हजुरआमा: पीडाको पहाडमा फुलेको ममता!
दुखैदुखको पहाडमा खुसीको एक टुक्रा पर्खिँदा पर्खिँदै, फुङ उडेका उदासीका फूलहरू ढकमक्क फुल्थे हजुरआमाको चाउरी परेका निधारमा। कतै सन्तोषको एक धर्सा भेटिन्न थ्यो तर जिम्मेवारीको रापले घाम उदाएदेखि अस्ताएसम्म उहाँलाई पोलिरहन्थ्यो। माटोले माखिएको हात, पसिनाले भिजेको निधार र थकाइले भरिएको...
