स्थानीय उत्पादनको प्रवद्र्धनका लागि अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र आवश्यकः अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र स्थापना गर्नुपर्ने बताएका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन एवम् निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले बताए । ...