काभ्रे २ बाट कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य उम्मेदवार
नेपाली कांग्रेसले काभ्रे २ मा मधु आचार्यलाई उम्मेदवार बनाएको छ। विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य छन्। कांग्रेस संसदीय बोर्डले आज आचार्यलाई टिकट दिएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।
