ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

डोजर चलाइ सुकुम्बासी बनाउन र गाँसबास खोस्न खोजिएको भन्दै जेनजी फ्रन्टले जनायो आपत्ति

१७ मिनेट अघि   सेतोपाटी

पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा ’अनधिकृत संरचना’ खाली गराउने नाममा नागरिकको आवास र अपाङ्गता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएको भन्दै जेनजी फ्रन्टले आपत्ति जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै फ्रन्टले जुनसुकै बहानामा पनि नागरिकको...

आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या

२६ मिनेट अघि   सेतोपाटी

अमेरिकामा एक पुरूषले आफ्नै ७ सन्तानसहित ८ जना बालबालिकाको हत्या गरेका छन्। आइतबार लुइजियाना राज्यको श्रेभपोर्ट सहरमा एक पुरूषले आफ्नै सन्तानसहित ८ बालबालिकालाई गोली हानेर हत्या गरेका हुन्। हत्या गरिएका बालबालिकाहरू एक वर्षदेखि १४ वर्ष उमेरका रहेको अन्तर्राष्ट्रिय समाचार संस्था...

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम– प्रदीप ज्ञवाली

४७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत् यसलाई प्राज्ञिक स्वायत्तता माथिको हस्तक्षेप भएको बताएका छन् ।  ज्ञवालीले पञ्चायतकालमा समेत...

कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुँदै, सेयर लगानीकर्ताले के के बुझ्नुपर्छ?

५२ मिनेट अघि   सेतोपाटी

अहिले सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरण प्रकाशित हुन थालेको छ। सूचीकृत कम्पनीहरूले तीन–तीन महिनामा यसरी वित्तीय विवरण सार्वजनिक गर्छन्। यस्ता वित्तीय विवरणबाट नै सेयर लगानीकर्ताले आफ्नो लगानी भएका कम्पनीहरूको जानकारी प्राप्त गर्छन्। यसैको आधारमा पनि लगानीकर्ताहरूले कुन कम्पनीको कार्यसम्पादन...

पेस्तोलसहित युवक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

कपिलवस्तुमा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमी नगरपालिका – ९ इमिलियाका ३४ वर्षीय श्याम भनिने सुरज कुँवर पक्राउ परेका हुन्। उनको साथबाट मेड इन् चाइना लेखिएको पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए। वैशाख ५...

डुंगा पल्टिँदा कर्णालीमा बेपत्ता बाबु–छोराको शव फेला

१ घण्टा अघि   सेतोपाटी

डुंगा पल्टिदा कर्णाली नदीमा बेपत्ता बाबु छोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानमा डुंगा पल्टिदा तुर्माखाँद –३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा बिहीबार बेलुकादेखि बेपत्ता थिए। खोजीका क्रममा  छोराको शब शनिबार...

प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि...

१५/१५ दिनमा क-कसले पाउँछन् तलब?

१ घण्टा अघि   सेतोपाटी

सरकारले पछिल्लो समय निजामती कर्मचारी र राष्ट्रसेवकहरूको मनोबल बढाउन दुइटा निर्णय गरेको छ। पहिलो, हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने‍। गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। यो कार्यान्वयन भएको दुई साता भइसकेको...

हर्मुज नजिकैबाट अमेरिकाले कब्जा गर्‍यो इरानी पानीजहाज

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेको छ। इरानमाथिको नाकाबन्दी कडा बनाउन खटिएको अमेरिकी सेनाले आइतबार पानीजहाज कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी तोड्न खोजेको जहाजलाई नियन्त्रणमा लिइएको बताएका छन्।...

यी ९ विषयमा छलफल गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ।  रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। केन्द्रीय समितिका ९ कार्यसूची तय गरिएको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिको एजेण्डा तय गरेको हो।...

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ताका लागि आफ्नो टोली सोमबार बेलुकी इस्लामावाद पुग्ने घोषणा गरेका छन्। आइतबार आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समा पोस्ट लेखेर ट्रम्पले दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार साँझसम्म इस्लामावाद पुग्ने बताएका हुन्। 'मेरा...

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी  स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा...

अमेरिकी डलरको भाउ स्थिर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको खरिदबिक्रीदर स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ। आइतबार पनि खरिदबिक्रीदर सोही...

तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो

३ घण्टा अघि   सेतोपाटी

नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ। तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा...

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

३ घण्टा अघि   सेतोपाटी

सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो। आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको...

हरियालीको बीचमा 'चेलीको चिया'

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको चहलपहलबाट अलिकति मात्र टाढा — ललितपुर, भैंसेपाटीको सिर्जनानगरको छेउ, हरियालीले ढाकिएको एउटा शान्त कुना छ। त्यहाँ पुग्ने बित्तिकै फरक अनुभूति हुन्छ।  हरियाली, हावामा मिसिएको माटोको गन्ध, थरीथरी फूलको नर्सरी अनि शान्त वातावरण — यी सबैबीच उभिएकी छिन् चेली गुरूङ। उनी व्यवसायी हुन्। यसभन्दा बढी प्रकृति, संस्कृति र...

जेनजी आन्दोलनपछि मन्त्री बन्नु अघिसम्म सुधन गुरूङले किनेका थिए ५० लाख बढीको सेयर

९ घण्टा अघि   सेतोपाटी

सुधन गुरूङले जेनजी आन्दोलनपछि आफू गृहमन्त्री बन्नुभन्दा पाँच दिन अघिसम्म करिब ५० दिनभित्र धितोपत्र बजारमा ५० लाख रूपैयाँभन्दा बढीको सेयर किनेको विवरण फेला परेको छ। सेतोपाटीलाई प्राप्त विवरण अनुसार गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म ५३ लाख ३५...

म्यानचेस्टर सिटीको महत्त्वपूर्ण जितसँगै शीर्ष स्थानको आर्सनललाई यसै साता पछि पार्न सक्ने

१० घण्टा अघि   सेतोपाटी

इतिहास रंगशालामा भएको एक रोमान्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै प्रिमियर लिगको उपाधि होड झन् रोचक बनाएको छ। दोस्रो हाफमा अर्लिङ हालान्डले गरेको निर्णायक गोलको मद्दतले सिटीले आर्सनलसँगको अंक दुरी मात्र ३ मा झारेको छ, जबकी सिटीले अझै...

युएईका ५ क्रिकेटरलाई अंगिकृत नागरिकता, ४ भारत र १ पाकिस्तानबाट खेलेका क्रिकेटर टी-२० सिरिजका लागि नेपालमा

१० घण्टा अघि   सेतोपाटी

युएईले पाँच जना क्रिकेटरलाई अंगिकृत नागरिकता प्रदान गरेको छ।  खुजैमा तन्वीर, अजय कुमार, अक्षदीप नाथ, हरप्रीत भाटिया र अदीब उस्मानी अंगिकृत प्रक्रियामार्फत युएईको नागरिकता पाउने पहिलो क्रिकेटर बनेका छन्।  यी खेलाडीहरू हाल दुईवटा टी-२० आई र एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि...

अब तलब १५ दिनमै आउने!

११ घण्टा अघि   सेतोपाटी

सरकारले तलब भुक्तानी प्रक्रियामा नयाँ अभ्यास सुरू गरेको छ। शुक्रबार अर्थमन्त्री स्तरीय निर्णयबाट नयाँ अभ्यास प्रारम्भ हुने भएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। यसअघि हरेक महिना तलब भुक्तानी हुने गरेकामा अब १५ दिनमा एक पटक तलब दिने व्यवस्था मिलाइने भएको...

१०० रूपैयाँभन्दा बढीका सामानमा कर, कांग्रेसले उठायो प्रश्न

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रबाट एक सय रूपैयाँभन्दा बढीका घरायसी तथा व्यक्तिगत प्रयोगका सामानमा अनिवार्य भन्सार शुल्क लिने सरकारी निर्णयप्रति गम्भीर असहमति जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालीसेले आइतबार जारी गरेको प्रेस नोटमा यस्तो निर्णय जनविरोधी, अव्यावहारिक र असंवेदनशील भएको उल्लेख छ। कांग्रेसले...

केकेआरविरुद्ध राजस्थानले किन त्यति धेरै स्पिन बलिङ गरायो?

११ घण्टा अघि   सेतोपाटी

१५५ रनको लक्ष्य रक्षा गर्ने क्रममा रियान पराग र राजस्थान रोयल्ससँग गल्ती गर्ने कुनै ठाउँ थिएन। खेल अन्तिम ओभरसम्म पुग्यो, जहाँ रिङ्कु सिंहले छक्का प्रहार गर्दै कोलकाता नाइट राइडर्सलाई सिजनको पहिलो जित दिलाए। खेलपछिको परागलाई बलिङ परिवर्तनबारे सोधिएको थियो। विशेष...

आइसिसी महिला च्यालेन्ज ट्रफीमा नेपालले हरायो इटालीलाई

११ घण्टा अघि   सेतोपाटी

रवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । रवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको ११३ रनको...

नोबेल विराट गोल्डकपको उपाधि झापा ११ लाई

११ घण्टा अघि   सेतोपाटी

विराटनगरमा सम्पन्न ३८औं संस्करणको 'नोबेल विराट गोल्डकप' को उपाधि झापा ११ ले उचालेको छ।  आइतबार राति सहिद रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै झापाले दोस्रो पटक ट्रफी हात पारेको हो।  उपाधिसँगै झापाले ११...