प्रेमिका वसन्तीका हत्या आरोपी राकेश पुर्पक्षका लागि थुनामा
बाँकेमा प्रेमिकाको हत्या आरोपी युवक पुर्पक्षका लागि थुनामा पठाइएका छन्। माघ १ गते डुडुवा गाउँपालिका–३ वनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको शव सडे गलेको अवस्थामा घर नजिकैको पुरानो र प्रयोगविहीन इनारभित्र फेला परेको थियो। बसन्तीको हत्या सोही गाउँका २५ वर्षीय राकेश...
