ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दशैँमा गाउँ जाने बाटो अवस्था कस्तो छ, के गर्दै छ यातायात मन्त्रालय ?

२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यो वर्षको दशैँ आउन अब पाँच दिन मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। १३ गते फूलपाती परेको छ भने १६ गते टीका परेको छ। त्यसो त काठमाडौँ उपत्यकामा रहेका सर्वसाधारण दशैँ मनाउन गाउँ जान थालेका छन्। अहिले टिकट...

सिके राउतलाई पार्टी अध्यक्षबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम

२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : जनमत पार्टीका शीर्ष नेताहरूले नै पार्टी अध्यक्ष डा. सिके राउतकाे राजीनामा माग गरेका छन्। उनीहरूले २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम नै दिएका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा बुधबार ६ जना नेताहरूले हस्ताक्षर गरेर राजीनामाको माग गरेका हुन्। उनीहरूले अध्यक्ष...

रूपन्देहीमा तालमा डुबेर दुई जनाको मृत्यु

३ मिनेट अघि   सेतोपाटी

रूपन्देहीको गैंडहवामा तालमा डुबेर दुई जनाको मृत्यु भएको छ। पौडी खेल्ने भन्दै गैंडहवा तालमा पुगेका उनीहरूको बुधबार दिउँसो डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं. १ असिहवाका करिब १७–१८ वर्षका दीपेश थारू र अरूण थारू छन्। इलाका...

राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो : गभर्नर

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको गभर्नर विश्व पौडेलले बताएका छन्। जेनजी आन्दोलनकामा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको उनले बताए। संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट...

२४ घण्टाभित्र अध्यक्ष पद छाड्न सिके राउतलाई अल्टिमेटम

१० मिनेट अघि   सेतोपाटी

जनमत पार्टीका नेताहरूले अध्यक्ष सिके राउतसँग राजीनामा मागेका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले विश्वसनीयता र जनआस्थाको पुनर्स्थापना गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै राउतसँग राजीनामा मागेका हुन्। प्रवक्ता शरदसिंह यदव, संयोजक संजयकुमार यादव, सिके सिंह,  राजाराम चौधरी र बिक्रबहादुर...

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छ : योगेश भट्टराई

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताए। आफूहरूले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प...

रास्वपाभित्र बढ्दो उकुसमुकुस

२७ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलन पुराना राजनीतिक दलको विरासत भत्कायो नै, नयाँ भनिएका दलहरूको उपादेयतामाथि ठूलो प्रश्नचिह्न खडा भएको छ। २०७९ असारमा गठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जेन–जी विद्रोहको उथलपुथलकारी घटनाको सामना गर्‍यो। देशव्यापी पार्टीको आकार लिन नपाउँदै पार्टीको औचित्यमाथि नै प्रश्न...

जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छ : मन्त्री घिसिङ

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन्। बुधवार अपराह्न उक्त आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद् भवनको अवलोकन गर्ने क्रममा...

स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना!

४९ मिनेट अघि   सेतोपाटी

आमाले हामीलाई सधैँका लागि छोडेर जानुभएको नि हिजो (भदौ ३१ गते) पाँच वर्ष पूरा भएछ। पाँच वर्ष कसैका लागि सामान्य समय हुन सक्छ तर हाम्रा लागि अनन्त जस्तै भयो। दिन, हप्ता, महिना हुँदै सयौँ र हजारौँ दिन बितिसके तर आमाको...

यी अभिनेता, जसले फिल्म 'माँ वन्दे' मा नरेन्द्र मोदीको भूमिका निर्वाह गर्दैछन्

५५ मिनेट अघि   सेतोपाटी

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७५ औं जन्मदिनको अवसर पारेर उनको जीवन र यात्रामा आधारित फिल्म 'माँ वन्दे' को घोषणा गरियो।  यस बायोपिकमा भारतीय प्रधानमन्त्रीको भूमिका मलयालम अभिनेता उन्नी मुकुन्दनले निर्वाह गर्नेछन्।  उन्नी मलयालम फिल्मका चर्चित अभिनेता हुन्। पछिल्लो समय उनको...

एन्फालाई एएफसी गर्‍यो १० हजार डलर जरिवाना

५९ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन र आचारसंहिता समितिले कारबाही गरेको छ।  समितिको गत अगस्ट २१ बसेको बैठकले नेपाललाई कारबाही गरेको विवरण एएफसीले आफ्नो वेबसाइटमा राखेको छ।  एएफसी फुटबल एसियन कप इन्डोनेसिया २०२६ को...

कोटेश्वरको भाटभटेनीमा मृत भेटिएका युवकले बुवालाई फोनमा भनेका थिए- चौथो तलामा ट्र्यापमा परेको छु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा मृत फेला परेका विकास रसाइलीले अन्तिममा आफ्ना बुवालाई फोन गरेको खुलेको छ। बुधबार बिहान रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको शव फेला परेको छ। उनी भदौ २४ गतेदेखि सम्पर्कविहीन थिए। ...

संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ। सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ।  राष्ट्रपति...

लोसपाले संविधान दिवसमा जेनजी आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेनजी आन्दोलनमा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्ने भएको छ। बुधवार काठमाडौँमा बसेको पार्टी पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिए। साथै बैठकले...

खण्डहर गोदावरीको सनराइज सम्मेलन केन्द्र, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्र भाद्र २३ र २४ गरेको जेनजी आन्दोलनकारीहरूले गरेको आगजनी पश्चात् पूर्णरुपमा ध्वस्त भएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाखमा उद्घाटन गरेको सो सम्मेलन केन्द्र अहिले खण्डहर बनेको छ। शहरी विकास मन्त्रालय...

जीवन सन्तुलित राख्न सधैँ चलायमान बनाइराख्नू, साइकल चलाए जस्तै...

१ घण्टा अघि   सेतोपाटी

क्रिश र म योजना कोर्दै थियौँ अलि अगाडिदेखि। एक बिहान काठमाडौँबाट सिन्धुपाल्चोकको चौतारामा साइकल चलाउने साइत जुर्‍यो हामी दुईको। सिन्धुपाल्चोकमा अक्सफामको जिल्ला कार्यालय थियो। स्टोरमा धेरै सामाग्री सञ्चित भयो, स्टोर गरिएका सामान जस्तै- सिमेन्टहरू जमेर नष्ट भयो भन्ने कुरा आयो।...

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

१ घण्टा अघि   थाहाखबर

तानसेन : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ। सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो। हालसम्म लाइनिङ र ढलानको काम सकिएको सद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिए। उनका अनुसार एक...

खरानी भए उच्च अदालत तुलसीपुरका २२ हजार मिसिल, कहाँ कति क्षति?

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनका क्रममा आगजनी र तोडफोड गरी सरकारी कार्यालयहरू ध्वस्त बनाइएपछि धेरैजसो कार्यालयको सेवा ठप्प छ। दैनिक सयौं सेवाग्राहीको भीड लाग्ने बुटवलका इलाका प्रशासन, मालपोत, यातायात, बुटवल उपमहानगरपालिका, उच्च अदालत लगायतका कार्यालयहरू आगजनी र...

सुदन गुरूङलाई कसैले पछ्याएको दाबी, प्रहरी भन्छ: खबर छैन

१ घण्टा अघि   सेतोपाटी

हामी नेपालका संयोजक सुदन गुरूङले आफूलाई कसैले पछ्याएको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् भिडिओ सन्देश राख्दै आफूलाई कसैले पछ्याएको उनले बताएका हुन्।  ‘मलाई अहिले फलो गरिरहेको छ। बाइक थियो। बाइक नम्बर नै थाहा भएन। अर्को एउटा गाडी छ,’ उनले भने। उनले सबै सुरक्षा...

कांग्रेसले हातमा संविधान लिएर संविधान दिवस मनाउने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले संविधान दिवस मनाउन सर्कुलर गरेको छ। उपसभापति पूर्णबहादुर खड्काका अनुसार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन सर्कुलर गरिएको हो। ‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले हात-हातमा संविधान लिएर संविधान दिवस मनाउन सर्कुलर गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा...

प्रहरी भन्छ: आगजनी गरिएका भाटभटेनीमा परेका छैनन् कर्मचारी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंसहित देशभरिका विभिन्न सहरमा रहेका भाटभटेनी सुपरमार्केटमा आगजनी गर्दा अस्थिपञ्जरहरू फेला परेका छन्।  बुधबार मात्रै काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनीको चौथो तलामा मानव अस्थिपञ्जर फेला परेको छ। योसँगै भाटभटेनीमा जलेर चिन्न नसकिने अवस्थामा फेला परेको अस्थिपञ्जरको संख्या १२ पुगेको छ। यसअघि...

तनहुँ प्रशासनले बिहीवारदेखि नागरिकतासम्बन्धी सेवा दिने

१ घण्टा अघि   थाहाखबर

दमौली : जेनजी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीवारदेखि नयाँ नागरिकता र प्रतिलिपि दिने काम सुरु हुने जनाएको छ। जेनजीको प्रदर्शनका क्रममा कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट भौतिक संरचनासहित कार्यालय उपकरण, फर्निचर तथा...

रंगाटुङी एकेडेमी : सीमापार गाउँबाट सुरु भएको बंगलादेशी महिला फुटबलको क्रान्ति

१ घण्टा अघि   थाहाखबर

इलाम : बंगलादेशको उत्तरतर्फको दुर्गम गाउँ हो रंगाटुङी। धानबारी र हरियो खेतबीचको यो गाउँ केही वर्षअघिसम्म राष्ट्रिय स्तरको खेलसँग जोडिनु सपना मात्र थियो। ठाकुरगाउँको सीमावर्ती गाउँ रंगाटुङी—जहाँ न सडक राम्रो, न खेल मैदानको पूर्वाधार। आर्थिक अवस्थाका कारण यहाँका अधिकांश युवतीहरू...

दसैंले बजारमा चहलपहल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

आज असोज १ गते विश्वकर्मा पूजा। योसँगै आजदेखि दसैं सुरू भएको छ। भदौ २३/२४ गतेको आन्दोलनले सुस्ताएको बजारमा अहिले जीवन्त छाउँदै छ। मंगलबजार, लगनखेल क्षेत्रमा बजारको चहलपहल बढेको छ।  दसैंका लागि बजारमा किनमेल गर्नेहरूको पनि भीड लाग्न थालेको छ।   दसैंका लागि आवश्यक...