सेयर बजारमा सबभन्दा पहिले बढ्छ जलविद्युत क्षेत्र, किन?
पछिल्लो केही सातादेखि सेयर बजारमा एउटा अलग्गै प्रवृत्ति देखिइरहेको छ। बजारको गिरावट सकिएर बढ्न थाल्दा सबभन्दा पहिले जलविद्युत क्षेत्रमा सुधार देखिन थाल्छ। तीन वटा उदाहरण हेरौं। २०८२ चैतका अन्तिम दुई दिन लगातार घटेको नेप्से परिसूचक वैशाख २ गते एकै दिन...
