ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

टेकु वंशीघाटमा सुकुम्बासीले ओसार्न थाले सामान (तस्बिरहरू)

५३ सेकेन्ड अघि   सेतोपाटी

काठमाडौंको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीबाट मानिसहरूले सामान ‌ओसार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरेपछि बिहीबार त्यहाँ बस्दै आएका सुकुम्बासीहरूले आफ्नो सामान सुरक्षित स्थानमा लगेका हुन्। बुधबार काठमाडौं महानगरपालिकाले बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्तीहरूमा माइकिङ गर्न थालेको...

इन्टर्नसिपको पहिलो दिन!

१४ मिनेट अघि   सेतोपाटी

काठमाडौँको सडकमा गुड्ने ट्याक्सीको हतारो र मेरा पाइलाहरूको गति लगभग उस्तै थियो। कालो कोट, सेतो सर्ट र टल्किने जुत्तामा म एउटा सपनाको राजकुमार जस्तै सजिएको थिएँ। पाँच वर्षसम्म विश्वविद्यालयको पुस्तकालयमा 'अस्टिन', र 'सालमण्ड' का सिद्धान्तहरू माथि घोत्लिँदै गर्दा मैले कल्पना...

कसरी निर्माण गरिँदै छ धानखोला–लमही सडक? (भिडिओ)

१८ मिनेट अघि   सेतोपाटी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि भालुवाङ हुँदै पश्चिम लमहीसम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम बुधबारदेखि भौतिक रूपमा सुरू भएको छ। यो सडकखण्ड नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को लगानीमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सडक मर्मत...

आयातित वस्तुको जाँचपासमा समस्या भएपछि भन्सारमै स्वघोषणा गर्न प्रस्ताव

३१ मिनेट अघि   सेतोपाटी

विदेशबाट आयात गरी नेपालमा बिक्री–वितरण गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्थामा सरकार लचक भएको छ। भन्सार जाँचपास र व्यापार सहजीकरणमा समस्या देखिएपछि सम्बन्धित निकायले सहजीकरणको प्रस्ताव अघि सारेका छन्। भन्सार विभागले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई...

नालापानीमा छुटेको एक टुक्रा नेपाल!

३५ मिनेट अघि   सेतोपाटी

देहरादूनमा अझै घाम निस्केको थिएन। डिसेम्बरमा बिहान, बिहानै घाम नदेखिनु अनौठो होइन। हामी घामभन्दा पहिले नै बाहिर निस्क्यौँ। देहरादूनको सडक राति ढिला सुतेको मान्छे जस्तो लमतन्न पसारिएको थियो। त्यो पूरै नब्युँझिसकेको सडकमा म भने एकदम फुर्तिलो भएर उभिएको थिएँ। ठाडो...

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्। सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

क्लासिक टेकले ल्यायो '१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्' अफर

१ घण्टा अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एक वर्ष जोड्नुस् ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहकहरूले ३०० एमबिपिएस उच्च गतिको इन्टरनेट र आइपी टिभी जडानमा ४ वर्षसम्म आइपी टिभी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क...

अतिक्रमित जग्गा खाली गर्न दाङ प्रशासनले जारी गर्‍यो सार्वजनिक सूचना

१ घण्टा अघि   सेतोपाटी

स्थानीय प्रशासनले आफ्नो नामको अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको छ।  दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बिहीबार सार्वजनिक सूचनामार्फत जिल्ला प्रशासन कार्यालय घोराही दाङको नाममा रहेको घोराही उपमहानगरपालिका वडा नं.  १४ र १६ मा  रहेका सुकुम्बासी बस्ती हटाउन...

२७ सय नजिक पुगेर अडियो नेप्से

१ घण्टा अघि   सेतोपाटी

लगातार तेस्रो दिन घटेर नेप्से यस साताको अन्तिम कारोबार दिन २७३८ मा बन्द भयो।  तीन दिनमा नेप्सेले करिब ५८ अंक गुमाएको छ। बिहीबार २७४० बाट कारोबार सुरू भएर २७०८ विन्दुसम्म पुगेपछि मात्रै नेप्सेको ओरालो यात्रा रोकियो। त्यसपछि केही घटबढ सहित...

असामान्य वर्षमा पनि औसत आर्थिक वृद्धिदर

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको हालसम्म आर्थिक क्रियाकलापमा चारवटा मुख्य संकट देखिए। एक, २०८२ असार २४ गतेको बाढीपहिरोका कारण चीनसँगको स्थलमार्ग अवरूद्ध हुन पुग्यो। रसुवा हुँदै चीन जाने मुख्य स्थलमार्ग लामो समय सञ्चालनमा आउन सकेन। तातोपानी नाका पनि आंशिक रूपमा मात्रै सञ्चालनमा...

इन्फेक्सन भएपछि राधिकाले लगाइन् ओलीलाई भेटघाटमा रोक

२ घण्टा अघि   सेतोपाटी

पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले घरमै आराम गरिरहेका छन्। केही दिनयता ओलीको शल्यक्रिया गरेको घाउमा संक्रमण बढेको छ। यसले बाह्य भेटघाट बन्द गरिएको छ। परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन। केही दिनयता...

ड्रेसिङ रुममा 'भेप' तान्नु रियान परागलाई महँगो साबित, जरिवाना र कडा कारबाहीको चेतावनी

२ घण्टा अघि   सेतोपाटी

राजस्थान रोयल्सका कप्तान रियान परागलाई खेलको नियम उल्लंघन गरेको आरोपमा जरिवाना गरिएको छ। मंगलबार पञ्जाब किंग्सविरुद्धको खेलका क्रममा ड्रेसिङ रुमभित्र 'भेप' (विद्युतीय चुरोट) प्रयोग गरेको पाइएपछि उनलाई म्याच फीको २५ प्रतिशत जरिवाना गरिएको हो। पञ्जाबले दिएको २२३ रनको ठूलो लक्ष्य...

नेपाल र भारतमा खिचिने 'जूबा' फ्लोरमा

२ घण्टा अघि   सेतोपाटी

७५ दिनको सेड्युलसहित फिल्म 'जूबा'को छायांकन सुरू गरिएको छ। अस्त्र फिल्मस्को प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरू भएको हो। बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरू भएको फिल्म सर्लाही र काठमाडौंसँगै भारतको राजस्थानमा पनि खिचिनेछ। ७५ दिनको छायांकन तालिका तय गरिएकाले फिल्म...

विपक्षी दलहरूले सात विषयमा गराए सरकारको ध्यानाकर्षण

२ घण्टा अघि   सेतोपाटी

विपक्षी दलहरूले सात विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार सिंहदरबारस्थित एमाले संसदीय दल कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले विभिन्न सात विषयमा सरकारको ध्यानाकर्षण गराएको हो। पहिलो विषय सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउनेबारे छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका...

राष्ट्रपति पौडेलले बोलाए महान्यायाधिवक्तालाई, के भयो कुरा?

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशबारे छलफल गर्न महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेका छन्। राष्ट्रपतिसँग आज १ घण्टा छलफल भएको महान्यायाधिवक्ता कँडेलले बताए। छलफलमा राष्ट्रपति पौडेलले अध्यादेश अध्ययनमा रहेको जानकारी गराएको महान्यायाधिवक्ता कँडेलले बताए। ‘अध्यादेशको बारेमा अध्ययन गर्दै हुनुहुँदो रहेछ।...

काठमाडौंमा शेखर कोइराला पक्षको भेला (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज काठमाडौंमा भेला गरेका छन्। कोइरालाले बागमती प्रदेशस्तरीय छलफल आयोजना गरेका हुन्। छलफल बालुवाटारस्थित ओपेरा होटलमा आज भएको हो। कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्व सभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेशका सांसद,...

त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पठाए कुलपतिसमक्ष राजीनामा

२ घण्टा अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका छन्। त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिएका हुन्। त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले आफूहरूले राजीनामा पत्र पठाइसकेको सेतोपाटीलाई जानकारी दिए।...

२ करोड नाघ्यो 'परालको आगो' को व्यापार

२ घण्टा अघि   सेतोपाटी

सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत अभिनीत फिल्म 'परालको आगो' को व्यापार २ करोड नाघेको छ। फिल्मले बुधबारसम्म नेपालमा २ करोड ११ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको हो। कमाइको विवरण निर्माता सुशील पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।  लक्ष्मण...

फेवाताल संरक्षणमा 'स्टन्ट' नगरौं

३ घण्टा अघि   सेतोपाटी

गत वर्ष नेपालमा करिब ११.५ लाख पर्यटक आए। त्यसमध्ये अनुमानित ४०–४५ प्रतिशत अर्थात् लगभग ४.५–५ लाख पर्यटकहरूले पोखरा टेके भनिन्छ। पोखरा जाने कति जना पर्यटक फेवाताल जान्छन् भन्ने कुनै तथ्यांक त पाइँदैन, तर जुन उद्देश्यका लागि पर्यटकहरू पोखरा गए पनि...

१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने नियमले सीमामा नागरिकलाई कष्ट दियो- गगन थापा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने आदेशले सीमा क्षेत्रमा नागरिकहरूले दु:ख पाइरहेको बताएका छन्। सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीबाट आफू भर्खरै फर्केको उल्लेख गरेका उनले भनेका छन्, ‘त्यहाँका नागरिकहरूसँगको अन्तर्क्रिया पछि एउटा गहिरो छटपटी र आक्रोश मनमा...

सत्य निरूपण तथा बेपत्ता आयोगमा परेका उजुरी छिटो टुंग्याउन सरकारलाई दियो सर्वोच्चले परमादेश

३ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनमा ‘मानव अधिकार वा गम्भीर मानव अधिकार उल्लंघन’ भन्ने शब्दको प्रयोगलाई गैरसंवैधानिक नरहेको व्याख्या गरेको छ। बुधबार बसेको संवैधानिक इजलासले ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको (तेस्रो संशोधन)...

रवि लगायतको कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ स्थगित भएको छ। बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा उक्त...

प्राविधिकका रूपमा प्रस्तावित निजामती सेवा ऐन हेर्दा..

३ घण्टा अघि   सेतोपाटी

विज्ञान पढ्दाको एउटा चाखलाग्दो उदाहरणबाट लेख्न मन लाग्यो। रकेट प्रक्षेपण गर्दा पृथ्वीको गुरूत्वाकर्षणबाट टाढा जान लगभग १३ किलोमिटर प्रति सेकेन्डको गति चाहिन्छ— जसलाई इस्केप भेलोसिटी (escape velocity) भनिन्छ। यो गतिमा रकेट प्रक्षेपण गर्न सकिएन भने भूउपग्रहको रूपमा पृथ्वीकै वरिपरि नै घुमिरहन्छ।...

गोंगबु क्षेेत्रमा यस्तो छ सुकुम्बासी बस्ती (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

सरकारले शुक्रबारदेखि काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ। बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शुक्रबारबाट बस्ती हटाउने बताएको हो। प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ। यसअघि सरकारले...