ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विगतको पक्ष-प्रतिपक्षका ८ दल एकै ठाउँ : प्रतिनिधिसभा विघटन तत्काल फिर्ता होस्

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आठ राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै निर्णय फिर्ता लिन माग गरेका छन्। विघटित प्रतिनिधिसभाकामा सहभागी पक्ष-प्रतिपक्षका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले...

गाडेको लामो समयसम्म पनि कसरी कुहिँदैन शव?

११ मिनेट अघि   थाहाखबर

एजेन्सी : मान्छेको मृत्युपछि, कहिलेकाहीँ चिहानमा शव गाड्न वा अन्तिम संस्कार गर्न बढी नै समय लाग्छ। पहिले गर्मीको मौसममा मृत्यु भएमा शवलाई प्लेटले छोपेर राखिन्थ्यो तर अहिले शव बोक्न रेफ्रिजेरेटेड भ्यानहरू प्रयोग गरिन्छ। सुरक्षित राख्नुपर्ने शवलाई पनि नसडोस् वा नकुहियोस् भनेर कम तापक्रममा...

प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तताप्रति हामी गम्भीर छौंः एमाले

१७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र राजनीतिक जटिलताप्रति पार्टी गम्भीर रहेको बताएको छ। शनिबार विज्ञप्ति निकाल्दै पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभा विघटन घोषणाको संवैधानिक वैधता नरहेकोमा पार्टी स्पष्ट रहेको बताएका छन्। ‘मुलुकमा उत्पन्न...

जन्मदिनको उपहारस्वरुप फेरि कारागार फर्किँदैछु : रवि लामिछाने

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फेरि कारागार फर्किने बताएका छन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी गराए। उनले भनेका छन्, 'संयोगले आज मेरो जन्म दिन परेछ र म आफूलाई जन्मदिनको उपहारस्वरुप फेरि...

आगजनी र लुटपाटमा परेको भाटभटेनीका यी १६ स्टोर सञ्चालनमा

४३ मिनेट अघि   सेतोपाटी

पछिल्लो आन्दोलन क्रममा तोडफोड, आगजनी र लुटपाटबाट प्रभावित भाटभटेनी सुपर स्टोरका १६ वटा शाखा शनिबारबाट पुनः सञ्चालनमा आएका छन्। यसअघि देशभरका धेरैजसो स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। भाटभटेनी व्यवस्थापनका अनुसार काठमाडौं उपत्यकाभित्र ९ र उपत्यकाबाहिर ७ गरी कुल १६ वटा...

जताततै पिउने पानी जार गुणस्तरहीन, ६२१ जार नष्ट !

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यकाभित्र जताततै पिउने पानीको जार गुणस्तरहीन रहेको पाइएको छ। यस्ता जार भेटिएपछि काठमाडौँ महानगरपालिकाले झनै प्रशोधित पिउने पानीका जारहरूको अनुगमनलाई तीव्रता दिएको छ। काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागका प्रमुख नूरनिधि न्यौपानेका अनुसार पानी कम्पनीका पानी बोक्ने सवारीसाधनको जाँच गर्दा जारहरू...

पूर्वप्रधानमन्त्री ओलीविरूद्ध प्रशासनमा उजुरी

४६ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन्। कपिलवस्तुका शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत महानगरीय प्रहरी वित्त नयाँ बानेश्वर काठमाडौंमा जाहेरी दिएका हुन्। जेनजी समूहले गरेको प्रदर्शनमा गोली चलाउन पूर्वप्रधानमन्त्री...

रवि लामिछाने कारागार फर्कने

४९ मिनेट अघि   सेतोपाटी

सहकारी ठगीको मुद्दामा अदालतमा पूपर्क्षका लागि थुनामा पठाएका रवि लामिछाने शनिबार कारागार फर्कने भएका छन्। गत भदौ २४ गते प्रदर्शनका क्रममा सयौंका संख्यामा आन्दोलनकारी ललितपुरस्थित नख्खु कारागार पुगेका थिए। भिड बढ्दै गएपछि कारागार प्रशासले उनलाई बाहिर निकाल्दिएको थियो। उनले कारागार प्रशासनले...

प्रधानमन्त्री कार्कीले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका घाइते भेटिन्

५३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।  प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्। सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना...

गण्डकीका सामाजिक मन्त्री थापाले भने– भौतिक सम्पत्ति खण्डहर भए पनि मेरो आत्मबल जल्न सक्दैन

५३ मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भौतिक संरचना चलेर खण्डहर भए पनि आत्मबल जल्न नसक्ने बताएका छन्।  प्रदेशको सामाजिक विकास मन्त्रालय र निजी आवासदेखि व्यवसाय जलेर नष्ट भएपछि मन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘भौतिक सम्पत्तिहरू जलेर...

कास्की प्रहरीमा आगो लगाउँदा जलेका पुरूषको उपचार क्रममा मृत्यु

५८ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको छ।  प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने क्रममा तामाङको समूह जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न गएका थिए। उनको समूहले प्रहरीमा डोजर आक्रमण गरी...

'बिहेपछि सुशीला माइती गएकी छैनन्, घरभित्र पनि उनको कदर भएन'

१ घण्टा अघि   सेतोपाटी

पुस्तक अंश मैले सुशीला (कार्की) जीलाई विराटनगरमा जनता प्राथमिक पाठशालाको प्रधानाध्यापक हुँदादेखि नै चिनेको हुँ। काठमाडौंको मावलीमा बसेर पढेपछि पाँच कक्षामा भर्ना हुन त्यही स्कुल पुग्दा उनलाई पहिलोपटक देखेको थिएँ। पछि जनता स्कुल प्राथमिक र माध्यमिक भनेर छुट्टियो। मोरङ कलेजमा...

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ। मुलुक विषम परिस्थितिबाट गुज्रिरहेका वेला मागअनुसार खाद्यान्नलगायत कृषि उपजको आपूर्तिलाई शृङ्खलालाई खल्बलिन नदिनेतर्फ सचेत रहन अनुरोध गर्दै विभागले आज एक विज्ञप्ति निकालेर...

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ पार्टीले गरे अपिल

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ  राजनीतिक दलहरूले आग्रह गरेका छन्। यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै...

आगजनीबाट जोगिएका सामग्री लगेर सजाईँदै नयाँ प्रधानमन्त्रीको कार्यकक्ष

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ। सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामान सारेर...

माछा मार्न गएका आमाछोरीको डुबेर मृत्यु

१ घण्टा अघि   सेतोपाटी

दाङमा खोलामा माछा मार्न गएका आमाछोरीको डुबेर मृत्यु भएको छ।   जिल्लाको लमही नगरपालिका – १ बसन्तपुरकी ३९ वर्षीया किमा सार्की र उनकी १७ वर्षीया छोरी होलिका सार्कीको स्थानीय खोलामा जाल (हेलुका) ले माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा...

काठमाडौं महानगरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका परिसरका विद्यालयहरूमा सोमबारबाट पठनपाठन सुरू हुने भएको छ। शनिबार सूचना जारी गर्दै महानगरले विद्यालयमा कर्मचारी तथा शिक्षकहरू आइतबार नै उपस्थित भएता पनि पठनपाठन भने सोमबारबाट हुने जनाएको हो। आइतबार विद्यालयको प्रशासनिक काम हुने र क्षति भए/नभएको जानकारी तथा विवरण महानगरमा पठाउन...

क्षति नभएको संरचनाबाट सेवा सुरू गर्ने पोखरा महानगर कार्यपालिका बैठकको निर्णय

१ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाको कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले क्षति नभएका संरचनाबाट महानगरको सेवा सुरू गर्ने निर्णय गरेको छ।  महानगरपालिका मातहत रहेका स्वास्थ्य संस्थाहरू आइतबारदेखि नै सुरू गर्ने, ध्वस्त नभएका वडा कार्यालयहरूबाट सेवा सुरू गर्ने र महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष तत्काल निर्माण गर्ने पनि निर्णय भएको...

मन्त्री बन्नेबारे के भन्छन् कुलमान ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफू अन्तरिम सरकारमा सहभागी हुनेबारे अहिलेसम्म टुंगो लागिनसकेको बताएका छन्। सुशीला कार्की नेतृत्वको सरकारमा घिसिङलाई संभावित उर्जा मन्त्रीका रुपमा चर्चा गरिएको छ। यद्यपि उनले औपचारिक प्रस्ताव आइनसकेको बताए। ‘हिजै शपथ लिइसक्यो...

घाइतेहरूलाई भेट्न सिभिल अस्पताल पुगिन् प्रधानमन्त्री कार्की (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की बानेश्वरस्थित सिभिल अस्पताल  पुगेकी छन्। यसअघि उनी ट्रमा सेन्टरमा घाइतेहरूलाई भेट्न पुगेकी थिइन्। भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही घाइतेको...

स्वास्थ्य मन्त्रालय पूर्ण क्षति, कार्यालयका लागि ठाउँ खोजिँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्णरुपमा ध्वस्त हुन पुग्यो।  रामशाहपथस्थित मन्त्रालयको  चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारीसाधन पूर्णरुपमा जलेर खरानी हुन पुगेका छन्।  यसैबीच स्वास्थ्य मन्त्रालयले अस्थायी...

२४ गतेको प्रदर्शनका माओवादी केन्द्रका कुनकुन नेताका घर जले?

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गतेको प्रदर्शनमा माओवादी केन्द्रका १९ जनाभन्दा बढी नेताहरूको घरमा तोडफोड र आगजनी भएको छ। भदौ २३ गतेको जेन–जी प्रदर्शनमा काठमाडौंमै १७ जनाभन्दा बढीको मृत्यु भएपछि भोलिपल्टको आन्दोलन विध्वंशक बन्यो। माओवादी केन्द्रले दिएको जानकारीअनुसार भदौ २४ गतेको प्रदर्शनमा...

चन्द्र ढकालको अपिल- धैर्य नगुमाउनू, अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले हालैको प्रदर्शनका क्रममा निजी सम्पत्तिमाथि भएको आक्रमणले ठूलो क्षति पुगे पनि उद्योगी व्यवसायीहरूले आफ्नो मनोबल कमजोर पार्न नहुने बताएका छन्। उनले आफ्नो लगानीमा रहेका चन्द्रागिरि र मौलाकाली केबलकार लगायतका...

पूर्वप्रधानमन्त्री केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी पुस्ताको प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ। पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा...