ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निजामती विधेयकले प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापनमा बाधा पर्दैन : सचिव पन्थ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले संघीय निजामती विधेयकले प्रदेश तथा स्थानीय तहका कर्मचारीहरूको व्यवस्थापनमा समस्या उत्पन्न नगर्ने स्पष्ट पारेका छन्। बुधवार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सचिव पन्तले...

प्रेस काउन्सिलद्वारा मिडिया काउन्सिल विधेयकबारे आधिकारिक धारणा प्रस्तुत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकबारे सरकारलाई आधिकारिक धारणा प्रस्तुत गरेको छ। काउन्सिलको प्रतिनिधिमण्डलले सो आधिकारिक धारणा प्रतिवेदनको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई बुझाएको हो। संसदमा छलफलमा रहेको उक्त विधेयकलाई थप व्यवस्थित बनाउन काउन्सिलले...

हिमालयन गोल्डकप विजेताले तीन लाख पाउने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हिमालयन फुटबल क्लब (एचएफसी) को आयोजनामा हिमालयन फुटसल गोल्डकपको दोस्रो संस्करण भदौको तेस्रो सातामा हुने भएको छ। कुल ३२ टोलीको सहभागिता रहने हिमालयन गोल्डकप काठमाडौँमा आगामी भदौ १२ गते र १३ गते हुने भएको हो। आयोजक हिमालयन फुटबल...

किसानलाई तीन करोड अनुदान वितरण

२ घण्टा अघि   थाहाखबर

बेनी : राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले गत आर्थिक वर्ष २०८१।०८२ मा म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतका किसानलाई करिब रु. तीन करोड अनुदान वितरण गरेको छ। सुन्तला, स्याउ, आलु, च्याङ्ग्रा र बंगुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू...

फेरिए काठमाडौं जिल्लाका सिडिओ, अन्य जिल्लामा पनि हेरफेर (सूची)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। गृह मन्त्रालयले बुधबार सहसचिव छविलाल रिजाललाई काठमाडौंको सिडिओ बनाएको हो। काठमाडौंमा सिडिओ रहेका ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा सरूवा गरिएको छ। मन्त्रालयले सहसचिव रहने जिल्लाहरू दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी, धनकुटा, ओखलढुंगा, बारा, भक्तपुरका सिडिओ पनि परिवर्तन...

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसपालि नै एमबिबिएस पढाइ : मन्त्री पौडेल

२ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै एमबिबिएस पढाइ हुने बताएका छन्। मन्त्री पौडेलले आज धनगढीमा आयोजित कार्यकर्ता भेटघाटमा उक्त विश्वविद्यालयमा पहिलो चरणमा ५० जनालाई अध्ययनको व्यवस्था गर्न लागिएको जानकारी दिए।  पौडेलले...

रूपन्देहीमा मोर्चाले रेशम चौधरीकै उम्मेदवारलाई सघाउने

२ घण्टा अघि   सेतोपाटी

संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीका उम्मेदवारलाई सघाउने भएको छ। चौधरीले रूपन्देही–३ मा आगामी कात्तिक ७ गते हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्। उपनिर्वाचनका लागि नाउपा निर्वाचन...

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा शर्मा नियुक्त

२ घण्टा अघि   थाहाखबर

गण्डकी : पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायको डिनमा प्रा डा ज्ञानेश्वर शर्मा नियुक्त भएका छन्। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ ९३० बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका प्राडा शर्मालाई व्यवस्थापन सङ्कायको डिन पदमा चार वर्षका...

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकरणको सुरूवात: विपन्न नागरिक उपचार कार्यक्रम अब बिमाबाट

३ घण्टा अघि   सेतोपाटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सुरूवात गरेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन) आज स्वीकृत गर्दै यसको सुरूवात गरिएको सेतोपाटीलाई बताए।...

रौतहटमा छुरा प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

३ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटको गौर नगरपालिका–५ मा बुधवार दिउँसो छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर–३ भण्टाघर बस्ने २० वर्षीय सनोज रामले यमुनामाई गाउँपालिका–५ झुन्खुनुवाका १७ वर्षीय मोहम्मद सहाबुद्दिनलाई गौरीशंकर क्याम्पस नजिक झुलुङ्गे पुल छेउमा...

कांग्रेस–एमालेले राज्य शक्तिको दुरूपयोग रोक्नुपर्छः वर्षमान पुन

३ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारूढ दुई ठूला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन्।  कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा,...

मैले राजनीति छोड्दा सबै गर्ल्यामगुर्लुम्मै ढल्छ जस्तो लाग्छ : प्रचण्ड

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय...

अन्नपूर्ण क्षेत्रमा गत वर्ष लेक लागेर १८ पर्यटकको मृत्यु, व्यवसायी चिन्तित

३ घण्टा अघि   सेतोपाटी

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र गत आर्थिक वर्ष घुम्न गएका १८ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ।  मृत्यु हुनेमा ६ जना नेपाली, ८ जना भारतीय, अमेरिकी, जर्मन, कोरियन र स्विटजरल्याण्डका १/१ जना पर्यटक छन्। पदयात्रका लागि आएका पर्यटक छिट्टै...

इन्दिरालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छ : प्रचण्ड

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाएका छन्। नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग...

बहुविवाह कानुन संशोधनका दुइटा प्रस्ताव ठीक, एउटा गलत

४ घण्टा अघि   सेतोपाटी

कानुन मन्त्रालयले मुलुकी संहिताका बहुविवाह सम्बन्धी प्रावधान संशोधन गर्न भन्दै विधेयकको मस्यौदा बनाएपछि त्यसले तरंग ल्याएको छ। साउन १ गते कानुन मन्त्रालयले सो मस्यौदा मन्त्रिपरिषदमा पठाएको छ। बहुविवाह कायम हुने गरी व्यवस्था गरिएको यो मस्यौदा बाहिरिएपछि त्यसले तीव्र विवाद र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका २५ निर्णय

४ घण्टा अघि   सेतोपाटी

सरकारले नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खराब आचरण प्रदर्शन गरेको तथा कार्य क्षमताको अभाव रहेको भन्दै ओझालाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले...

महालक्ष्मी विकास बैंकको सन्तुलित वित्तीय विवरण, लाभांश वितरण क्षमता बढ्यो

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासिकको अन्त्यसम्म समग्र वित्तीय परिसूचकमा सकारात्मक सुधार गरेको छ। बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा रु. ५० करोड ३ लाख पुगेको छ। यो...

रवि लामिछानेलाई भेटेपछि प्रचण्डले भने– दुब्लाउनु भएको रहेछ

४ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार पुगेर भेटका छन्।  भेटपछि प्रचण्डले लामिछाने दुब्लाएको बताए।  ‘उहाँ दुब्लाउनुभएको छ,’ प्रचण्डले भने, ‘उहाँको भाषामा भैरहवामा गोलघर जसरी...

ग्लोबल च्याम्पियन्स लिग : एभीएम र स्ट्याग संयुक्त अगाडि

४ घण्टा अघि   सेतोपाटी

एभीएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को चौथो दिन बुधबार संयुक्त शीर्ष स्थानमा छन्।  छैटौं चरणको समाप्तिमा एभीएम र स्ट्यागले समान ५७–५७ अंक जोडेका छन्। अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै...

पारा खेलकुदलाई प्राथमितामा दिएका छौं : सदस्य–सचिव घिसिङ

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन्। अमेरिकाबाट “स्पोट्र्स डिप्लोमेसी–स्पोट्र्स फर सोसल चेन्ज” कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा आएका १२ जना प्रतिनिधि मण्डलसंगको भेटमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन्। त्यसअघि...

रवि भेटेपछि प्रचण्ड : उहाँ निक्कै दुब्लाउनु भएछ

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछाने निक्कै दुब्लाएको प्रतिक्रिया दिएका छन्।  नक्खु कारागारमा पुगेर रविलाई भेटेपछि उनले भैरहवा कारागारमा हुँदा निकै पीडामा खेपेको लामिछानेले बताएका उल्लेख गर्दै भने,  ‘भैरहवामा हुँदा...

आइपिओअघि नै सेयर किनबेच, आफ्नो नाममा नआए पनि जोखिम लिन्छन् लगानीकर्ता

४ घण्टा अघि   सेतोपाटी

हालै एक कम्पनीले धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्कासन (आइपिओ जारी) गर्ने अनुमति पायो। कम्पनीले आइपिओ जारी गरिसकेको छैन। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा सेयर बिक्री गर्न लागेको छ। तर, कम्पनीको सेयर भने अहिले नै महँगो मूल्यमा किनबेच भइरहेको छ।...

विधेयक सम्बन्धी प्रतिवेदनमा पहिलो पटक सांसदहरूलाई पनि गराइयो हस्ताक्षर

५ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको अर्थ समितिले विधेयकको प्रतिवेदनमा सांसदहरूले पनि हस्ताक्षर गर्ने प्रचलन सुरू गरेको छ। समितिले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न विधेयकमा समितिका सांसदहरूलाई हस्ताक्षर गराएको हो। यसअघि समितिको प्रतिवेदनमा सभापति र समिति सचिवले मात्र हस्ताक्षर गर्ने प्रचलन रहेको थियो। ...

प्राकृतिक प्रकोपको जोखिममा हिमालय क्षेत्र

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मनसुनको समयमा हिमालय क्षेत्रहरूले धेरै प्राकृतिक विपद्का घटनाको सामना गर्नुपरेको छ।  एक अध्ययनअनुसार हिमालय जस्ता पर्वतीय क्षेत्रहरू तिनको जटिल संरचना, कमजोर पारिस्थितिकीय प्रणाली र निरन्तर बदलिँदो जलवायुजन्य परिस्थितिका कारण विभिन्न खालका प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् ।  नेपालसहितका हिमाली क्षेत्रहरूले...