ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रविको सम्पत्ति शुद्धीकरण रिट संशोधन मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

८ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरूद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ। आइतबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको प्रवक्ता...

संसद सचिवालयले सांसदहरूलाई भन्यो- सम्पत्ति विवरण बुझाउनु

८ मिनेट अघि   सेतोपाटी

संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।  भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूलाई शपथको मितिदेखि ६० दिन भित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सचिवालयले सूचना प्रकाशित गरेको हो। भ्रष्टाचार निवारण ऐनको दफा ५० ले...

अस्पतालको त्यो अविस्मरणीय बसाइ!

९ मिनेट अघि   सेतोपाटी

जीवनको यात्रामा कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन्, जसले मानिसलाई गहिरो रूपमा परिवर्तन गरिदिन्छ। ती क्षणहरू समयसँगै बिते पनि सम्झनाबाट कहिल्यै मेटिँदैनन्। मेरो जीवनमा पनि एउटा यस्तो अनुभव छ— अस्पतालमा बिताएको त्यो अविस्मरणीय बसाइ। एक दिन अचानक मेरो स्वास्थ्य बिग्रियो। सुरुमा सामान्य...

श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ

१६ मिनेट अघि   सेतोपाटी

पर्सामा श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ परेका छन्। पर्सागढी नगरपालिका-३ विरुवा टोल बस्ने ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी २५ वर्षीया श्रीमती हरिकला देवी सहनीको खुट्टा काटेको आरोप छ। उक्त आरोपमा शनिबार प्रहरीले सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप (तस्बिरहरू)

१७ मिनेट अघि   सेतोपाटी

बबरमहलमा प्रहरी र प्रदर्शनरत नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष  केपी शर्मा ओली पक्राउपछि शनिबारदेखि काठमाडौं लगायत विभिन्न क्षेत्रमा एमाले कार्यकर्ताहरू सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन्। शनिबार बबरमहलमा प्रदर्शनरत भिड अनियन्त्रित हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको...

भुइँमान्छे र उसको खुट्टा!

२४ मिनेट अघि   सेतोपाटी

भुइँ खुट्टाको मान्छे आकाश हेर्छ तर उड्ने सपना देख्दैन। उसले पहिला माटो चिन्छ उसको पाइलाले धूलोसँग साइनो गाँसेको छ उसको हातले घामसँग मेलमिलाप गरेको छ। ऊ जान्दछ, बाली उम्रिन पहिले बीउ माटोमै गाडिनुपर्छ, रुख ठाडो भएर उभिन जरा गहिरो हुनै...

ओली-लेखक पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, भोलि सुनुवाइ

३९ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। आइतबार दिउँसो सर्वोच्चमा दुवै जनाको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका...

गृहमन्त्रीले भने- मनसुन सुरू हुनुअघि विपद् व्यवस्थापन तयारी गर्नुपर्छ

४९ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले मनसुन सुरू हुनुअघि नै विपद् व्यवस्थापन तयारी सुरू गर्नुपर्ने बताएका छन्। आज राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टसँग कुराकानी गर्दै उनले मनसुन अगाडि नै विपद् व्यवस्थापनमा तयारी रहन आग्रह गरेका हुन्। कार्यकारी प्रमुख  दिनेश भट्टले...

कांग्रेसमा नयाँ व्यवस्था- समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था विधानमै समावेश गरेकोबारे जानकारी गराएको छ। नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले विभिन्न अवस्थाहरूमा जुनसुकै बेला समानुपातिक सांसदलाई फिर्ता...

'धुरन्धर २' बन्यो धेरै कमाउने छैटौं भारतीय फिल्म

१ घण्टा अघि   सेतोपाटी

भारतीय फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) ले विश्वव्यापी बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ।  रणवीर सिंह अभिनीत फिल्म विश्वव्यापी बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा छैटौं नम्बरमा आइपुगेको हो।  आदित्य धर निर्देशित फिल्मको विश्वव्यापी कुल कमाइ...

ओली, प्रचण्ड र देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे के भन्छ विभाग?

१ घण्टा अघि   सेतोपाटी

सम्पत्ति शुद्धीकरण विभागले तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' माथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू गरेको विषयले आइतबार व्यापक चर्चा पाइरहेको छ। आइतबार बिहानै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सम्पत्ति शुद्धीकरण कसुरमै अनुसन्धान गर्न पूर्व...

फेसबुकको प्रेम!

१ घण्टा अघि   सेतोपाटी

बिहानको ८:३५ बजेको थियो। विमलले आफ्नो पुरानो ल्यापटप ब्याग सम्हाल्दै ऐनामा हेर्यो। सेतो कपाल, चाउरिएको अनुहार तर आँखामा अझै त्यही अनुशासनको चमक। लगातार ३७ वर्ष, कहिल्यै बिदा नलिई, कहिल्यै ढिलो नगरी, यो उसको जीवनको एक मात्र सफलता थियो।  आज सैँतिस...

उच्च अंकले घट्यो नेप्से, १५ अर्ब बढीको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।  बिहीबार १३ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब ३ करोड रूपैयाँ पुगेको...

परीक्षा दिन गएका २ जना विद्यार्थीको नारायणीमा डुबेर मृत्यु

१ घण्टा अघि   सेतोपाटी

भरतपुरको बाह्रघरेस्थित मुनलाइट इङलिस स्कुलका दुई विद्यार्थीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। परीक्षा दिन विद्यालय गएका प्रशान्त क्षेत्री र सनम रम्तेलको नारायणी नदीको घोलमा पौडी खेल्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार कक्षा...

ओली पत्नी राधिकाले सर्वोच्चमा पेस गरिन् बन्दी प्रत्यक्षीकरणको रिट

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्। सर्वोच्चमा आइतबार शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी हुन्। ‘राधिका शाक्यको तर्फबाट रिट पेस भएको छ। अध्ययनको क्रममा छ,’ सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले भने।...

रविको सम्पत्ति शुद्धीकरण मुद्दाको जानकारी संसदमा पठाउन सरकारी वकिल अलमलमा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको जानकारी संसदमा पठाउने कि नपठाउने सरकारी वकिल अलमलमा परेकी छिन्। सभापति लामिछानेविरूद्ध अदालतमा विचाराधीन मुद्दाका बारेमा संसदलाई जानकारी दिने कि नदिने भनेर आफू अहिलेसम्म कुनै निर्णयमा नपुगेको जिल्ला...

ओली पक्राउको विरोधमा एमाले नेताहरूले बुझाए ज्ञापन पत्र

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको बिरोधमा आइबार सो पार्टीका नेताहरुले विभिन्न जिल्लामा ज्ञापन पत्र बुझाएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको रिहाइको माग गर्दै एमालेका नेता कार्यकर्ताले स्थानीय जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उनीहरुले...

ओली र लेखकलाई १० दिन थुनामा राख्न दिने कि नदिनेबारे सकियो बहस, केही बेरमै निर्णय आउँदै

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गर्दै दिइएको निवेदनमा बहस सकिएको छ। उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको...

'पाँच पाण्डव' मा थपिए प्रशान्त ताम्राकार र इभा गिरी

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'पाँच पाण्डव' को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ। ठूलो लगानी र नाम चलेका कलाकारहरूको उपस्थितिका कारण यो फिल्म निर्माण घोषणादेखि चर्चामा छ। यसैबीच छायांकन सुरू भएको दुई सातापछि फिल्ममा दुई कलाकारहरू जोडिएका छन्। फिल्ममा भर्सटायल अभिनेता...

प्रचण्ड बने नेकपा संसदीय दल नेता

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दल नेता चयन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहेका प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो। सांसद युवराज दुलालले संयोजक प्रचण्डलाई सर्वसम्मत...

ओलीका वकिलले इजलासमा भने- प्रमाणित हुने कुरा होइन, म्याद थप्नु पर्दैन

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलनका क्रममा हेलचक्र्याइँ गरेर ४६ जनाको ज्यान लिएको आरोपमा शनिबार गरिएको पक्राउ गैरकानुनी भन्दै उनका वकिलहरूले बहस गरेका छन्।  बालेन नेतृत्वको सरकारले जेनजी आन्दोलनका क्रममा गोली लागेर मानिसहरूको ज्यान गएको घटनामा छानबिनन गर्न बनेको...

दुःख-सुखमा बुनिएको ग्रामीण प्रेमकथा (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

आगामी बैशाख ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'परालको आगो' को दोस्रो गीत 'दुःख सुख जिन्दगानी' सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउँदै उक्त गीत सार्वजनिक गरेको हो।  लोकलयमा आधारित गीतले प्रेमको भाव बोकेको छ। यसको भिडिओमा ग्रामीण परिवेशका युवायुवतीको...

ओली पक्राउको विरोधमा आज पनि काठमाडौंमा एमालेको प्रदर्शन (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले कार्यकर्ताहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। आज दिउँसो माइतीघर मण्डलदेखि बबरमहलसम्म एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।  सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन...

ओली र लेखकलाई १० दिन थुनामा राख्न माग, बहस जारी

४ घण्टा अघि   सेतोपाटी

भदौ २२ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ। उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। न्यायाधीश आनन्द...