ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन– बालेन

२३ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून भन्ने चाहना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा फेसबुकमा मंगलबार स्ट्याटस लेख्दै प्रधानमन्त्री बालेनले विद्यार्थीले नेताको भीडबाट होइन राजनीति नसिकून् भनेका हुन्। ‘विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्,...

विद्यार्थी र कर्मचारी संगठन दलका 'स्लिपर सेल' बने– प्रधानमन्त्री बालेन

३५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ भनेको टिप्पणी गरेका छन्। अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णय गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको टिप्पणी गरेका...

तुलसीपुरमा 'को–मार्ट' सञ्चालनमा

४१ मिनेट अघि   सेतोपाटी

तुलसीपुरमा 'को– मार्ट' सञ्चालनमा आएको छ।  सात वर्ष कोरियामा बिताएकी गंगा गिरीले स्वदेश फर्किएर दाङमै पहिलो 'को–मार्ट' खोलेकी हुन्। जहाँ कोरियाली खानाका परिकार मात्र पाइन्छ। झन्डै १५ लाख लगानी यो मार्टमा विश्वभर लोकप्रिय विभिन्न प्रोसेस्ड फुड जस्तै कोरियन नुडल्स, चोकोपाइ, मसला, जुस...

हिरासतमै छन् शेखर गोल्छा, अर्को कसुरमा अनुसन्धान सुरू

४८ मिनेट अघि   सेतोपाटी

व्यवसायी शेखर गोल्छामाथि प्रहरीले अर्को कसुरमा म्याद थपेर अनुसन्धान अघि बढाउने भएको छ। गोल्छालाई सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार भएको कसुरमा धरौटीमा छाड्न परमादेश दिएको थियो। उक्त कसुर अनुसार गोल्छाले केन्द्रीय अनुसान्धान ब्युरो (सिआइबी)मा ५ लाख रुपैयाँ...

कस्ता छन् उच्च लाभांश क्षमता भएका यी कम्पनी?

१ घण्टा अघि   सेतोपाटी

सोमबारसम्म एक दर्जन लघुवित्त कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरेका छन्। यसमध्ये एक कम्पनीको वित्तीय विवरणमा लाभांश क्षमता खुल्दैन भने एकको लाभांश क्षमता नै ऋणात्मक छ। बाँकी यी १० मध्ये अहिले सबभन्दा धेरै लाभांश क्षमता जीवन विकास लघुवित्त र सपोर्ट लघुवित्तको...

रोशी भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार

१ घण्टा अघि   सेतोपाटी

सोमबार राति रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार गरिएको छ। बिपी राजमार्ग भएर यात्रा गर्दा रोशी खोलामा बाढी आएपछि ती यात्र फसेका थिए। रोशी गाउँपालिका–७ घुमाउने चारसय बेसीस्थित रोशी खोलामा यात्रु अड्कन पुगेको प्रहरीले जनाएको छ। पूर्वतर्फबाट आउँदै गरेका...

युएई र ओमानविरूद्धको सिरिजको अन्तिम खेल खेल्दै नेपाल

१ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल विहान साढे नौ बजे हुनेछ।  सिरिजको पहिलो खेलमा नेपालले ओमानसँगको खेल भने गुमाएको थियो।  युएईविरूद्धका दुवै खेलमा भने नेपालले...

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, आजै मत गणना हुने

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको महासंघ निर्वाचन कमिटीले जानकारी गराएको छ। ...

९७ औं मिनेटमा डोकूको गोलले सिटीको उद्धार, प्रिमियर लिगको उपाधि यात्रामा धक्का

२ घण्टा अघि   सेतोपाटी

जेरेमी डोकूले दुईवटा सानदार गोल गरेपछि म्यानचेस्टर सिटीले एभर्टनसँगको रोमाञ्चक खेलमा ३-३ को बराबरी खेलेको छ। खेलको अन्तिम समय (९७ औं मिनेट) मा डोकूले गोल गरेर सिटीलाई हारबाट त बचाए, तर यो नतिजाले पेप ग्वार्डिओलाको टोलीलाई प्रिमियर लिगको उपाधि जित्ने...

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान्छन्– महानगर

२ घण्टा अघि   सेतोपाटी

राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना मंगलबारदेखि विद्यालय जाने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।  महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रूचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर १४ मा रहेको जनकल्याण माध्यमिक...

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

३ घण्टा अघि   सेतोपाटी

म्याग्दीको धौलागिरि गाउँपालिका–७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन्। दस वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रूपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्मबाट सफलता हात पारेका...

आज यी स्थानमा छ वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने...

हुलाकी सडक फराकिलो बनाउन आग्रह

३ घण्टा अघि   सेतोपाटी

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ। जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चारलेन हुलाकी सडक पुरानै मापदण्डअनुसार निर्माण सुरु गर्दा सडक साँघुरो हुने भन्दै स्थानीय बासिन्दाले आज हुलाकी राजमार्ग निर्देशनालय...

अन्तुपोखरी– भैंसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

३ घण्टा अघि   सेतोपाटी

इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैंसी चरन क्षेत्र थियो। विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैंसी चराउँथे। एकापट्टि पानीको आल थियो। अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन। वरिपरि घर थिएन। जंगल पनि थिएन। तर, दिउँसै रात...

'मान्छे हुन् महिला' गीतको सन्देश के हो– यस्तो भन्छन् सर्जक

३ घण्टा अघि   सेतोपाटी

कथाघेराको सडक नाटक 'बाटै बाटो' मा समावेश 'मान्छे हुन् महिला' गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा भयो। योसँगै केही विवाद पनि भयो। नाटकको अन्तिम सन्देशका रूपमा तयार गरिएको यो गीतको गलत अर्थ लगाइएको सर्जकहरू भेनिषा आचार्य र रजत थापाले बताएका छन्। उनीहरूका...

सरकारले राष्ट्रपतिलाई भन्यो - संवैधानिक परिषदमा मत बराबर हुँदा प्रधानमन्त्रीपक्षको बहुमत भएको मानिने व्यवस्था गरेका हौँ'

११ घण्टा अघि   सेतोपाटी

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न सिफारिस गरेको छ। राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कुल संख्याको बहुमतलाई प्रतिनिधित्व गरेको नदेखिएको भन्दै अध्यादेश फिर्ता गरिदिएका थिए। साथै यसअघि आफूले संसदबाट पारित विधेयक पुनर्विचारका लागि फिर्ता...

खुकुरी समातेर भिडिओ बनाउने दुई युवा पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

बाँके प्रहरीले खुकुरी समातेर सामाजिक सञ्जालमा फोटो तथा भिडिओ राख्ने दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक...

रोशीमा फसेका ५ गाडी र यात्रुको उद्धार, १५० भन्दा बढी सवारी साधन रोकिए

१२ घण्टा अघि   सेतोपाटी

काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका-७ चारसय बेसीस्थित रोशी खोलामा फसेका पाँच वटा गाडी र यात्रुको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार रोशीमा पानीको सतह बढ्न गई सडक कटान भएको थियो। बाटो पूर्ण रूपमा...

कर्जा असुलका लागि सकार गरेको सम्पत्ति तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था बदर

१४ घण्टा अघि   सेतोपाटी

कर्जा असुलका लागि बैंक तथा वित्तीय संस्थाले सकार गरेको सम्पत्ति तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतले बदर गरेको छ। सोमबार संवैधानिक इजलासले भूमि सम्बन्धी ऐन, २०२१ को १२ (च) मा भएको उक्त व्यवस्थालाई बदर गरेको हो। भूमि सम्बन्धी ऐनको उक्त...

प्रधानमन्त्री सचिवालयले भन्यो- प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई रोक लगाइएको छैन

१४ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सञ्चारकर्मीलाई भिडिओ खिच्न अवरोध गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले उक्त घटनाबारे स्पष्ट पार्दै सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाइएको दाबी गरेको हो। सचिवालयका अनुसार प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको भीड...

प्रतिनिधिसभाका सचिव हटाउन सभामुखले सुरू गरे प्रक्रिया

१४ घण्टा अघि   सेतोपाटी

सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने प्रक्रिया सुरू गरेका छन्। अघिल्ला सभामुख देवराज घिमिरेले सचिव नियुक्त गरेका राईलाई हटाउन सभामुख अर्यालले स्पष्टीकरण सोधेको स्रोतले जानकारी दियो। स्पष्टीकरण बुझाउने अन्तिम दिन आज सोमबार थियो। सचिव राईलाई हटाएपछि उनको ठाउँमा...

१५ वर्षपछि पश्चिम बंगालमा ढल्यो ममताको शासन, भाजपाको उदय

१४ घण्टा अघि   सेतोपाटी

भारतका पाँच राज्यमा हालै भएको विधानसभा निर्वाचनमा मुख्यतः पश्चिम बंगाल र तमिलनाडुको परिणामले सबैको ध्यान खिचेको छ। केरलामा कंग्रेस सहितको गठबन्धनले बहुमत हासिल गर्ने देखिन्छ भने आसाममा भारतीय जनता पार्टीले (भाजपा) फेरि पनि सरकार बनाउने भएको छ। त्यस्तै पुडुचरीमा पनि...

शेखर गोल्छाले धरौटी तिर्न नसके मात्रै हिरासतमा राख्न सर्वोच्चको परमादेश

१५ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छाले धरौटी वा जमानत राख्न नसकेमा मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्न सक्ने व्यवस्था रहेको भन्दै...

प्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानआकर्षण: व्यावसायिक प्रस्तावदेखि लगानीसम्म

१५ घण्टा अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलद्वारा आयोजित एक उद्यमशील प्रदर्शनी कार्यक्रमले युवा नवप्रवर्तकहरू, उद्योग क्षेत्रका विद्वानहरू तथा अभिभावकहरूलाई एकै स्थानमा ल्याउँदै विद्यार्थीद्वारा सञ्चालित व्यावसायिक अवधारणाहरूको प्रेरणादायी प्रस्तुति दिएको थियो। विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कक्षा ११ का एनइबी व्यवस्थापनका विद्यार्थीहरू...