ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फरार कैदी खोज्न गएका प्रहरी हवल्दारको मृत्यु

६ मिनेट अघि   सेतोपाटी

फरार कैदीबन्दी लुकीछिपी बसेको सूचना आएपछि खोजी गर्न गएका एक जना प्रहरी हवल्दारको अचानक बेहोस भई मृत्यु भएको छ।  सोमबार पोखरा– १३ गौडाको मुखमा फरार कैदीबन्दी लुकीछिपी बसेको सूचना आएपछि प्रहरी हवल्दार ३८ वर्षीय ओमकुमार थापा सहितको टोली त्यसतर्फ गएको थियो।...

सिन्धुलीमा कार दुर्घटना हुँदा एकको मृत्यु

१० मिनेट अघि   थाहाखबर

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ। दुर्घटनामा परी एकै परिवारका तीनजना घाइते भएका थिए।...

दल दर्ताकाे निवेदन दिएपछि विप्लव नेकपाले भन्याे : हामीले लिएकाे याे कदम ऐतिहासिक हुनेछ

२२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मंगलवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आयोगको कार्यालय पुगेका नेताहरूले आयोगमा दल दर्ताको लागि निवेदन दिएका हुन्।  नेताहरूले पार्टीहरूको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न प्रस्ताव गरेका छन्। कार्यवाहक प्रमुख...

भालुको पित्तसहित दुई जना पक्राउ

२६ मिनेट अघि   सेतोपाटी

भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट दुई जनालाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। कालिकोट खाँडाचक्र नगरपालिका-६ का २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही पक्राउ...

आयुष्मान-रश्मिका अभिनीत 'थामा' ले कमायो ९४ करोड

३० मिनेट अघि   सेतोपाटी

आयुष्मान खुराना र रश्मिका मन्दना अभिनीत हरर–कमेडी फिल्म 'थामा' ले भारतीय बक्स अफिसमा ७ दिनमा ९४ करोड भारू नेट कमाइ गरेको छ। फिल्मले प्रदर्शनको पहिलो सोमबार मात्र ४ करोड रूपैयाँ कमाएको छ। यो फिल्म गत मंगलबारदेखि प्रदर्शनमा आएको थियो। फिल्मले पहिलो...

चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिपमा २ रजत र ४ कास्यसहित नेपाल तेस्रो

३३ मिनेट अघि   सेतोपाटी

भारतको झारखण्डमा अक्टोबर २४ देखि २६ सम्म आयोजित चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिप २०२५ मा नेपालले तेस्रो स्थान हासिल गरेको छ। नेपालले कुल २ रजत र ४ कास्य पदक जितेको हो। प्रतियोगितामा नेपालका धावकहरूले लामो दूरीका इभेन्टमा पदक जिते। ८०० मिटर...

सडक डिभिजन काठमाडौंले ५७ वटा निर्माण कम्पनीलाई सोध्यो स्पष्टीकरण

३३ मिनेट अघि   सेतोपाटी

सडक डिभिजन काठमाडौंले सडक तथा पुल निर्माण कार्यको प्रगति नभएको र लामो समय ताकेता गर्दा पनि सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै ५७ वटा निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको छ। उक्त अवधिमा चित्तबुझ्दो जबाफ नदिए ठेक्का तोड्ने प्रक्रियामा जाने सडक डिभिजन...

प्रतिकूल माैसमका कारण हवाई उडान प्रभावित

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन्।  अहिले अन्तर्राष्‍ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन्।...

प्रधानमन्त्रीलाई भेट्न समय माग्दै उद्योगीहरू, यस्ता छन् अदालत जाने पाँच आधार

४३ मिनेट अघि   सेतोपाटी

विद्युत प्राधिकरणले लाइन काटेर बन्द भएका ठूला उद्योगका सञ्चालकहरू सुरूमा सरकारसँग वार्ता गर्ने र त्यहाँबाट समस्या समाधान नभए अदालत जाने तयारी गरिरहेका छन्। यसबारे छलफल हुँदा कतिपयले सिधै कानुनी उपचारको खोजीमा अदालत जानुपर्ने राय दिएका थिए। कतिपय उद्योगीले पहिला सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे। त्यही आधारमा अहिले उद्योगीहरू प्रधानमन्त्री सुशीला...

संगीत बमको १० सेकेण्डको अनौठो पत्रकार सम्मेलन

४९ मिनेट अघि   थाहाखबर

काठमाडाैं : संगीत बम नामक एक युवकले १० सेकेण्डकाे अनाैठाे पत्रकार सम्मलन गरेका छन्। ​मंगलवार बिहान रिपोर्टस क्लव नेपालमा पुगेर उनले त्यस्ताे पत्रकार सम्मेलन गरेका हुन्।  पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरू ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए। तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो। पत्रकार...

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ। सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो। गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग...

आज राति पनि हिमपात र वर्षा सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज  पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले हाल देशभर साधरणतया बदली छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया...

समाजवादी माेर्चालाई पार्टीमा बदल्ने चर्चाबीच विप्लवले दल दर्ताका लागि दिए आयाेगमा निवेदन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपा पहिल्यै दर्ता रहेकाले विप्लवकाे पार्टीले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएकाे हाे।  दल दर्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेतारू सन्तोष बुढामगर, कर्णजित बुढा लगायतका आयोगको कार्यालयमा पुगेका हुन्।...

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

ऐतिहासिक नुवाकोट दरबार (साततले दरबार) को पुनर्निर्माण कार्य अझै जारी छ। २०७२ को विनाशकारी भूकम्पले अधिक क्षति पुर्‍याएको यो सम्पदाको पुनर्स्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा नै काम थालेको छ। नुवाकोट दरबारलाई साततले...

ज्ञानु राणा पलेँटीमा प्रस्तुत हुँदै, धर्मराज थापाको स्मरण गरिने

१ घण्टा अघि   सेतोपाटी

अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम 'पलेँटी' मा यसपटक प्रसिद्ध गायिका ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन्। कार्यक्रम यही आउँदो शुक्रबार र शनिबार नेपालयको 'आर' शालामा आयोजना हुँदैछ। यसपटकको पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको स्मरण गरिने...

काभा कप भलिबल : ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल पाँचौ

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरूष भलिबल प्रतियोगितामा नेपाल पाँचौ भएको छ।  यसअघि चार हारसँगै पदकबिहिन बनेको नेपालले आज भएको पाँचौ स्थानको प्लेअफमा माल्दिभ्सलाई ३-१ ले हरायो। पहिलो सेट नेपालले २९-२७ ले जित्यो भने दोस्रो सेट २५-२०...

क्यामरुनको राष्ट्रपतिमा ९२ वर्षीय पल बिया पुनः निर्वाचित

१ घण्टा अघि   थाहाखबर

पल बिया क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन्। ५३.६६ प्रतिशत मत प्राप्त गर्दै आठौं कार्यकालका लागि उनी क्यामरुनको राष्ट्रपति बनेका हुन्।  देशको संवैधानिक परिषद्ले सोमवार यो घोषणा गरेको हो। क्यामरुन राष्ट्रिय मुक्ति मोर्चाका उम्मेदवार इस्सा त्चिरोमा बाकारीले ३५.१९ प्रतिशत मत प्राप्त...

दल दर्ता गर्न विप्लव नेतृत्वको पार्टीले दियो निर्वाचन आयोगमा निवेदन

१ घण्टा अघि   सेतोपाटी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएको छ। नेताहरू खड्गबहादुर विश्वकर्मासहित आज आयोगमा पुगेर दल दर्ता निवेदन दिएका हुन्। पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखिएको नेताहरूले बताएका छन्। विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा...

'अब सुन्छ अमेरिका' कार्यक्रम सकेर फर्किएकी एलिनाको आरोप– नोकरझैं व्यवहार गरियो

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाका विभिन्न सहरमा आयोजित 'अब सुन्छ अमेरिका' सांगीतिक कार्यक्रम सकेर फर्किएकी गायिका एलिना चौहानले आयोजकबाट आफूलाई नोकरझैँ व्यवहार गरिएको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्, 'कसैले कैदी झैँ महसुस गऱ्यो। कसैले अपमान सहनुपऱ्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक...

देशभर डिलर सञ्जाल विस्तारमा जिली इएक्स–५, बुटवल र विराटनगरमा नयाँ शोरुम सञ्चालनको तयारी

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि जिली इएक्स–५ का आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले देशव्यापी डिलर सञ्जाल विस्तारको योजना सार्वजनिक गरेको छ।  कम्पनीले आगामी एक वर्षभित्र सातै प्रदेशमा दुई–दुई गरी १४ वटा डिलरशिप शो–रुम स्थापना गर्ने घोषणा गरेको हो। रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत...

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

रूकुम पश्चिममा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ।  दुर्घटनामा परी चौरजहारी नगरपालिका – ३ स्यालाखोलाका चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले बताए।  चौरजहारी नगरपालिका–६ शान्ति बजारस्थित भित्री सडक खण्डमा सोमबार बेलुका ६ बजेतिर...

जोखिमयुक्त ठाउँमा पदयात्रा नगर्न कास्की प्रशासनकाे आग्रह

१ घण्टा अघि   थाहाखबर

गण्डकी : गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत गरी अन्नपूर्ण...

आगामी पुसमा बाघ गणना गरिने

१ घण्टा अघि   थाहाखबर

चितवन : आगामीे पुसमा बाघ गणना गरिने भएको छ। पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो। बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि...

मृतकका आफन्तसँगकाे सहमतिपछि साम्य भयाे किष्ट मेडिकल कलेजमा उत्पन्न तनाव

२ घण्टा अघि   थाहाखबर

काठमाडौं: अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर सोमबार दिनभर तनाबग्रस्त भएको ललितपुर स्थित किष्ट मेडिकल कलेजको समस्या समाधान भएको छ। ​गएराति जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार राती ११ बजे अस्पताल प्रशासन र मृतक सुत्केरीका आफन्तबीच सम्झौता भएपछि किष्ट कलेजको समस्या समाधान...