ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यस्तो रहनेछ आजको मौसम

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। कोशी प्रदेश, गण्डकी प्रदेश,...

पर्यटक लोभ्याउने मुस्ताङको ढुम्बाताल

२४ मिनेट अघि   सेतोपाटी

नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो। जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा...

मेयर कप : सेमिफाइनलमा कीर्तिपुर र काठमाडौं भिड्ने

२५ मिनेट अघि   थाहाखबर

काठमाडौं : गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल समिकरण पूरा भएको छ। गोदावरी- १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकालाई ३-० ले सजिलै...

एम्बाप्पेले ह्याट्रिक गोल गर्दा पनि बार्सासँग हार्‍यो रियल

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं ः बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ।  गएराति राति भएको ऐतिहासिक एल क्लासिको मा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी सातमा पुर्‍याएको हो। शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ। रियलको...

भारत र पाकिस्तानबीच आज वार्ता

३५ मिनेट अघि   थाहाखबर

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदैछ। दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिच शनिबार युद्धविराम घोषणा गरेका थिए । भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ ।...

श्रीलंकालाई ५-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  श्रीलंकालाई  ५-० ले हराउँदै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोल्डेन जुब्ली रंगशालामा गएराति भएको खेलमा फराकिलो हार बेहोरेसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

४१ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  यसका साथै नेपालको मौसम प्रणालीमा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। कोशी प्रदेशलगायत देशको पहाडी...

हिमाल आरोहणबाट ७७ करोड रोयल्टी संकलन

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।  सगरमाथाबाट मात्रै ६७ करोड ६०...

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गरेको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९ औं जन्मजयन्तीका अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले नेपाली भूमिमा जन्मिएका बुद्धका ज्ञान...

आज बुद्धजयन्ती

५९ मिनेट अघि   थाहाखबर

काठमाडौं : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती पर्व। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप मनाइँदैछ।  ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन...

बुद्ध जयन्ती आज, विविध कार्यक्रम गरी मनाइँदै

५९ मिनेट अघि   सेतोपाटी

सोमबार २५६९ औं बुद्ध जयन्ती मनाइँदै छ। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको...

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर कति?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर भाउ स्थिर भएको छ। अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। युरोपियन युरो एकको...

हिमाल आरोहणबाट उठ्यो ७७ करोड रोयल्टी

१ घण्टा अघि   सेतोपाटी

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।  सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९...

तीन साथीको आइडियाले भाइरल भएको 'मिस्टर वाफल्स'

१ घण्टा अघि   सेतोपाटी

मिस्टर वाफल्स — टिकटक, इन्स्टाग्राम चलाउनेहरू, खासगरी जेन–जी पुस्ताका लागि यो नाम नयाँ होइन। खानेकुरामा रूचि हुनेहरूले त अझ राम्ररी चिन्छन्। अनि नयाँ व्यापार–व्यवसाय गर्ने र गर्न चाहनेले पनि पछ्याउँछन्। काठमाडौं, वसन्तपुरको एउटा गल्लीको सानो सटरमा सुरू भएको 'मिस्टर वाफल्स' धेरै युवाका लागि रोलमोडल पनि...

काठमाडौंबाट 'आइसी–८१४' जहाज अपहरण गर्ने मुख्य योजनाकार रउफ अजहर पनि मारिएको भारतको दाबी

८ घण्टा अघि   सेतोपाटी

काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको 'आइसी ८१४' जहाज अपहरणका मुख्य योजनाकार रउफ अजहर पनि पछिल्लो सैन्य कारबाहीमा मारिएको भारतले दाबी गरेको छ। पहलगामको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरूद्ध चलाएको 'अपरेसन सिन्दुर' मा मारिएका आतंकवादीमध्ये रउफ अजहर पनि एक भएको भारतीय पत्रकार बर्खा दत्तले आफ्नो...

साफ यू-१९ च्याम्पियनसिपमा नेपालको शानदार जित

८ घण्टा अघि   सेतोपाटी

भारतमा सुरु भएको साफ यू-१९ च्याम्पियनसिपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा नेपालले श्रीलङ्कामाथि ५-० गोलको जित निकालेको हो। नेपालले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा चार गोल थप्यो। नेपालका लागि सुजन डंगोलले पहिलो...

७ गोल भएको बार्सिलोना र रियल म्याड्रिडबीचको रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनाको जित

८ घण्टा अघि   सेतोपाटी

स्पेनिस ला लिगाअन्तर्गत सिजनको बहुप्रतिक्षित एल क्लासिकोमा रियल म्याड्रिडमाथि बार्सिलोनाले ४-३ गोलको रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान मैदानमा हात पारेको जितसँगै बार्सिलोना सिजनको लिगको उपाधि नजिक पुगेको छ। अन्तिम तीन खेल बाँकी छदा बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडसँग सात अंकको...

आफैंलाई गभर्नरका उम्मेदवार बनाएपछि सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले आज राजीनामा दिएका छन्। पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन्। यसअघि सत्तागठबन्धन दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर...

अत्यावश्यक ‘चालक अनुमतिपत्र’ छाप्न पनि रोकियो

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ रोकेको छ। विभागले प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जानकारी दिएको हो। विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सैनिक,...

चर्को गर्मीका कारण रौतहटको जनजीवन प्रभावित

१० घण्टा अघि   थाहाखबर

रौतहट : बढ्दो तापक्रमका कारण रौतहटमा जनजीवन अस्तव्यस्त बनेको छ। चर्को घाम र तातो हावाले रौतहटमा जनजीवन कष्टकर बनेको हो। वैशाखको अन्तिम सातादेखि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेसँगै तराईवासीको दैनिकी अस्तव्यस्त बन्न थालेका छन्। विशेषगरी बिहान सबेरैदेखि सुरु...

बजेट विनियोजन ठिक ढङ्गले भएको छैन : पूर्वअर्थमन्त्री महत

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनु भएको बताएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।  उनले बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा बजेटले प्राथमिकताको आधारमा...

गभर्नर बन्ने चर्चापछि सिफारिस समितिबाट राजीनामा दिँदै विश्व पौडेल

१० घण्टा अघि   सेतोपाटी

गभर्नर समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिने भएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी गभर्नर उनलाई बनाउने समझदारीबीच पौडेलले समितिबाट राजीनामा दिन लागेका हुन्। उनले यसबारे मौखिक रूपमा अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको बताएका छन्। यद्यपि लिखित राजीनामा...

ऋणको चाप र कामको दबाबले तनावमा श्रमिकहरू : मन्त्री भण्डारी

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्याको समाधान गर्न सरकार लागिपरेको बताएका छन्। आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू ‘डेथ ट्र्याप’,...

शिव सेनाका अनिल बस्नेत पक्राउ

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको छ। गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन्। उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म,...