ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

१९ मिनेट अघि   थाहाखबर

बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ ।...

१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

२३ मिनेट अघि   सेतोपाटी

अभिनयमा अब्बल मानिने कलाकारमा पर्छन् अभिनेता कामेश्वर चौरसिया। झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न १७ वर्ष प्रतीक्षा गर्नुपर्‍यो। यसपालि दसैंको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शन हुने...

सिंहदरबारसहित काठमाडौंका ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिए, कहाँ कसलाई खटाइयो?

२६ मिनेट अघि   सेतोपाटी

काठमाडौंका विभिन्न ६ वटा प्रहरी वृत्तमा इन्चार्ज फेरिएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा क्रममा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज फेरिएका हुन्। प्रहरी वृत्त स्वयम्भूका इन्चार्ज डिएसपी उद्धवसिंह भाटलाई नेपाल प्रहरी पहरा...

नेपालविरूद्ध खेल्ने वेस्ट इन्डिजको टोलीमा अनुभवी खेलाडीलाई आराम, पाँच खेलाडीले डेब्यू गर्न सक्ने

२७ मिनेट अघि   सेतोपाटी

नेपालविरूद्धको ऐतिहासिक युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि वेस्ट इन्डिजले नयाँ खेलाडीलाई प्राथमिकता दिएको छ। वेस्ट इन्डिजले यसै महिना शारजाहमा हुने नेपालविरुद्धको तीन खेलको टी-२० सिरिजका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ। उसले नेपालविरूद्धको सिरिजका लागि धेरैजसो मुख्य खेलाडीहरूलाई आराम...

अमेरिकामा एन्टिफा समूह आतंकवादी संगठन घोषित

२९ मिनेट अघि   थाहाखबर

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फाँसीवाद-विरोधी अभियान चलाइरहेको एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् ट्रम्पले उक्त समूहलाई आतंकवादी समूह घोषणा गरेको जानकारी दिएका हुन्।  एन्टिफा वाम विचारधार बोक्ने समूह हो। यसले नव नाजीवाद, नवफाँसीवाद, ह्वाइट सुप्रिमोसिस्ट...

रास्वपाले भन्यो– भदौ २४ को प्रदर्शनमा अराजक गतिविधि गर्नेले पार्टी छाड्नू

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्यले भदौ २४ को प्रदर्शनमा अराजकतालाई प्रश्रय दिने खालको गतिविधि गर्नेले पार्टीसँगको आबद्धता छाड्न आग्रह गरेका छन्। बुधबार राति सामाजिक सञ्जालमार्फत् उनले अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र...

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्बाद हुँदै

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ।  मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा फोन वार्ता तय भएको थियो। भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको...

जलेका मन्त्रालय भवनमा शुरु भयो रङरोगन- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगन शुरु भएको छ । भदौ २४ को जेनजी प्रदर्शनका क्रममा देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ, गृह, ऊर्जा, शिक्षा लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा आगजनी गरिएको थियो।  हाल ती मन्त्रालय...

प्रदर्शनकारीले आगो झोसेको अर्थ मन्त्रालय भवनमा थालियो रंगरोगन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको सिंहदबारभित्रका मन्त्रालयका भवनहरूमा रंगरोगन गर्न थालिएको छ।  सिंहदरबारभित्रै छिरेर प्रदर्शनकारीहरूले आगजनी गरे पनि केही मन्त्रालयका भवनहरूमा आंशिक क्षति पुगेको थियो। ती भवनहरूमा रंगरोगन गरी पुनः प्रयोगमा ल्याउन लागिएको छ।  अर्थ मन्त्रालयको भवनमा बिहीबार बिहानैदेखि...

पाकिस्तान एसिया कपको सुपर फोरमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।  जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र...

‘जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई फाइदा लिँदै धम्क्याउनेहरू रास्वपा होइनन्, कारबाहीको दायरामा ल्याउनू’

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले पार्टी र पार्टी सम्बद्ध व्यक्तिको नाम लिँदै धम्क्याएको भन्दै त्यस्ता व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीको हुन नसक्ने प्रवक्ता मनिष झाले सूचनामार्फत् जानकारी गराएका छन्। झाले बिहीबार विज्ञप्तिमार्फत यस्ता गतिविधिमा लाग्ने...

असन-इन्द्रचोकमा दशैँको किनमेल (तस्विर)

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ दशैँ नजिकिएसँगै असन(इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको घुइँचो बढेको छ। तस्विरमा हेर्नुहोस् असन–इन्द्रचोकको भिडभाड-

९० जना डिएसपीको एकैपटक सरूवा, कसलाई कहाँ पठाइयो? (सूची)

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एकैपटक सरूवा भएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार डिएसपीको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरूवा सूचीको पहिलो नम्बरमा इलाका प्रहरी कार्यालय दाङमा कार्यरत डिएसी अनील...

भाटभटेनीमा फेला परेका अस्थिपञ्जरको कसरी गरिन्छ पहिचान?

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंसहित देशका विभिन्न सहरमा आगजनी भएका भाटभटेनी सुपर स्टोरमा अहिलेसम्म १२ जना मानिसका अस्थिपञ्जरहरू फेला परेका छन्। फेला परेका अस्थिपञ्जरका केही हड्डी बाँकी छन्, केही खरानी भइसकेको अवस्थामा छन्। यसरी फेला परेकामध्ये हालसम्म कोटेश्वर भाटभटेनीमा भेटिएको एक पुरूषको अस्थिपञ्जरको मात्र...

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ।  बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका...

गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा शुरु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैकिङ एप ‘गरिमा डिजि बटुवा’ बाट भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाइल बैकिङ एपमा यो सेवा...

नेपाल प्रहरीका ४८ एसपीको सरुवा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीका ४८ एसपी को सरुवा भएको छ। १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन्।  यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ। सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र...

वीरगञ्ज भन्सारमा दुई महिनामा ३९ अर्ब राजस्व उठ्यो

२ घण्टा अघि   थाहाखबर

वीरगञ्ज :  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।  भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई  ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा यो अवधिमा...

काठमाडौंसहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

२ घण्टा अघि   सेतोपाटी

प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा गरेको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा गरेको हो। काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी...

लिभरपुल , बायर्न र पीएसजीको सानदार सुरुवात

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : युरोपेली च्याम्पियनस लिगमा लिभरपुल, बायर्न म्युनिख पिएसजी र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्।  बुधबार लिभरपुले एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ। पेरिस सेन्ट जर्मेन पीएसजीले पनि एटलान्टामाथि ४–० को शानदार जित रच्दै उपाधि रक्षा अभियान सुरु गरेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१...

नेपाल प्रहरीका ९० डिएसपीको सरुवा (सूचीसहित)

३ घण्टा अघि   थाहाखबर

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ।  प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा...

पूर्वीनवलपरासीमा भारी वर्षा

३ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वीनवलपरासीमा भारी वर्र्षा भएको छ। विभागका अनुसार पूर्वीनवलपरासीको सेमरीमा पछिल्लो २४ घन्टामा १८३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै परासी केन्द्रमा १०६, रौतहटको चन्द्रपुरमा ११६ मिलिमिटर वर्षा भएको छ। उदयपुरगढीमा ७२.८, कमला नदी आसपास ७३.६...

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारअरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ। देशका पहाडी भूभागमा अहिले साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम...