सुनिल पौडेलको सिंगापुरमा रहेको बैंक खाताको विवरण झिकाउन आदेश
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरस्थित बैंकको विवरण झिकाउन आदेश भएको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको पौडेलको बचत तथा मुद्दती खाता सम्बन्धी...
