ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फेरि पनि ओलीलाई अध्यक्ष बनाउनुपर्छ : विष्णु पौडेल

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने बताएका छन्। पार्टीको आसन्न ११ औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका वेला उनले ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने प्रतिक्रिया दिएका हुन्।...

बा बूढो हुनुभयो!

८ मिनेट अघि   सेतोपाटी

बा, सत्तरीको उमेरले छोएपछि अचेल आँखै अगाडि धमिलो भयो भन्नुहुन्छ चस्मा लगाउँदा नि सफा देखिन भन्नुहुन्छ हिजो बा’कै आँखा पछ्याएर मैले पनि संसार हेरेर्थेँ बा’ले नै बाल्दिएको ज्योतिबाट मैले दुनियाँ निहार्दथेँ हरेक चोटमा, हरेक दुखमा नलोलाएका, नरोएका आँखा मेरा लागि...

नेप्सेमा १३.५२ अंकको गिरावट

९ मिनेट अघि   सेतोपाटी

बुधबार सेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा आइपुगेको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।  यस दिन ५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिन अर्थात्...

आफै प्रहरी कार्यालय पुगेर युवकले भने- शव खोल्सामा राखेको छु, फोहोरले छोपेर

९ मिनेट अघि   सेतोपाटी

घटना बाँकेको हो, मंसिर १२ गतेको। इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका एक युवकले एउटा शवबारे जानकारी दिए। युवक बैजनाथ गाउँपालिकाका-२ पितमारीका १९ वर्षीय नारायण परियार थिए। इलाका प्रहरी कार्यालयका इन्चार्ज चक्रडम्मर पालले ती युवकका सम्पूर्ण कुरा सुने। कुरा सकिएपछि प्रहरीले...

मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

१६ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्।  बुधबार दिउँसो २ बजेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्।  २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशपछि मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने बताएका थिए। तर,...

कुलमानकाे उज्यालाे नेपाल पार्टी घाेषणा सभामा सुमना पनि सहभागी

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारमा ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेयता कुनै पार्टीमा नजाेडिएकी उनी प्रज्ञा प्रतिष्ठानमा चलिरहेको उज्यालाे नेपाल पार्टीकाे औचारिक घोषणा सभामा पुगेकी हुन्। यसअघि सुमना...

७ वर्षअघि निर्माण भएको वायर हाउस अझै आएन सञ्चालनमा

१९ मिनेट अघि   थाहाखबर

धनकुटा : हिलेमा ७ वर्ष अगाडि निर्माण गरिएको वायर हाउस सञ्चालनमा नआउदा कृषक र उपभोक्ता दुवै निराश छन्। झण्डै ७ वर्ष अघि निर्माण भएको वायर हाउस अझैसम्म सञ्चालन नहुँदा निर्माणको लगानी बालुवामा पानी जस्तै भएको छ। डेनमार्क सरकारको सहयोगमा सञ्चालित...

स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

२२ मिनेट अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा यो वर्ष स्याउ उत्पादन घटे पनि यहाँका किसानले स्याउ बेचेर बढी कमाएका छन्। गत वर्षको तुलनामा यस वर्ष ८.९७ प्रतिशतले स्याउ उत्पादन घटे पनि गत वर्षको भन्दा यो वर्ष स्याउको बजारीकरणबाट रु. १६ करोड ५३ लाख आम्दानी...

निजी क्षेत्रका लागि सुरक्षित र स्थिर वातावरण बनाउन सरकार सक्रिय होस्–चेम्बर

२६ मिनेट अघि   सेतोपाटी

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालसँग भेट गरी जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको अर्थतन्त्रलाई स्थिर बनाउन आवश्यक कदमबारे सुझाव दिएको छ।  चेम्बरले राजनीतिक र नीतिगत स्थायित्व बिना निजी क्षेत्रको विश्वास बढ्न नसक्ने भन्दै व्यवसायीहरू अझै जोखिम र अनिश्चिततामा...

उज्यालो नेपाल पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ (तस्बिरहरू)

२८ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टी घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन्। मन्त्री कुलमान घिसिङको उपस्थितिमा आज प्रज्ञा भवनमा उज्यालो नेपालले औपचारिक घोषणा कार्यक्रम गरिरहेको छ। पार्टी घोषणा सभा चलिरहेका बेला पूर्वप्रतिनिधि सभा सांसदसमेत रहेकी सुमना कार्यक्रम स्थल पुगेकी हुन्। उनी...

मन्त्री कुलमान घिसिङलाई खुला पत्र!

३२ मिनेट अघि   सेतोपाटी

माननीय मन्त्री ज्यू नमस्कार। तपाईं नेपालमा अँध्यारो लोडसेडिङको युगबाट उज्यालो युगमा ल्याउने एक अद्भुत व्यक्तित्व हो। जसरी प्रमिथसले आगोको झिल्को चोरेर ल्याएर पृथ्वीमा उज्यालो पारे त्यसरी नै तपाईंको मस्तिष्कको झिल्कोबाट देशलाई लोडसेडिङबाट मुक्त गरी उज्यालो बनाउनु भएको थियो। सबै अँध्यारो...

गगनकाे घाेषणा : म १५औँ महाधिवेशनमा सभापतिकाे उम्मदेवार हाे

४३ मिनेट अघि   थाहाखबर

काठमाडाैँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घाेषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै उनले आफू सभापतिको उम्मेदवार हुने कुरामा कुनै शंका नरहेकाे बताए।  तपाईँ कांग्रेसकाे आसन्न महाधिवशेनमा सभापतिकाे उम्मेदवार हाे ? भन्ने...

कन्सल्टेन्सीको प्रचारप्रसार नगर्न चिकित्सकलाई काउन्सिलको ध्यानाकर्षण

४३ मिनेट अघि   सेतोपाटी

नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसार गरेको भन्दै सचेत गराएको छ। काउन्सिलले विज्ञप्ति निकालेर केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसार प्रयोजनका लागि आफ्ना नाम, फोटो तथा प्राप्त गरेको डिग्री साइनबोर्ड, ब्यानर, पम्पलेट आदि प्रचारप्रसार सामग्रीहरूमा राखिनु चिकित्सकीय परम्परा विपरीत रहेको भन्ने...

उज्यालो नेपाल पार्टीको घोषणा सभा, तस्वीरहरू

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपपा घोषणा हुँदैछ। यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ। प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ। अहिले पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा...

जेनजीका माग सही थिए  : विष्णु पौडेल

५० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजीका माग सही भएको बताएका छन्। प्रेस चौतारी नेपालले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको बताउँदै नरहने तर्क गरे।...

तस्बिरमा हेर्नुस् उज्यालो नेपाल पार्टी घोषणा

५२ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुन लागेको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ऊर्जा मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणाको कार्यक्रम भइरहेको छ।  पार्टी घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम छ। उज्यालो...

युट्युबमा 'भुन्टी' को छलाङ, ५० लाख पुगे 'सुकुमाया टिभी' मा सब्सक्राइबर्स

१ घण्टा अघि   सेतोपाटी

नेपाली सिरियलका दर्शकमाझ लोकप्रिय कलाकार, निर्माता तथा निर्देशक आशा खड्का गौतमको युट्युब च्यानल 'सुकुमाया टिभी' ले ५० लाख (५ मिलियन) सब्सक्राइबर्सको कोसेढुंगा पार गरेको छ।  च्यानलमा ५० लाख सदस्य जोडिएको अवसरमा खुसी साट्दै आशाले आफ्ना दर्शक तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेकी...

कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड रूपैयाँ जापानले ऋण दिने

१ घण्टा अघि   सेतोपाटी

नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री  रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरियो।  जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियारले दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गर्नका लागि विशेष अदालतमा पुर्‍याएको छ। विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको...

भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत शुरु

१ घण्टा अघि   थाहाखबर

दमौली : मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ। दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो। चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत...

विष्णु पौडेललाई प्रश्न : महाधिवेशनमा तपाईँको दाबेदारी कुन पदमा ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले ११औं महाधिवेशनको सम्मुखमा छ। २७ देखि २९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन करिब सकिएको छ।  महाधिवेशन नजिकिँदै आउँदा एमालेभित्र नेतृत्वको सवालमा दुई ध्रुवीय बहस उत्कर्षमा छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले...

कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुन लागेको छ। मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा गर्न लागिएको हो। लाइभ:

अन्धकारमा उज्यालोको खोजी भाग- २!

१ घण्टा अघि   सेतोपाटी

अन्धकारमा उज्यालोको खोजी! मेरो नाम ज्योति, नामले उज्यालो बोक्छ तर जीवनले धेरै दशकसम्म मलाई अन्धकारको गहिरो अर्थ मात्र सिकायो। मेरो आँखाबाट बगिरहेका आँसुहरू दुखका मात्र नभएर स्वीकारोक्तिका आँसुहरू पनि हुन्। यी आँसुहरूमा मेरो मनले बुझेका र नबुझेका, सुनेका र नसुनेका,...

५ लाख बढीको सुन किनेका पूर्वशिक्षक ८ आनाको तिलहरी चोरी आरोपमा पक्राउ

१ घण्टा अघि   सेतोपाटी

तुलसीपुर उपमहानगरपालिका – ५ (क) लाइनको विपी चोकस्थित ‘राधे राधे दिनेश ज्वैलर्स’ पसलमा सुनका गर गहना खरिद गर्न भनेर एक जना अधबैंसे पुरूष आउँछन्।  जसले त्यहाँबाट पाँच लाख ३१ हजार चार सय मूल्य बराबरको सुनका गरगहना पनि खरिद गर्छन्। पसल धनीलाई...