ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जलनले गम्भीर घाइते भएकी झलनाथकी पत्नी चित्रकारको देब्रे हातको शल्यक्रिया गरिने

९ मिनेट अघि   थाहाखबर

काठमाडौं :जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।  जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र (आइसियु)मा खनाल–पत्नी चित्रकारको...

जापानमा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता

१८ मिनेट अघि   सेतोपाटी

सन् २०२६ को सेप्टेम्बरमा जापानको आइची र नागोयामा हुने २०औं गृष्मकालिन एसियाली खेलकुदमा नेपालबाट ४३४ खेलाडीले प्रतिस्पर्धा गर्न सक्ने भएका छन्। सरकार र नेपाल ओलम्पिक कमिटीको विवादका कारण खेलाडी दर्ता प्रक्रिया यसअघिदेखि विवादित थियो। तर पनि अन्तर्राष्ट्रिय मान्यता रहेको जीवनराम...

घटस्थापनापछि पानी पर्ने क्रम घट्छ !

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा मनसुन सकिने अवधि नजिकिदै गर्दा देशका अधिकांश भागमा पानी परिरहेको छ। हाल देशका धेरैजसो भागमा हल्का देखि मध्यम र भारी खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  यसपटक मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिए पनि...

कोटेश्वरको भाटभटेनीमा फेला पर्‍यो अस्थिपञ्जर, सिमबाट खुल्यो पहिचान

२० मिनेट अघि   सेतोपाटी

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा अस्थिपञ्जर फेला परेको छ। बुधबार बिहान साढे ९ बजेतिर काठमाडौं महानगरपालिका-३२ कोटेश्वर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको...

मोदीको जन्मदिनमा बायोपिक घोषणा, शाहरूख, आमिर र आलियाले पठाए भिडिओ सन्देश

२६ मिनेट अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार आफ्नो ७५ औं जन्मदिन मनाइरहेका छन्।  यस अवसरमा चर्चित कलाकारहरूले शुभकामना सन्देश दिएका छन् भने नयाँ गीत सार्वजनिक गरिएको छ। जन्मदिनको अवसर पारेर बायोपिकको पनि घोषणा गरिएको छ।  मोदीको जीवन यात्रामा आधारित बायोपिक 'मा वन्दे' को...

रंगाटुङी एकाडेमी : सीमापार गाउँबाट सुरू भएको बंगलादेशी महिला फुटबलको क्रान्ति

३२ मिनेट अघि   थाहाखबर

इलाम : बंगलादेशको उत्तरतर्फको दुर्गम गाउँ हो रंगाटुङी। धानबारी र हरियो खेतबीचको यो गाउँ केही बर्ष अघिसम्म राष्ट्रिय स्तरको खेलसँग जोडिनु सपना मात्र थियो। ठाकुरगाउँको सीमावर्ती गाउँ रंगाटुङी—जहाँ न सडक राम्रो, न खेल मैदानको पूर्वाधार। आर्थिक अवस्थाका कारण यहाँका अधिकांश...

उद्योगी–व्यवसायीलाई राहत, कर विवरण र राजस्व बुझाउने समय थप

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेन जी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत दिन सरकार कर विवरण तथा राजस्व तिर्ने समयावधि बढाएको छ। अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र दाखिला गर्ने समयावधि थप्ने निर्णय लिएका छन्। अर्थमन्त्रालयका अनुसार गत भाद्र २३ र २४ गते भएको...

पार्टी नेतृत्वबारे कांग्रेसमा चलेका तीन विकल्प

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसभित्र पार्टीको आगामी नेतृत्वलाई लिएर विभिन्न विकल्पसहित बहस हुन थालेको छ। पार्टी सुधार र रूपान्तरणमा जोड दिइरहेका नेताहरूले नेतृत्व बदलेर जरैसम्म सुधारको आवश्यकता औंल्याएका छन्। सुशीला कार्की नेतृत्वको अहिलेको सरकारले फागुन २१ गतेलाई प्रतिनिधि सभा चुनाव मिति तोकेको छ। त्यसअघि...

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडल सार्वजनिक

४७ मिनेट अघि   सेतोपाटी

डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। 'ईस्ट विन्ड इन्फिनिट वर्ल्ड'भन्ने थिममा इजिप्ट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सम्पन्न कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी तथा अटोमोबाइलप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो। प्रदर्शनीमा कम्पनीका परम्परागत मोडेलदेखि नयाँ...

बागमती सभामुख पाठकद्वारा पदत्याग

४९ मिनेट अघि   थाहाखबर

हेटौँडा : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख अप्सरा चापागाईंलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थानुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामापत्रमा उल्लेख छ। सभामुख पाठकले भदौ २३...

नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा!

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबीच नेपाली फिल्मको प्रदर्शनमा झन् ठूलो प्रतिस्पर्धा हुने देखिएको छ।  दसैंको फूलपातीमा रिलिज हुने फिल्मको संख्या चार पुगेको छ। सन्तोष सेन निर्देशित 'बलिदान', मिलन तामाङ निर्देशित 'माइतीघर' र दीपेन्द्र के. खनाल निर्देशित 'हरिबहादुरको जुत्ता' सँगै सुशान्त गौतम...

नेपाल र वेस्ट इन्डिजबीचको सिरिजमा इयान बिशपले कमेन्ट्री गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाल र वेस्ट इन्डिजबीच आगामी असोज दोस्रो साता हुने युनिटी कप टी-२० सिरिजमा वेस्ट इन्डिजका पूर्व क्रिकेटर तथा चर्चित क्रिकेट कमेन्टेटर इयान बिशपले कमेन्ट्री गर्ने भएका छन्। उनले कमेन्ट्री गर्ने समाचारको पुष्टि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको छ। क्यानले...

नयाँ बसपार्कमा बढ्न थाल्यो यात्रुको भिड

१ घण्टा अघि   सेतोपाटी

काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ। नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका...

नेपाल प्रहरीले भन्यो- बिल बिनाको गरगहना खरिदबिक्री नगर्नू, कारबाहीमा परिएला

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले बिना बिल बीजकको गरगहना,सुनचादी खरिदबिक्री नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक विज्ञप्ति जारी गर्दै सुनचाँदी पसललाई यस्तो आग्रह गरेको हो। प्रहरीले त्यस्तो कार्यमा जोडिए सुनचाँदी पसललाई कानुन बमोजिम कारबाही हुने चेतावनी...

लुटिएका सामान हुनसक्ने भन्दै बिल नभएका सामान नकिन्न प्रहरीको अनुरोध

१ घण्टा अघि   सेतोपाटी

लुटिएका सामान हुनसक्ने भन्दै बिल नभएका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले एक विज्ञप्ति जारी गर्दै बिल नभएका सामान किनबेच नगर्न अनुरोध गरेका हुन्। भदौ २४ गते सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थहरू,...

जेनजी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बुधवार सिंहदरबारसहित सरकारी कार्यालय, कूटनीतिक नियोगहरूमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो। सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेकाहरूमा शोक व्यक्त गरिएको हो। सरकारले शोक दिवसमा बुधवार (आज)...

शिक्षा मन्त्रालयको सेवा केशरमहल भवनबाट सुचारू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सेवा केशरमहल भवनबाट सुचारू भएको छ। मन्त्रालयले हिजो(मंगलबार)देखि हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको) केशरमहल भवनबाट सेवा सुचारू गरिएको जनाएको छ। मन्त्रालयको सिंहदबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाईको कार्य सम्पन्न नभएसम्म...

कैदीबन्दीलाई धमाधम कारागार फकाईँदै

१ घण्टा अघि   थाहाखबर

बागमती : गत भदौ २३ र २४ को जेनजी प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू धमाधम कारागार फर्किन थालेका छन्।  कारागारबाट भागेमध्ये धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन् eg] कतिपय आफै कारागार फर्केका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय...

आउँदो चुनावमा हुन सक्छन् झन्डै १ करोड ८२ लाख मतदाता

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भदौ २७ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेले भोट हाल्न पाउने भएका छन्। मतदाता नामावाली ऐन २०६३ अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनका लागि नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ।...

'ऋण लिएर रिसोर्ट बनाएको थिएँ, प्रचण्डको लगानी छ भन्दै जलाइदिए'

१ घण्टा अघि   सेतोपाटी

पोखराको बरपिपल रिसोर्टका संचालक जितु गुरुङले प्रदर्शनकारीले रिसोर्टमा आक्रमण गर्दा गेष्टहरुको भागाभाग भएको बताएका छन्। रिसोर्टमा सबैजसो कोठामा गेष्ट बसेका बेला भदौ २४ गते साँझ प्रदर्शनकारीले रिसोर्टमा आक्रमण गर्न पुगेका थिए। आक्रमणबाट परी रिसोर्टको ३ वटा पर्यटक गाडी र ३ वटा...

फागुनमा चुनाव गर्न तत्काल के के काम गर्नुपर्छ? पूर्वनिर्वाचन आयुक्तहरूको सुझाव ९ बुँदामा

२ घण्टा अघि   सेतोपाटी

सरकारले फागुन २१ गते प्रतिनिधि सभाको नयाँ निर्वाचनको मिति तोकेको छ। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गर्दै प्रतिनिधि सभासमेत विघटनको तहमा पुर्‍याएपछि देशमा प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो। अब...

साउन र भदौमा लक्ष्यभन्दा ६० अर्ब कम उठ्याे राजश्व

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/२०८३ को पहिलो दुई महिनामा ६० अर्ब रूपैयाँ बराबर राजस्व अन्तर देखिएको छ।  सरकारले साउन र भदौ महिनामा लक्ष्य राखेको तुलनामा वास्तविक राजस्व ६० अर्ब रूपैयाँ कम संकलन भएको अर्थमन्त्रालयको तथ्यांकले देखाएको छ।  सरकारले भदौ महिनासम्म २...

नेदरल्यान्ड्सका तीव्र गतिका बलरलाई आइसिसीले गर्‍यो तीन महिनाका लागि प्रतिबन्ध

२ घण्टा अघि   सेतोपाटी

नेदरल्यान्ड्सका तीव्र गतिका बलर भिभियन किंग्मालाई एन्टी-डोपिङ नियम उल्लंघन गरेको आरोपमा तीन महिनाको प्रतिबन्ध लगाइएको छ।  खेलका दौरान गरिएको परीक्षणमा उनले प्रतिबन्धित लागुऔषध प्रयोग गरेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले उनलाई यो कारबाही गरेको हो। ३० वर्षीय किंग्माले...

जलेका सवारीसाधन सिंहदरबारबाट हटाउन मन्त्री घिसिङको निर्देशन

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन्।  जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न...