ललितपुरमा युवाहरूबीच झडप, एक जनाको मृत्यु
ललितपुरमा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति ललितपुर महानगरपालिकाको सुन्धारामा युवाहरूबीच झडप भएको थियो। झडपपछि एक युवाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। मृतक सिन्धुली हरिहरपुर घर भई सुन्धारा बस्ने २५...
