इभी चार्जिङमा बिवाइडीको ठूलो सफलता, ५ मिनेट चार्जमा ५०० किलोमिटरसम्म यात्रा
विद्युतीय गाडी (इभी) प्रयोग बढ्दै जाँदा एउटा प्रश्न सधैं आउँछ — चार्ज गर्न कति समय लाग्छ? यही प्रश्न मध्यनजर गरेर छोटो समयमै चार्ज हुने प्रविधि बनाउन अहिले कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा छ। अहिले अधिकांश साना विद्युतीय गाडीमा औसत ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने प्रविधि छ। तर चिनियाँ...
