एन्फामा क्लबहरूको प्रदर्शन
काठमाडौँ : शहीद स्मारक लिगका क्लबहरूले बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शन गरेका छन्। लिगका सबै प्रतियोगिता समयमै गर्न, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गर्दै उनीहरूले केही महिनायता प्रदर्शन गर्दै आएका छन्।
