आमसञ्चारसहित ३ वटा विधेयक पारित गर्दै सकियो कोशी प्रदेशको हिउँदे अधिवेशन
कोशी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १८३ को उपधारा २ अनुसार सोमबार राति १२ बजेदेखि आठौं अधिवेशन अन्त्य गरेका हुन्। हिउँदे अधिवेशन माघ २५ गते सुरू भएको थियो। सोमबार...
