पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछि ‘ट्रुथ सोसल’मार्फत व्यक्त विचारमा ट्रम्पले...