ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सभापति थापाले कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत गरे १५ औं महाधिवेशन कार्यतालिका

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका प्रस्ताव गरेका छन्। चैतबाट महाधिवेशन प्रक्रिया सुरू गरी भदौ मसान्तमा सक्ने प्रस्ताव छ। कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशन गरेको एक वर्षभित्र नियमित...

को बन्दै छन् सभामुख, चर्चामा ५ नाम

२४ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण तयारी अघि बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसलाई सभामुख बनाउला भन्ने चासो बढेको छ। नयाँ सभामुखका लागि रास्वपाभित्र अहिले पाँच जनाको नाम चर्चामा रहेको एक नेताले जानकारी दिए। संविधानले संसद बैठक सञ्चालन, बैठकको कार्यसूची निर्धारण,...

संविधान संशोधनका लागि कांग्रेसले विज्ञसहित समिति गठन गर्ने

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले संविधान संशोधनका लागि विज्ञसहितको समिति गठन गर्ने भएको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति गगन थापाले संविधान संशोधन तथा परिमार्जन गर्न विज्ञसहित एक समिति गठनको प्रस्ताव गरेका हुन्। पार्टीभित्र छलफल गरी एक नेताको नेतृत्वमा विज्ञसहित...

दसैं रिलिज लक्ष्यसहित 'आबाट आमा २' सुरू, विपना-पल अनुबन्धित

४० मिनेट अघि   सेतोपाटी

फिल्म 'आबाट आमा २' को मुख्य कलाकारमा अभिनेत्री विपना थापा र अभिनेता पल शाह अनुबन्धित भएका छन्।  सोमबार निर्देशक चन्द्र पन्तले दुवै कलाकारलाई फिल्ममा अनुबन्ध गरेको जानकारी दिएका हुन्।  हालै प्रदर्शनको ५१ दिन मनाएको फिल्म 'आबाट आमा' मा विपना थापा आमाको...

गगन थापाले दिए रास्वपालाई बधाई

५३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन्। फागुन २१ को निर्वाचनबाट सुविधाजनक बहुमत प्राप्त गरेको भन्दै सभापति थापाले रास्वपा र रास्वपा नेतृत्वलाई बधाई दिएका हुन्। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति थापाले रास्वपालाई बधाई...

केन्द्रीय समिति बैठकमा बोल्दै सभापति गगन थापा (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छ। आज साेनपास्थित कार्यालयमा बसेको बैठकमा सभापति गगन थापाले बोलेका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भएको पराजय र १५ औं महाधिवेशन तयारीलगायत विषयमा सभापति थापाले धारणा राख्न लागेका हुन्। कांग्रेसले प्रतिनिधि सभा...

चार ब्याटरले अर्धशतक प्रहार गरेपछि पुलिसको कीर्तिमानी स्कोर

१ घण्टा अघि   सेतोपाटी

प्रधामन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कीर्तिमान योगफल तयार गरेको छ। मंगलबार माथिल्लो मुलपानी मैदानमा पुलिसले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक स्कोर बनाउने क्रममा ९ विकेटको क्षतिमा ३५५ रन बनाएको हो। पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबविरूद्ध यो...

सभापति गगन पुगे सानेपा, केन्द्रीय समितिमा बोल्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। आज दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि कार्यालय पुगेका छन्। चुनावी समीक्षा र १५ औं महाधिवेशन कार्यतालिकालगायत विषयमा आज केन्द्रीय...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि नगर्ने? परामर्शमा प्रधानमन्त्री कार्की

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ को जेनजी आन्दोलन र भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत सार्वजनिक तथा निजी संरचना ध्वस्त हुने गरी भएका घटनामाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने/नगर्नेबारे परामर्श गरिरहेकी छन्। उक्त प्रतिवेदन सार्वजनिक...

तुलसी घिमिरेको फिल्म 'पहाड' को पहिलो गीत सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म 'पहाड' को पहिलो गीत 'मोहनी लगाउने' सार्वजनिक गरिएको छ। सोमबार काठमाडौं कमलपोखरीस्थित एक हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा अभिनेता अरूण क्षेत्री र नव-अभिनेत्री पञ्चमी घिमिरेलाई केन्द्रमा राखिएको छ। सार्वजनिक गीतमा निर्देशक तुलसी घिमिरेको शब्द,...

व्यक्तिगत कुण्ठा त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ - नैनसिंह महर

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्। कांग्रेस चितवनद्वारा आयोजित 'भेटघाट तथा विमर्श' कार्यक्रममा बोल्दै उनले कांग्रेसको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई...

खोलानाला सरसफाइ गर्दै काठमाडौं महानगर (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले काठमाडौंका खोलानालाको सरसफाइ अभियान सञ्चालन गरेको छ। वर्षायाम नजिकिँदै गर्दा पानी बस्तीमा पस्नबाट रोक्न र सहरी सुन्दरताको संरक्षण गर्न महानगरले उक्त अभियान सुरू गरेको हो। अभियान अन्तर्गत नदी वरिपरि रोपिएका फूलका बोटबिरूवाको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम भइरहेको...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको तिलोत्तमामा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले मधेस प्रदेश ०३–०२९ प ५०७६ नम्बरको मोटरसाइकललाई तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवामा ठक्कर दिएको थियो।  मंगलबार...

आईपीएल २०२६ : केकेआरले भित्र्यायो 'सप्राइज' बलर सौरभ दुबे

२ घण्टा अघि   सेतोपाटी

कोलकाता नाइट राइडर्स (केकेआर) ले आगामी आईपीएल २०२६ का लागि घाइते आकाश दीपको स्थानमा विदर्भका बायाँ हाते तीव्र गतिका बलर सौरभ दुबेलाई टोलीमा अनुबन्ध गरेको छ। केकेआरका सीईओ भेन्की मैसूरले कोलकातामा भइरहेको अभ्यास खेलका क्रममा यसबारे जानकारी दिएका हुन्। २८...

'धुरन्धर २' हजार करोडतर्फ, उछिन्यो विक्की कौशलको 'छावा' लाई

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको छ।  आदित्य धर निर्देशित स्पाइ-एक्सन थ्रिलर फिल्मले रिलिज भएको ५ दिनमै विश्वव्यापी रूपमा करिब ८५० करोड भारू कमाइ गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। ...

एन्फा पदाधिकारी निर्वाचनका लागि झापातिर, ए डिभिजन क्लब मुख्य गेटको सडकमा रिले अनसनमा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषदले निर्वाचन रोक्न निर्देशन दिनुका बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १३ गते झापामा केन्द्रीय कार्यसमितिको निर्वाचन गर्दैछ।  अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट निर्वाचनको प्रक्रियामा अहिलेसम्म साथ पाएको एन्फाले झापा...

भत्काइयो जेनजी आन्दोलनमा आगजनीमा परेको पूर्वप्रधानमन्त्री देउवा निवास (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काइएको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट र बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो। आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरू हिजोआज धमाधम भत्काइएको छ भने केही संरचना मर्मत गर्न लागेको...

खाडी युद्धको राप नेपालको अर्थतन्त्रमा, ९ थरी उद्योगले घटाए उत्पादन

३ घण्टा अघि   सेतोपाटी

मध्यपूर्वका खाडी मुलुकहरूमा उत्पन्न तनावका कारण नेपाली अर्थतन्त्र प्रत्यक्ष प्रभावित हुन थालेको छ। कच्चापदार्थ पाउन गाह्रो र अत्यधिक मूल्यका कारण धेरै उद्योगहरू आफ्नो उत्पादन घटाउन बाध्य भएका छन्। यही स्थिति कायम रहे नेपालको औद्योगिक उत्पादनदेखि विदेशी मुद्रा सञ्चिति, रोजगार, बजार...

सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ घटेको छ।  गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउ घट्ने क्रमले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार ६ सय रूपैयाँ...

चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसको तयारी, केन्द्रीय समिति बैठकले कार्यतालिका ल्याउने

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशनकेन्द्रित हुन लागेको छ। महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिकाबारे छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए। ...

कालंगा हाइड्रोको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

५ घण्टा अघि   सेतोपाटी

कालंगा हाइड्रो लिमिटेडले आज (मंगलबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रूपैयाँको ३५ प्रतिशत...

पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

६ घण्टा अघि   सेतोपाटी

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।  जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर ...

शिकार खेल्न गएकामध्ये एक जनाको मृत्यु भएको पुष्टि

६ घण्टा अघि   सेतोपाटी

चोरी शिकारीका गर्न गएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।  सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय टोपबहादुर खत्रीको मृत्यु भएको हो। उनको शव बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ झाँक्री खोलास्थित बर्दिया राष्ट्रिय...

९०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

६ घण्टा अघि   सेतोपाटी

डोटीमा गएराति भएको बोलेरो जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।  दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज...