ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौंमा उर्लियो बागमती, यस्तो छ अहिलेको अवस्था (हेर्नुहोस् तस्बिरहरू)

२८ सेकेन्ड अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट सुरू भएको अविरल वर्षाले बागमती नदीमा पानीको सतह बढेको छ। पानीको सतहले अहिले नै खतरा तह पार गरिसकेको छैन। तर काठमाडौं जिल्लास्थित बागमती जलाधारको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने...

बितेका १२ घण्टामा सबैभन्दा बढी वीरगञ्जमा १४३ मिलिमिटर वर्षा

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ। बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा...

विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन

८ मिनेट अघि   थाहाखबर

काठमाडाैं : सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति  परिचालन गरेको छ । शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सशस्त्र प्रहरी...

पाँचथरमा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ कात्तिके डाँडामा आज भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर...

बारा र पर्सामा धेरै भारी वर्षा

१३ मिनेट अघि   सेतोपाटी

बारा र पर्सामा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले वीरगञ्जमा पछिल्लो २४ घन्टामा १८२.६ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ। त्यस्तै कलैया केन्द्रमा १७६.४ मिलिमिटर वर्षा भएको छ। २४ घन्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा भएमा...

विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : शुक्रबार रातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगरप्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ। कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारीसमेत महानगरले गरेको जनाइएको छ। कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह...

जिल्ला कार्यालय प्रमुखहरूलाई असोज १८ भित्र हाजिर हुन निर्देशन

२१ मिनेट अघि   सेतोपाटी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ। देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्ला कार्यालय प्रमुखहरूलाई असोज १८ सम्म अनिवार्य रूपमा कार्यस्थल पुगिसक्ने...

पाँचथर दुर्घटना– १२ जना यात्रुमध्ये ६ जनाको मृत्यु

३२ मिनेट अघि   सेतोपाटी

पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उक्त गाडीमा १२ जना यात्रु थिए। दुर्घटनामा घटनास्थलमै तीन महिला र तीन पुरूषको मृत्यु भएको बुझिएको छ। उनीहरूको सनाखत बाकी रहेको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक...

विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन मन्त्री घिसिङकाे निर्देशन

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले सडक, सिँचाइ तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै निकायका कर्मचारीलाई विपद् व्यवस्थापनका निम्ति तयारी अवस्थामा रहन आग्रह दिएका छन्। आफूले नेतृत्व गरेका मन्त्रालय तथा मातहतका...

कहाँकहाँ बढ्यो बाढी, कहाँकहाँ छ डुबानको खतरा?

३४ मिनेट अघि   सेतोपाटी

शनिबार दिउँसो १.५० बजे सम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तल रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार पछिल्लो ६ घन्टामा  मधेस र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा  मापन...

पाँचथर दुर्घटना– ५ जनाको मृत्यु, ६ जना घाइते

३९ मिनेट अघि   सेतोपाटी

पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार भएको  बोलेरो गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो करिब १२ बजेतिर तमोर करिडोर सडक खण्डमा अनियन्त्रित भई सडकबाट दाहिनेपट्टि करिब ५०० मिटर तल तमोर खोलाको...

नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ। धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी...

दाउन्नेको अवस्था के छ? पश्चिमबाट काठमाडौं गइरहेका गाडी कहाँ रोकिए?

५१ मिनेट अघि   सेतोपाटी

नवलपरासीदेखि पश्चिमबाट काठमाडौंका लागि छुटेका सवारी साधन बर्दघाटमा रोकिएका छन्। बिहीबार रातिदेखि परेको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो गएको र अझै पहिरो जाने उच्च जोखिमका कारण नारायणघाट हुँदै काठमाडौं जाने सडक आवागमन बन्द गरिएको छ। नारायणघाट-काठमाडौं सडकमा सवारी साधनको आवागमन...

शनिवार १ बजेसम्म वीरगन्जमा ११० मिलिमिटर वर्षा, सतर्क रहन आग्रह

५४ मिनेट अघि   सेतोपाटी

पर्सा जिल्लाको वीरगन्जमा शनिबार १ बजेसम्म ११० मिलिमिटर वर्षा भएको वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताएका छन्। शनिबार सिंहदरबारमा उनले सञ्चारकर्मीहरूलाई अहिलेको अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार बाराको कलैयामा पनि १ सय मिलिमिटर वर्षा मापन भएको छ। आसपासका रौतहट, सर्लाही,...

मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण

१ घण्टा अघि   थाहाखबर

गुल्मी : गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ। यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ।  जिल्लाको इस्मा...

विराटनगरबाट काठमाडौं उडेको जहाज पोखरा डाइभर्ट, विमानस्थल बन्द

१ घण्टा अघि   सेतोपाटी

शनिबार बिहान विराटनगरबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ। काठमाडौंमा मौसम खराबीले गर्दा विमान अवतरण गर्न नसक्ने अवस्था देखिएपछि उक्त विमान पोखरा डाइभर्ट भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज बिहान ९ः२२ मा अवतरण भएको थियो। पोखरा...

तमोर करिडोरमा ५०० मिटर तल खसेको गाडीबाट ६ जनाको उद्धार

१ घण्टा अघि   सेतोपाटी

धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेको छ। यो घटनामा अहिलेसम्म ६ जनाको उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार उद्धार गरिएका ५ जना घाइतेलाई उपचारका लागि धरान लगिएको छ भने एक...

आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी...

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

सप्तरी : छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ। हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ। बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल...

पृथ्वी राजमार्गको फिस्लिङमा खस्यो पहिरो

१ घण्टा अघि   सेतोपाटी

पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो खसेको छ।   सडकमा ठूला ढुंगा सहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेको हो। जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले पहिरो पन्छाउन ३ घण्टाजति लाग्न सक्ने बताए।

हमास शान्ति वार्ताका लागि तयार, गाजामा आक्रमण रोक्न इजरायललाई ट्रम्पको आग्रह

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा आक्रमण रोक्न गरेको आह्वानको स्वागत गर्दै हमासले गाजामा युद्धको अन्त्य गर्न र  बन्धकहरूलाई मुक्त गर्न तत्काल वार्ता सुरु गर्न तयार रहेको शुक्रबार बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा ट्रम्पको शान्ति प्रस्तावले लामो...

यस्तो छ खोलाले बगाएको सोल्टिमोडस्थित सडकको अवस्था (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं, सोल्टिमोडस्थित खोला किनारको सडक कटान भएको छ। शनिबार परेको वर्षाका कारण काठमाडौं महानगरपालिका-१४ कोहिनुर हाउजिङ नजिकैको करखुसी खोला किनारमा सडक कटान भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सडक कटान भएपछि सशस्त्र प्रहरी बल र नेपाल...

पाँचथर दुर्घटना अपडेट : ४ जनाको उद्धार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पाँचथरको कुम्मायक गाउँपालिका २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धरानतर्फ पठाएका छन् । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षतिको जानकारी आएको छैन । सदरमुकाम फिदिमबाट सेना,...

जेन–जीहरूलाई शिक्षामन्त्री पुनकाे आग्रह : सबैले मतदाता नामावलीमा नाम दर्ता गराउनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी युवाहरू सबैलाई अनिवार्य मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेका छन्। आगामी २१ फागुनमा हुने चुनावमार्फत जोशिला र इमान्दार युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि 'भाेटर लिस्ट' आफ्नाे नाम दर्ता गराउन उनले आह्वान गरेका हुन्।  नेतृत्वमा जोशिला र...