रिहा भए दुर्गा प्रसाईं
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं सर्वोच्चको आदेशलगत्तै रिहा भएका छन्। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आज उक्त आदेश दिएको थियो।...
