ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राप्रपाले छान्यो समानुपातिक ४ जना सांसद

२३ मिनेट अघि   सेतोपाटी

राप्रपाले समानुपातिकतर्फ ४ जना सांसद छानेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक ४ सिटका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ...

एउटा आइजिपीले बोल्दा बोल्दै हप्कायो- प्रधानमन्त्री कार्की

२६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आफू बोल्दा बोल्दै एक जना प्रहरी महानिरीक्षक (आइजिपी)ले हप्काएको बताएकी छन्। राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कासँग अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले नाम नखुलाइकन एक आइजिपीले आफूलाई हप्काएको बताएकी हुन्। '‍… त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा...

एमालेले निर्वाचन आयोगलाई बुझायो समानुपातिकबाट छानिएका १६ सांसदको सूची

४४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले समानुपातिकबाट छानिएका १६ जना सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ। एमालेले ती सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभागमा प्रमुख नीरज आचार्यले जानकारी दिए। एमाले जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त...

२८२४ विन्दुमा नेप्से, हाइड्रोपावरमा लगनीकर्ताको उच्च आकर्षण

४६ मिनेट अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।  बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँको कारोबार भएकोमा आइबार १४ अर्ब ३२ करोड रूपैयाँमा...

केपी ओलीले चुनाव हार्नुहोला भन्ने सोचेको थिइनँ- प्रधानमन्त्री कार्की

५० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावमा पराजित होलान् भनेर आफूले नसोचेको बताएकी छिन्।  राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले चुनावमा ‘नसोचेको कुरा भएको’ बताएकी हुन्।  ‘पुराना दलले पनि आत्तिनुपर्दैन। नयाँले मात्तिनु पर्दैन। हामीले पनि...

कांग्रेसबाट समानुपातिकतर्फ १५ महिला र ५ पुरूषको नाम सिफारिस

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ २० जनाको नाम तय गरी निर्वाचन आयोगमा पठाएको छ। फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो। आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ...

बालेनप्रति विश्वास छ, केही होला भन्ने आशा पनि छ- प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहप्रति आफूलाई विश्वास रहेको बताएकी छन्। राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको आफ्नो बुझाइ रहेको रहेको बताउँदै उनीप्रति...

हर्क साम्पाङले भने- श्रम संस्कृतिका ७ सांसदमध्ये २ जना जेनजी छन्

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका ७ सांसदमध्ये २ जना जेनजी उमेर समूहको रहेको बताएका छन्। फागुन २१ को चुनावमा श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरी ७ सांसद जितेको छ।  ‘श्रम संस्कृतिको जम्मा सांसद संख्या ७ मध्ये...

हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्– प्रधानमन्त्री कार्की

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने आफूले देखेको बताएकी छन्। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा त्यहाँ काम गर्ने कर्मचारीहरूमा राजनीतिकरण हुने गरेको देखिएको प्रधानमन्त्रीले बताएकी छन्।  ‘हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन्। आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प...

जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए। ठकुरीका...

देशभर घट्यो घरजग्गा कारोबार

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को फागुनमा घरजग्गा कारोबार घटेको छ। यो महिना देशभर ३६ हजार ४ सय ७१ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा २८.२५ प्रतिशतले न्यून...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

१ घण्टा अघि   सेतोपाटी

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समिति बैठक आज दिउँसो बसेको हो। बैठकले पार्टीले प्राप्त गरेको ४ सिटमा बन्दसूचीबाट छानेर नाम सिफारिस गर्ने तयारी गरेको छ। राप्रपाले समानुपातिकमा ४ र प्रत्यक्षमा १ सिट जितेको छ।...

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। जेनजी  प्रतिनिधिहरु रक्षा बम, माजिद अन्सारी लगायतका समूहले माइतीघरमा  शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। पूर्वन्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो।  आयोगको उक्त...

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद

१ घण्टा अघि   सेतोपाटी

श्रम संंस्कृति पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। समानुपातिक प्रणालीअन्तर्गत सिफारिस गरिएका उम्मेदवारहरूको नाम पार्टीको निर्णयअनुसार टुंग्याएको अध्यक्ष हर्क साम्पाङले जानकारी दिएका छन्। उनकाअनुसार आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुर रहेका छन्।...

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बसेको छ। केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो। सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरू बैठकमा सहभागी छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि बसेको कांग्रेसको यो पहिलो बैठक हो। आजको...

मण्डला थिएटरमा ‘चरणदास चोर’ (तस्विरहरु)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा नाटक 'चरणदास चोर'को नियमित मञ्चन सुरु भएको छ। प्रख्यात भारतीय रंगकर्मी हबीब तन्वीरद्वारा लिखित नाटकलाई नेपाली परिवेशमा राजन खतिवडा र आशन्त शर्माले रुपान्तरण गरेका छन्। नाटकको निर्देशन मिलन कार्कीले गरेका हुन्। लोकशैली र हास्य व्यंग्यको प्रयोग गरिएको...

अध्यक्ष ओली भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेकी छन्। पितृ आशौच बारिरहेका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री आज उनकै निवास पुगेकी हुन्। प्रधानमन्त्री कार्की उनका पति प्रथम पुरूष दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीलाई भेटेका हुन्। एमाले...

दोहा बसेर यहाँको अवस्था नियाल्दा जे देखिएको छ...

२ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलले 'अपरेसन फ्युरी' नाम दिएर इरानमा सैन्य कारबाहीको सुरू गरेको दुई साता भइसक्यो। पहिलो दिनदेखि नै धेरै हताहतिका खबर आइरहेका छन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी लगायत उच्च पदस्थ अधिकारीहरू, सेनाहरू, सर्वसाधारण, विद्यार्थीले ज्यान गुमाएका खबर छन्। पहिलो दिनको आक्रमणलगत्तै इरानले पनि मध्यपूर्वका...

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। जसअनुसार खसआर्य तर्फ १७ जना,...

गोरखामा माइक्रो दुर्घटनामा परेर मृत्यु भएका ७ जना भारतीय नागरिक

२ घण्टा अघि   सेतोपाटी

गोरखामा माइक्रो बस दुर्घटनामा परेर मृत्यु भएका ७ जनाको पहिचान खुलेको छ। मृत्यु भएकाहरू ७ जना भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए। उनका अनुसार भारत घर भएका ५८ वर्षीय मुतुकुमार, ५८ वर्षीय अनाम लिक, ५९...

पार्टीका उम्मेदवार पराजयको कारण खोजेर प्रतिवेदन पठाउन कांग्रेसको परिपत्र

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरू पराजित हुनुको कारण पत्ता लगाएर प्रतिवेदन केन्द्रीय कार्यालय पठाउन मातहत समितिहरूलाई परिपत्र गरेको छ। महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गर्दै अधिकांश स्थानमा पार्टीका उम्मेदवार पराजित भएकोले त्यसको कारण...

'धुरन्धर २' ले रिलिजअघि नै बनायो नयाँ रेकर्ड

२ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत सुपरहिट फिल्म 'धुरन्धर' को सिक्वेल 'धुरन्धरः द रिभेन्ज' ले रिलिजअगावै रेकर्ड बनाएको छ।  मार्च १९ (चैत ५) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले 'पेड-प्रिभ्यू' बाट मात्रै २७ करोड १३ लाख भारू कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका...

बालेनको टिमबाट थपिएका पदाधिकारी किन छैनन् रास्वपा सचिवालय बैठकमा?

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले बसिरहेको छ। समानुपातिक तर्फको सांसद सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालय च:मतिमा बैठक बसिरहेको छ। बैठकमा सभापति रवि लामिछाने भर्चुअल रूपमा सहभागी छन्। उनी स्वास्थ्यका कारण बैठकमा जान सकेका छैनन्।  त्यस्तै बैठकमा निर्वाचनअघि...

चैत ७ गतेदेखि धुलिखेल–खावा खण्डको किन रोकिँदैछ आवागमन ?

३ घण्टा अघि   सेतोपाटी

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ। उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।  लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण...