निफ २०८२: अन्तर्राष्ट्रियतर्फ 'राजागंज', राष्ट्रियतर्फ 'गुन्यू चोलो' उत्कृष्ट
नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित 'राजागंज' (पूजा सर) ले जितेको छ। काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सोमबार आयोजित समापन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा उक्त अवार्ड...
