पुटिन र ट्रम्पका विशेष दूत विटकफबीच युद्ध अन्त्यबारे तीन घन्टा छलफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। शुक्रबार मस्कोमा राष्ट्रपति पुटिन र विटकफबीच झन्डै तीन घन्टा छलफल भएको हो। दुई हप्तायता पुटिन र विटकफबीच भएको यो दोस्रो छलफल हो भने...