हराएको खुकुरी खोज्न गएका थिए, दुवै जना सधैंका लागि अस्ताए
खोटाङको बराहपोखरी गाउँपालिकामा भीरबाट लड्दा शनिबार दुई स्थानीयवासीको ज्यान गएको छ। बराहपोखरी गाउँपालिका–५ पौवासेराका दुई पुरूष शनिबार दिउँसो ढकालेखोला आसपासको भीरबाट खसेका थिए। दुवै जना घटनास्थलमै मृत फेला परेका हुन्। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार...
