जबरजस्ती करणी मुद्दामा भुपेन्द्रसिंह ठगुन्ना पक्राउ
जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी भुपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति प्राएपछि खोजतलासको क्रममा खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट ठगुन्नालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मनोहर...
