पशुपति क्षेत्रमा सहयोगको आवश्यकता भएकाहरूको उद्धार, राखियो होल्डिङ सेन्टरमा
काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रबाट सहयोगको आवश्यकता भएकाहरूको उद्धार गरेको छ। मंगलबार काठमाडौं-४ तिलगंगामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो। ३६ जनालाई पशुपति क्षेत्रबाट उद्धार गरी उनीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टरमा लगिएको महानगरले जनाएको छ। त्यसमध्ये ६ जना सेन्टरको पर्खाल नाघेर भागेका थिए। महानगर,...
