ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आज पञ्चदान पर्व मनाउँदै बौद्ध धर्मावलम्बी

२७ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : भाद्र कृष्ण त्रयोदशी । दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बी पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन्।  आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार काठमाडौँको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध,...

आज सम्पर्क कार्यालय उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारी

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : एमालेको अवरोधका बाबजुद पार्टी राजनीतिमा सक्रिय बनेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछन्।   आज दिउँसो २ बजे काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उहाँको सचिवालयले जनाएको छ। उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल...

सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि बन्द हुने

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट प्रदान हुने सेवा बिहीबार र शुक्रबार अवरुद्ध हुने भएको छ।  कोषले एक सूचना प्रकाशन गर्दै सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आज र भोलि सेवा बन्द रहने जनाएको हो। आज दिउँसो ३ बजेदेखि साँझ ६...

परराष्ट्र मन्त्रालयले भन्यो-  लिपुलेक नेपालको अभिन्न भूभाग हो

३१ मिनेट अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको बताएको छ। बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको...

बैतडीमा पनि डेंगुको जोखिम

५६ मिनेट अघि   थाहाखबर

बैतडी : जिल्लामा डेङ्गुको जोखिम बढ्दै गएको छ। स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सातजनामा सङ्क्रमण पुष्टि भइसकेको छ।  दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट...

प्रतिनिधिसभाको बैठक बस्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधि सभा बैठक बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थ समितिकासभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची छ। त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर...

पूर्वराष्ट्रपति भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै

१ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्। पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं मध्यबानेश्वरस्थित थापागाउँमा घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेकी छन्। बिहीबार दिउँसो २ बजे कार्यालय उद्घाटनको कार्यतालिका रहेको छ। उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय...

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मकवानपुरको मकवानपुरगढी गाउँपालिका- ३ मा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–३ फुटसल चोकस्थित भित्री सडकखण्डमा मक्राञ्चुलीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्री सोही ठाउँकी ९२ वर्षीया नन्दकुमारी न्यौपानेको मृत्यु...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद अन्तर्गत् बिहीबार प्रतिनिधि सभा बैठक बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अर्थ समितिकासभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने कार्यसूची छ। त्यस्तै उद्योग, वाणिज्य तथा...

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अगष्ट २१। आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्धन गर्ने...

इसराइलले थाल्यो गजा कब्जाको पहिलो चरण, बोलायो ८० हजार रिजर्भ सैनिक

१ घण्टा अघि   सेतोपाटी

इसराइलले गजा कब्जाको पहिलो चरण घोषणा गरेको छ। गजामा युद्धविरामका लागि नयाँ प्रस्तावमा छलफल चलिरहेको बेला इसराइलले सम्पूर्ण गजा कब्जाको पहिलो चरण घोषणा गरेको हो। जसअन्तर्गत ठूलो संख्या सैनिकहरू गजा क्षेत्रमा परिचालन गरिनेछ। इसराइली सेनाले बुधबारदेखि नै प्रारम्भिक सैन्य कारबाही...

बागलुङमा एउटै खोलामा ६ जलविद्युत् आयोजना

१ घण्टा अघि   सेतोपाटी

बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ। ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन्। सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८...

उपसभामुख राना संसदलाई जानकारी नै नदिइ गएकी थिइन् अमेरिका

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : उपसभामुख इन्दिरा राना संसदलाई जानकारी नै नदिइ अमेरिका भ्रमणमा गएको पाइएको छ। उनले संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे...

सञ्चालनमै नरहेका विद्यालयमा पनि चलखेल, खारेज गर्दै महानगर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संस्था सञ्चालनको अनुमति लिने तर सञ्चालनै नगरी मोटो रकम कमिसन खाएर वर्षैपिच्छे किनबेच गर्ने प्रवृत्ति निजी तथा संस्थागत विद्यालयमा पनि देखिएको छ । यस्तो प्रवृत्ति देखिएपछि काठमाडौँ महानगरपालिकाले केही विद्यालयको सञ्चालन अनुमति नै खारेज गर्न लागेको छ।  बिहीबारको गोरखापत्र...

भारतले भन्यो– लिपुलेकमा नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : लिपुलेक नाकाबाट भारत र चीनबीच पुनः सुरु गरिएको सीमा व्यापारबारे नेपालको आपत्तिमा भारतले ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएको छ। नेपालको धारणा प्रति प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ऐतिहासिक प्रमाण र यथार्थमा आधारित नभएको बताएका...

कैलाली कारागार घटनाको अध्ययन प्रतिवेदनले के भन्यो?

२ घण्टा अघि   सेतोपाटी

कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ। उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना...

आज यी तीन प्रदेशमा भारी वर्षा हुने

२ घण्टा अघि   सेतोपाटी

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी...

लिपुलेकबारे भारतले भन्यो– नेपालको दाबी कृत्रिम र एकपक्षीय

२ घण्टा अघि   सेतोपाटी

भारतीय विदेश मन्त्रालयले नेपालले कृत्रिम र एकपक्षीय ढंगबाट लिपुलेक दाबी गरेको बताएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार विज्ञप्ति जारी गर्दै नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएको हो। ‘हाम्रो अडान छ कि, यस्ता दाबीहरू न त...

मनसुन कमजोर हुँदा यी स्थानमा आज भारी वर्षा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले हाल नेपालमा मनसुन कमजोर छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली छ।...

एउटै खोलामा ६ जलविद्युत् आयोजना

२ घण्टा अघि   थाहाखबर

गलकोट : बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ। ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणाधीन र दुई प्रक्रियामा छन्।  सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा...

काभा महिला नेसन्स लिग भलिबल टुँडिखेलमा हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :​ काभा महिला नेसन्स लिग भलिबल काठमाडौँको टुँडिखेलमा हुने भएको छ। नेपाल भलिबल सङ्घले आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म सो प्रतियोगिता हुने जानकारी दियो। नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले दर्शकको चापलाई ध्यानमा राखी खुला मैदानमा प्रतियोगिता आयोजना गर्न...

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

२ घण्टा अघि   थाहाखबर

बागलुङ : यो वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित छन्। निसीखोला गाउँपालिका-५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान मारमा परेका हुन्। निसेलढोरसँगै ढोरपाटन नगरपालिका- ९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ।...

एमालेले बोलायो केन्द्रिय कमिटी बैडक

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार दोस्रो विधान...