निरजले गरे सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्। उनले धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम राउन्डमा ३–अन्डर ६७ को कार्ड बनाए। समग्रमा...
