ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरू गर्ने

७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जी आन्दोलनपछिको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै समाज थप विभाजित नहोस् भन्ने ध्येयले सद्भाव तथा सहकार्य अभियान सुरू गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च:मतिमा बिहीबार बसेको सचिवालय बैठकले असहमतिलाई बैमनस्यता बाट  होइन, संवाद र सहिष्णुताबाट समाधान गर्न...

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

१७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। बिहीबार बसेको पार्टी सचिवालयको बैठकले आगामी असोज ७ गते केन्द्रीय कार्यालयमा  बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उक्त बैठकले पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत...

घनश्याम भूसालले भने– पार्टी पुनर्गठन नगरी जनतामा जान किमार्थ सम्भव छैन (प्रस्तावसहित)

२७ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउनका लागि पार्टी पुनर्गठन पहिलो सर्त भएको बताएका छन्। जेन–जी विद्रोह र त्यसपछिको परिस्थितिको विश्लेषण गर्दै उनले पार्टी सचिवालय बैठकमा पार्टी र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेका हुन्। ‘जनतामा नयाँ...

काठमाडौं प्रहरीका प्रमुखसहित एकसाथ ६ जनाको सरूवा

५९ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैसाथ ६ जना अधिकारीहरूको सरूवा भएको छ। बुधबार र बिहीबार गरी काठमाडौंका प्रमुख तथा एसएसपी विश्व अधिकारीसहित छ जनाको सरूवा भएको हो। एसएसपी अधिकारी गत माघमा काठमाडौं आएका हुन्। पछिल्लो समय भदौ २३ र २४ गते...

मन्त्रिपरिषद् विस्तारको तयारी, जेनजीले छानेका नाम पर्लान्?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री बनेको चार दिनपछि सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन्। एकदुई दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेकी उनले जेनजीले नै छानेका नामलाई मन्त्री बनाउने सम्भावना बलियो रहेको बताइएको छ। यसअघि उनले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ...

राष्ट्रियसभा अध्यक्षले गरे समिति सभापतिहरूसँग छलफल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा अन्तर्गतका समिति सभापतिहरूसँग छलफल गरेका छन्। अध्यक्ष दाहालले बिहीवार छलफल गरेको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्। अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको कुरा जानकारी गराएको उनले बताए। उनले...

एमाले रूपन्देहीले संविधान दिवस मनाउने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले रूपन्देहीले शुक्रबार संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ। बिहीबार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले विगतका वर्षहरू जस्तै यस वर्ष पनि संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो।  बुटवल शुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा बिहान ८ बजे...

राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरूसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरूसँग छलफल गरेका छन्। अध्यक्ष दाहालले बिहीबार छलफल गरेको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन्। अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको कुरा जानकारी गराएको उनले बताइन्।  उनले राष्ट्रिय सभा अन्तर्गतका...

सैनिक ब्यारेकबाट गुण्डु सरे पूर्वप्रधानमन्त्री केपी ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक ब्यारेकमा गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गुण्डु सरेका छन्। ओलीलाई भदौ २४ गते बालुवाटारबाट सेनाले हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेकमा लगेर सुरक्षित राखेको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको सूर्यविनायक...

फेरिए जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख, आए रमेश थापा

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन्।  एसएसपी विश्व अधिकारीको ठाउँमा एसएसपी रमेश थापा आएका छन्।  जेन जी को नाममा आन्दोलन भएपछि एसएसपी अधिकारीलाई सरूवा गरी थापालाई परिसल पठाइएको हो। 

त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ!

१ घण्टा अघि   सेतोपाटी

जेन–जी प्रदर्शनको भोलिपल्ट, भदौ २४ गते जुन विध्वंश गरियो, त्यसले नेपाली समाजको तन्तु हल्लाइदिएको छ। त्यो दिन राज्यको सम्पत्ति, व्यवसाय र व्यक्तिका निजी सम्पत्तिमाथि नियोजित हमला भयो। यो स्तरको अराजकता हुँदा अरू मुलुकमा पनि मुख्य बजार वा सडक छेउमा भएका व्यवसायमाथि...

राजधानी छोड्नेको हतारो (तस्वीरहरू)

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दशैँतिहार सुरु भएसँगै काठमाडौँको नयाँ बसपार्कमा राजधानी छोड्ने सर्वसाधारणको भीड लाग्न थालेको छ। भदौ २३ र २४ गते उपत्यकामा भएको जेनजी आन्दोलन र त्यसको प्रभावका कारण दशैँ आउन एक हप्ता बाँकी हुँदा पनि सर्वसाधारणले उपत्यका छोड्ने तयारीमा देखिन्छन्। प्रतिकूल...

वेस्ट इन्डिजविरूद्धको सिरिजबारे नेपालका कप्तान र सहायक प्रशिक्षकको भनाइ यस्तो छ

२ घण्टा अघि   सेतोपाटी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी-२० विश्वकप एसिया छनोटअघि वेस्ट इन्डिजसँगको सिरिज महत्वपूर्ण रहेको बताएका छन्। नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ। यो सिरिज सेप्टेम्बर २७ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा...

अमेरिकासँग व्यापार वार्तामा प्रगति भएपछि चीनले रोक्यो गुगल माथिको अनुसन्धान

२ घण्टा अघि   सेतोपाटी

चीनले अमेरिकी कम्पनी गुगलमाथि चलिरहेको प्रतिस्पर्धा विरोधी अभ्यासको (एन्टीट्रस्ट) अनुसन्धान रोकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काउने संकेत देखिएपछि चीनले गुगलमाथि अनुसन्धान थालेको थियो। तर दुई महाशक्ति राष्ट्र टिकटकको बिक्री लगायत व्यापारिक विषयमा सहमति नजिक पुगेपछि चीनले गुगल...

बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, १० वर्षपछि ठूलो समस्या आउँछ: कुलमान घिसिङ

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरू पेश गरेका थिए। त्यसपछि उनले देशको लागि अझै...

राष्ट्रपतिसँग नागरिक अगुवा : सरकारको मुख्य कार्यभार तोकिएकै मितिमा निष्पक्ष निर्वाचन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन रहेको बताएका छन्। आज राष्ट्रपतिलाई लिखित निवेदन दिँदै उनीहरूले समयमै निर्वाचन सम्पन्न गराउनु र संवैधानिक व्यवस्थालाई यथावतरुपमा क्रियाशील गराउनु सरकारको दायित्व रहेको...

झलनाथकी श्रीमतीले गुमाइन् बायाँ हात

२ घण्टा अघि   सेतोपाटी

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन्। कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियूमा रहेकी चित्रकारको बुधबार अपरेशन गरी बायाँ हात काटिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको कुहिनादेखि तलको भाग काटिएको हो। भदौ २४ गते उनको...

४० प्रतिशतले घट्यो पर्यटक आगमन, अब कसरी पुर्‍याइन्छ 'सुरक्षित नेपाल' को सन्देश?

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो असर पुर्‍याएको छ। पर्यटन व्यवसायीहरूका अनुसार आन्दोलनले भौतिक क्षतिसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन बजारबारे अन्योलताको सन्देश पुर्‍याएको छ। जसकारण अहिले पर्यटक आगमन घटेको छ। सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई नेपालमा पर्यटकीय...

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘द एकेडेमी अफ मोसन पिक्चर आर्टस्  एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ। नेपालस्थित अन्ताराष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ मा ‘अन्ताराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र...

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्ण : ईश्वर पोखरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन्। बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका  हुन्। एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका...

शुक्रबार युएई प्रस्थान गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली, जानुअघि श्रद्धाञ्जली सभा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

वेस्ट इन्डिजविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सहभागी हुनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार युएई जाँदैछ।  शुक्रबार युएई जानुअघि नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको बिदाइ गरेको छ। यो सिरिज नेपालीलाई एकताबद्ध गर्नका लागि हुने र...

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैन : अर्थमन्त्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उनले चालू आर्थिक...

बजार घटेपछि लगानीकर्ताले राखे विभिन्न माग

२ घण्टा अघि   सेतोपाटी

बिहीबार सेयर बजार परिसूचक ६ प्रतिशतले घटेर २५११ विन्दुमा आएपछि केही लगानीकर्ताहरूले धितोपत्र बोर्ड अगाडि नाराबाजी गरेका छन्।  लगानीकर्ताका अलग–अलग समूहले अलग अलग माग समेत राखेका छन्।  लगानीकर्ताहरूको एक समूहले चार बुँदे माग पनि राखेका छन्। उनीहरूले सेयर बजारमा २...

अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : गभर्नर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको बताएका छन्। उनले व्यवसायी जोगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको समेत स्पष्ट पारे। नेपाल आर्थिक पत्रकार...