ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा दावा लामाको उम्मेदवारी स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश

१ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारीलाई पाटन उच्च अदालतले अहिलेलाई रोक्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दिपक खतिवडाले दायर गरेको रिट निवेदनको प्रारम्भिक...

'विचित्रको लोकतन्त्र, गजबको निर्वाचन' का विशेषताहरू

६ मिनेट अघि   सेतोपाटी

यसपालि प्रतिनिधिसभा निर्वाचनको अघिल्लो साता सांग्रिलाबाट प्रकाशित निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 'विचित्रको लोकतन्त्र, गजबको निर्वाचन' मेरो हात पर्‍यो। मैले पाण्डुलिपि पनि हेर्ने मौका पाएकाले किताब लगभग एकै बसाइ, अर्थात् बिहानदेखि साँझसम्म लगातार पढेर सकेँ। किताब समीक्षा मेरो...

पाथीभरामा पाँचौं पटक हिमपात

१२ मिनेट अघि   सेतोपाटी

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको...

वर्षाका कारण सडक चिप्लो हुँदा बुटवल दाउन्ने र बुटवल-पाल्पा खण्ड अवरूद्ध

१७ मिनेट अघि   सेतोपाटी

शुक्रबार दिउँसोदेखि भएको वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-दाउन्ने खण्ड अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने खण्डमा चिप्लो भएपछि सडक पुर्ण रुपमा बन्द भएको हो। वर्षासँगै सडक हिलाम्य भएपछि...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध

५८ मिनेट अघि   सेतोपाटी

रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम...

काठमाडौंमा यसरी मनाइयो इद उल फित्र (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

अरबी पात्रोको (इद उल फित्र) पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्। हजारी पात्रो अनुसार नवौं महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज अदा गरी, ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ। विशेष...

ट्रक दुर्घटनामा चालकसहित ४ जना घाइते

१ घण्टा अघि   सेतोपाटी

जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।   नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८  झ्याउलेक मोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते हुनेमा...

बिपी राजमार्गमा अवरूद्ध, सवारीसाधन ‘होल्ड’

२ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ। उक्त क्षेत्रमा गत वर्ष बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो। आज बिहान साढे ३  बजे रोशी गाउँपालिकाको चारसयबेँसी,...

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

२ घण्टा अघि   सेतोपाटी

जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन्...

चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक...

गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवस मनाइँदै

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।  चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उनले नेपालमा  तत्कालीन माओवादीको 'जनयुद्ध'  अन्त्य गरी शान्ति स्थापनाका लागि...

ढोरपाटनमा भारी हिमपात

३ घण्टा अघि   सेतोपाटी

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर...

अमेरिकी डलरको मूल्य घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा र...

आज ईद उल फित्र पर्व मनाइँदै

४ घण्टा अघि   सेतोपाटी

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन्। आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद...

यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा...

ठूलो आन्द्राको क्यान्सर हुने तीन कारण (भिडिओ)

४ घण्टा अघि   सेतोपाटी

ठूलो आन्द्राको क्यान्सर तीन कारणले हुन्छ। पहिलो भनेको कुनै पनि मानिसको जीवनमा कुनै पनि कारणले हुन सक्छ। अर्को भनेको पारिवारिक रूपमा आएको हुन्छ। जस्तो कुनै व्यक्तिको परिवारमा कसैलाई ठूलो आन्द्राको क्यान्सर भयो भने अर्को व्यक्तिलाई पनि हुन सक्छ। तेस्रो भनेको...

चट्याङ लागेर तीन जना घाइते

१४ घण्टा अघि   सेतोपाटी

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्। गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरू...

‘राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी’ सुरू

१५ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा प्रथम  ‘राष्ट्रिय अनुसन्धानात्मक गोष्ठी’ को शुक्रबारदेखि सुरू भएको छ।  शनिबारसम्म चल्ने गोष्ठीमा नेपालका साथै भारत र अमेरिकाका शिक्षाविद् तथा प्राध्यापकहरूको सहभागिता छ।  कार्यक्रमलाई सम्बोधन गर्दै भारतका प्राफेसर डा. सुशान्त चौधरीले विज्ञान र दर्शनको समिश्रणबाट शिक्षाको उन्नयनका...

लिजको नाममा अस्तव्यस्त भए वीरगन्जका सार्वजनिक सम्पत्ति

१६ घण्टा अघि   सेतोपाटी

राजा वीरेन्द्रले २०५६ पुस १३ मा वीरगन्जको घडीअर्वा पोखरी उद्घाटन गरेका थिए। त्यति बेला बजारको माझमा म्युजिकल फाउन्टेनसहितको भव्य घडीअर्वा पोखरी परिसर वीरगन्ज सहरको गौरव मानिएको थियो। महोत्तरीको औरहीका अनिल दाहाल त्यस बेला वीरगन्जमै थिए। 'संगीतको तालमा पानी नाच्थ्यो, त्यस...

बोसको श्रीमतीसँग प्रेममा परेपछि, हेर्नुस् युट्युबमा

१६ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा यो मुम्बई अन्डरवर्ल्डको दुनियाँ हो। अब्बाजी यो दुनियाँका बादशाह हुन् भने मकबूल उनका मुख्य मान्छे। अब्बाजीप्रति इमानदार हुँदाहुँदै पनि मकबूल र अब्बाजीकी पत्नी निम्मी (तब्बू) प्रेममा परेका छन्। मकबूलको स्वभावदेखि वरपरकालाई उनी अब्बाजीलाई मारेर डन बन्छन् कि...

बर्खामास बिर्साउने गरी पर्‍यो पानी, कहिलेसम्म पर्छ?

१७ घण्टा अघि   सेतोपाटी

बर्खामास बिर्साउने गरी काठमाडौंमा झमझम झरी परिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टा (साँझ ५ः४५ बजे) मा काठमाडौंको बबरमहल केन्द्रमा २०.४ मिलिमिटर परेको छ। त्यस्तै अपराह्न ५ः३० बजे लमजुङको बेसीसहरमा २५.२ मिलिमिटर परेको...

बैंकमा ९ सय अर्ब छ, सरकारले कता परिचालन गर्ने सोचेर वातावरण बनाउनुपर्छ: गभर्नर

१७ घण्टा अघि   सेतोपाटी

अहिले बैंकहरूमा भएको नौ सय अर्ब रूपैयाँ त्यसै थन्किएको र यसलाई कुन क्षेत्रमा परिचालन गर्ने सरकारले सोच्नुपर्ने गभर्नर विश्वनाथ पौडेलले बताएका छन्।  नेपाल राष्ट्र बैंकले आर्थिक पत्रकारहरूका लागि आयोजना गरेको कार्यक्रममा गभर्नर पौडेलले यस्तो बताएका हुन्।  'अहिले बैंकहरूले राष्ट्र बैंकमा ९...

'सक्किगोनि' अब आउँदैन? जिग्री-पाँडेबाहेकका कलाकारले गरे 'विजोग रमाइलो' घोषणा

१७ घण्टा अघि   सेतोपाटी

चर्चित हास्य सिरियल 'सक्किगोनि' को प्रसारण रोकिएको एक वर्षभन्दा बढी भइसकेको छ। यो सिरियल पुनः प्रसारणमा आउने/नआउनेबारे आधिकारिक घोषणा भने अझै गरिएको छैन। यसैबीच 'सक्किगोनि' का चर्चित कलाकारहरूले नयाँ सिरियल ल्याउने घोषणा गरेका छन्। कलाकारहरूले 'विजोग रमाइलो' शीर्षकमा सिरियल दर्शकमाझ ल्याउने तयारी...

कांग्रेस केन्द्रीय समिति बैठक पर्सी बस्ने गरी स्थगित

१७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पर्सी बस्ने गरी स्थगित भएको छ। आज केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बसेको थियो। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आइतबार बिहान ८ बजे बस्ने गरी केन्द्रीय समिति बैठक स्थगित भएको छ। आजको बैठकमा उपसभापति...