त्रिभुवन विमानस्थलमा डेढ घन्टादेखि उडान र अवतरण बन्द, कोरियाबाट आएको जहाज दिल्ली डाइभर्ट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। विमानस्थलको 'एयरफिल्ड लाइटिङ सिस्टम'मा प्राविधिक समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण बन्द गरिएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। एयरफिल्डको लाइटिङ रात्रिकालीन उडान, अवतरणका लागि अत्यावश्यक हुन्छ। त्यो नबनिसकेकाले...
