालन र भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर उनले...

झापा-५ मा निर्वाचन प्रहरी, प्रहरी, सशस्त्र प्रहरी र सेना सँगसँगै गस्तीमा (तस्बिरहरू)

६ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरू भएको छ। आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरू भएको हो। कुनै अप्रिय...

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चको आदेश

६ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रहरीले बास्तोलालाई फागुन ६ गते पक्राउ गरेको थियो। फागुन २१...

नेकपाको अपिल- व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि बदल्छौं (पूर्णपाठ)

६ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले व्यवस्था बदलेजस्तै अवस्था पनि बदल्ने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी नेकपाले १५ बुँदे अपिल जारी गर्दै व्यवस्थासँगै अवस्था पनि बदल्ने प्रतिबद्धता व्यक्त गरेको हो। 'व्यवस्था बदलेको हामीले हो, अब...

जय ट्रफी : तेस्रो चरणको पहिलो दिन आर्मीका दासको शतक

६ घण्टा अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो चरणका खेल बिहीबारदेखि सुरू भएका छन्।  तेस्रो चरणमा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदा कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका...

उच्च अदालतले रोक्यो 'द केरला स्टोरी २' को प्रदर्शन

७ घण्टा अघि   सेतोपाटी

भारतको केरला उच्च अदालतले चलचित्र 'द केरला स्टोरी २' को प्रदर्शनमा अन्तरिम रोक लगाएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार निर्धारित प्रदर्शन मितिभन्दा एक दिनअघि अदालतले यस्तो आदेश दिएको हो। ध्यायाधिश बेचु कुरियन थोमसको एकल इजलासले फिल्मको रिलिजमा १५ दिनको...

अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौं- गगन थापा

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन्। बिहीबार सुर्खेतमा कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउनका...

काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारले सार्वजनिक गरे संयुक्त प्रतिबद्धता (पूर्णपाठ)

७ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा कांग्रेसका उम्मेदवारहरूले एकीकृत प्रतिबद्धता पत्र भिजन-१० सार्वजनिक गरेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरका गरी १५ वटै निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरूले बिहीबार उपत्यका विकास प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।  काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितीमा तीनवटै जिल्लाका उम्मेदवारहरुको...

निर्वाचन आयोग र प्रेस काउन्सिल विरूद्ध सेतोपाटी गयो सर्वोच्च अदालत, शुक्रबार पेसी

७ घण्टा अघि   सेतोपाटी

चुनाव विश्लेषण छाप्दा निर्वाचन तथा पत्रकार आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोग र प्रेस काउन्सिलले पत्र लेखेपछि सेतोपाटीले सर्वोच्च अदालतमा रिट दिएको छ। आयोग र काउन्सिलले लेखेका पत्रहरू संविधान विपरीत भएको भन्दै सेतोपाटीका प्रधानसम्पादक अमित ढकालले दुवै संस्था विरूद्ध सर्वोच्चमा...

राष्ट्रिय लिग : १० खेलाडीमा सीमित एनआरटीसँग बराबरीमा रोकिए पनि प्लानिङ शीर्ष स्थानमा

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ मा प्लानिङ ब्वाइज युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा प्लानिङले न्युरोड टिम एनआरटीसँग एक एक गोलको बराबरी खेल्यो।  खेलको ४१ मिनेटमा प्लानिङले प्रतापसिंह राईले गरेको गोलबाट अग्रता लियो। तर पहिलो हाफको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१औं वर्षमा प्रवेश

७ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ। चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्थाहरू तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको छ। यस ऐतिहासिक अवसरमा...

दामी एक्सपिरियन्ससँग सहकार्य गर्दै एनसेल, सिग्नेचर प्लानमा ५० प्रतिशतसम्म छुट

८ घण्टा अघि   सेतोपाटी

एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँगको साझेदारीमा चार सयभन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ। मंगलबार एक सम्झौता पत्रमा दुई कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेसँगै यो अफर औपचारिक रूपमा सुरू भएको हो। सम्झौतामा एनसेलका प्रमुख कार्यकारी...

सिद्धार्थ बैंकका ग्राहकलाई पेट मामा नेपालमा १० प्रतिशतसम्म छुट

८ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक र पेट मामा नेपालबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।   सम्झौता अनुसार बालुवाटार, काठमाडौंस्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरूको ग्रुमिङ, स्पा,...

कर्फ्यू लागिसकेकोले बल प्रयोग गर्न आदेश माग्न नपर्ने आइजिपी खापुङको निर्देशन- बिबिसी डकुमेन्ट्री

८ घण्टा अघि   सेतोपाटी

बिबिसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको डकुमेन्ट्रीमा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङले भदौ २३ गते कर्फ्यू लागेपछि बल प्रयोग गर्न आदेश माग्न नपर्ने निर्देशन दिएको दाबी गरेको छ। बिबिसीले यो डकुमेन्ट्री बिहीबार सार्वजनिक गरेको हो। उसले ४ हजार भन्दा बढी फोटो/भिडिओ मूल्यांकन...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी प्रतिनिधिहरूले दायर गरे निवेदन

८ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्री तथा मन्त्रिपरियद कार्यालयमा निवेदन दर्ता गराएका छन्। बिहीबार बिहान जेनजी प्रतिनिधिहरूले फागुन २२ गते प्रतिवेदन सार्वजनिक गर्न माग राखेर निवेदन दर्ता गराएको जेनजी...