ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अमेरिकाले कब्जा गर्‍यो भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज

२ मिनेट अघि   सेतोपाटी

अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुइटा पानीजहाज कब्जा गरेको छ। भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकाले पुनः तेल बोकेको जहाज कब्जा गर्न थालेको हो।  मदुरो पक्राउअघि पनि अमेरिकाले भेनेजुएलाको तेल बोकेको दुइटा...

काठमाडौंको १० निर्वाचन क्षेत्रमा एमालेबाट कोको भए उम्मेदवार सिफारिस?

५३ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले काठमाडौंले १० वटा निर्वाचन क्षेत्रको उम्मेदवारको नाम माथिल्लो कमिटीमा पठाएको छ। जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार क्षेत्रको विस्तारित बैठक, निर्वाचन क्षेत्रको सिफारिसको आधारमा जिल्लाले सुझाव माथिल्लो कमिटीमा पठाएको हो। अब...

राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका...

अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य, कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ। बुधबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा...

नेपाल प्रहरीका १० जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको बैठकले बुधबार सूचना जारी गर्दै एसपीहरूलाई  एसएसपी बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो। एसएसपीमा बढुवा सूचीको पहिलो...

दयाहाङ राईलाई प्रकाश सपूतको प्रश्न– राजनीतिमा नआउने? (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

द कन्भरसेसन– ६१ थिएटर पृष्ठभूमिबाट उदाएका दयाहाङ राईको आगमनसँगै नेपाली फिल्ममा अभिनेताको पुरातन सोच फेरियो। समाजका विविध तह र पात्रमार्फत उनले दर्शकको मन जितिरहे। संगीत पृष्ठभूमिबाट उदाएका प्रकाश सपूत पनि यस्ता प्रतिभाशाली कलाकार हुन्, जसले गीत, अभिनय र निर्देशनमार्फत समाजका...

'लुम्बिनी प्यालेस रिसोर्ट' स्तरोन्नति भएर 'लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा' हुने

९ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा २०७५ सालदेखि सञ्चालनमा आएको 'लुम्बिनी प्यालेस रिसोर्ट' को स्तरोन्नति भएको छ। सियारी वडा नम्बर ५ मा रहेको यो रिसोर्ट अब 'लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा' ब्रान्डमा सञ्चालन हुनेछ। लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा पाँचतारे होटल भएको सञ्चालकहरूले बताएका छन्। होटलका अनुसार काठमाडौं उपत्यका...

राजीनामा दिएपछि कुलमानले भने– उज्यालो नेपाल बनाउन सशक्त राजनीतिक यात्रामा होमिन्छु

९ घण्टा अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारीबाट बुधबार राजीनामा दिएका कुलमान घिसिङले अब 'उज्यालो नेपाल बनाउन राजनीतिक यात्रामा होमिने' बताएका छन्। 'म पदबाट बाहिरिएको छु तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन,' बुधबार राति ९ बजे ऊर्जा मन्त्रालयमा आयोजित...

यस्तो छ एनसेलले सरकारलाई गरेको अनुरोध र प्रतिबद्धता

९ घण्टा अघि   सेतोपाटी

दुरसञ्चार कम्पनी एनसेलले बुधबार सरकारलाई पत्र पठाएको छ। बुधबार बिहान ११ बजे एनसेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई आफ्ना अनुरोध र प्रतिबद्धता उल्लिखित पत्र बुझाएको हो। पत्रमा एनसेलले नेपाल दुरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका लागि तोकेका सर्तहरू र दुरसञ्चार नियमावली, २०५४ मा गरिएको संशोधन समेत पुनरवलोकन...

कुलमानले भने- रास्वपासँगको सहमति हालसम्म कार्यान्वयनमा आएको छैन

९ घण्टा अघि   सेतोपाटी

दस दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिने सहमति गरेका कुलमान घिसिङले उक्त सहमति औपरचारिक रूपमा कार्यान्वयनमा नआएको बताएका छन्। बुधबार मन्त्री पदबाट राजीनामा घोषणा गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। 'उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको...

कांग्रेस नेता सुनिल शर्मालाई प्रश्न– तपाईं पनि महामन्त्रीहरूकै लाइनमा हो?

१० घण्टा अघि   सेतोपाटी

विघटित प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मा नेपाली कांग्रेसभित्र शेखर कोइराला निकट मानिन्छन्। यद्यपि पछिल्लो समय कोइरालासँग उनको दुरी बढेको अनुमान भइरहेको छ। मोरङकै नेता शर्माले आफू र कोइरालाको विचार मिल्ने बताइरहेका बेला उनले बुधबार चन्द्र भण्डारीसँगै महामन्त्री गगन थापासँग भेट गरे।...

३ वटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले दिए राजीनामा

१० घण्टा अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। बुधबार बेलुकी ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।  उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास...

साँखु बस दुर्घटनामा ४ जनाको मृत्यु

१० घण्टा अघि   सेतोपाटी

काठमाडौंको साँखुमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर शंखरापुर नगरपालिका–३ लप्सीफेदी जंगलमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। ज्यान गुमाउनेमध्ये तीन जना महिला र...

मन्त्री पदबाट राजीनामा दिँदै कुलमान घिसिङ, आजै पत्रकार सम्मेलन

११ घण्टा अघि   सेतोपाटी

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिने भएका छन्। यसका लागि उनले अहिले ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए। केही समययता आफ्नै संरक्षकत्वमा...

पल्सर स्पोर्ट्स अवार्ड : पलेशासहित दीपेन्द्र र एरिका उत्कृष्ट, ११ विधामा क-कसले जिते अवार्ड?

११ घण्टा अघि   सेतोपाटी

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेश गोबर्धनलाई वर्षको ट्रेलब्लेज़र खेलाडी (मार्गदर्शक) घोषित गरिएको छ। पेरिस पारा ओलम्पिकमा कास्य विजेता पलेशालाई पोखरामा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो।  यस्तै क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले वर्षको उत्कृष्ट पुरुष खेलाडी...

एमालेले चितवन–३ मा शंकर थपलियालाई गर्‍यो सर्वसम्मतिले सिफारिस

११ घण्टा अघि   सेतोपाटी

चितवन–३ मा नेकपा एमालेले शंकर थपलियालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। बुधबार क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने चुनावका लागि थपलियालाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो। भरतपुर महानगरपालिका–२२ निवासी थपलिया हाल एमाले महानगर कमिटीका अध्यक्ष छन्।...

कञ्चनपुर–२ मा रास्वपाबाट दीपक बोहरा उम्मेदवार बन्दै

११ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट दीपक बोहरालाई उम्मेदवारका रूपमा अघि सारेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले सर्वसम्मत रूपमा आफूलाई उम्मेदवार सिफारिस गरेको भन्दै बोहराले आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बोहराले...

इन्द्र अधिकारी भन्छिन्- विशेष महाधिवेशनको पक्षमा भोलि-पर्सि अझ धेरै जना आउँछन्

१२ घण्टा अघि   सेतोपाटी

राजनीतिशास्त्री इन्द्र अधिकारीले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई समय-सान्दर्भिक बनाउन सुझाव दिएकी छन्। बुधबार काठमाडौंको एक होटलमा कांग्रेस महामन्त्री गगन थापा लगायत विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग सुझाव लिने क्रममा राजनीतिशास्त्री अधिकारीले भनिन्, 'पार्टीको विधानले नै विशेष महाधिवेशन गर्ने अनुमति दिएको छ...

लिङ्देन-ओलीबीच भेटवार्ता

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष लिङ्देन उनको निवास भक्तपुरको गुण्डु पुगेका हुन्। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार दुवै अध्यक्षबीच आज भेटवार्ता भएको हो। राप्रपाले पृथ्वी जयन्तीका अवसरमा...

'एक्लो-१' मा दुई परिवर्तन, नेपाली सबटाइटल र डबिङ थपियो

१२ घण्टा अघि   सेतोपाटी

पुस १७ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'एक्लो-१' बिहीबारदेखि दोस्रो सातामा प्रवेश गर्दैछ। वैज्ञानिक कल्पनामा आधारित फिल्मले व्यापार भने अपेक्षित गर्न सकिरहेको छैन।  यो फिल्ममा आधाभन्दा बढी संवाद अंग्रेजी भाषामा रहेकाले दर्शकले भाषा नबुझेको गुनासो गरेका थिए। सोही कारण अहिले यो फिल्ममा...

राष्ट्रियसभा निर्वाचन- १८ पदका लागि ४४ जना उम्मेदवार

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।  आउँदो फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सांसदको पद रिक्त हुँदैछ। राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि...

दाङमा उम्मेदवारी दर्तापछि के भनिन् रामकुमारी झाक्रीले? (भिडिओ)

१२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले राष्ट्रिय सभालाई नयाँ अभ्यासको थलोको रूपमा विकास गर्ने इच्छा रहेको बताएकी छन्।  बुधबार दाङको घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले तोकेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै  झाक्रीले राजनीतिक विवाद मुखरित हुने ठाउँलाई नयाँ ढंगले सांस्कृतिक रूपमा उन्नत...

हर्क साम्पाङले गरे सुनसरी-१ बाट चुनाव लड्ने घोषणा

१२ घण्टा अघि   सेतोपाटी

धरानका मेयर हर्क साम्पाङले फागुन २१ को चुनावमा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल 'एक्स' बाट यस्तो घोषणा गरेका हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले...

पिकनिक गएर फर्कँदै गरेको बस साँखुमा दुर्घटना

१३ घण्टा अघि   सेतोपाटी

साँखु क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका...