मन्त्रीका लागि सिफारिस खगेन्द्र सुनार विवादमा, थप छलफलमा प्रधानमन्त्री
काठमाडाैं : सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारमा मन्त्री बन्न सिफारिस भएका खगेन्द्र सुनार विवादमा तानिएका छन्। उनी अदालतकाे मानहानीदेखि ताेडफाेडसम्मका आराेपमा मुद्दा चलिरहेकाे खुलेपछि चाैतर्फी विवादमा तानिएका हुन्। सुनारविरुद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ। उनीविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा मुद्दा चलिरहेको खुलेकाे हाे। दलित अभियानता सुनारलाई...
