ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्टुडिओ फर्किन थाले गायक-गायिका, सार्वजनिक हुन थाले रोकिएका गीत

५५ सेकेन्ड अघि   सेतोपाटी

यदि अवस्था सामान्य हुन्थ्यो भने यतिबेला युट्युबमा हरेक दिन दसैं विशेष गीतहरू सार्वजनिक हुन्थे। थुप्रै कलाकारहरूले दसैंको अवसर पारेर अन्य सदाबहार गीतहरू पनि सार्वजनिक गर्थे। जानकारहरूको अनुमानअनुसार सामान्य अवस्थामा दैनिक १० वटाभन्दा बढी गीत युट्युबमा सार्वजनिक हुन्थे। तर पछिल्ला घटनाक्रमले देशव्यापी...

जेन जी आन्दोलनमा ज्यान गुमाएकाको अन्त्येष्टि गरियो

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको छ। पशुपतिस्थित आर्यघाटमा मंगलबार गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान गरे। मृतकको सम्मानमा सुरक्षा निकायले सलामी अर्पण पनि गरेको छ। यसअघि परिवारका...

सिंहदरबार बनाउनू भन्दै किसानले सरकारलाई १ लाख दिएपछि

४ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते प्रदर्शनकारीहरूले लगाएको आगोमा जलेको सिंहदरबार पुनर्निर्माण गर्नू भन्दै एक किसानले सरकारलाई एक लाख रूपैयाँ दिएको छ। अर्घाखाँचीका किसानले जिल्ला प्रशासन कार्यालयमै गएर प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा एक लाख रूपैयाँ जम्मा गरेका हुन्। उनले उक्त त्यसको भौचर प्रमुख...

रास्वपाले क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २४ गते प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने भएको छ।  केन्द्रीय र्‍याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापाले विज्ञप्ति जारी गर्दै  सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य...

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच सवा ३ बजे भिडिओ कन्फरेन्स हुने

११ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले अहिले सवा ३ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्ने भएकी छन्। गृह मन्त्रालय भवनमा रहेको अहिलेको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट यो भिडिओ कुराकानी हुने कार्की निकट स्रोतले बतायो। कार्कीको शपथग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला...

सामुदायिक वनमा युवती मृत फेला

२२ मिनेट अघि   थाहाखबर

खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छिन्। दिप्रुङ चुइचुम्मा-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत उनी सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन्।   सहकारी संस्थाका अध्यक्ष...

गृहमन्त्रीको निर्देशन, उच्च मनोबलका साथ काममा खटिनू

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उनले यो निर्देशन दिएका हुन्। यस क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की,...

मितेरी पुल  दशैँअघि निर्माण हुने

३५ मिनेट अघि   थाहाखबर

रसुवा : नेपाल-चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दशैँअघि सम्पन्न हुने भएको छ। रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको...

जेन–जी प्रदर्शनमा मारिएकाहरूको शव यात्रा, राष्ट्रिय सम्मानका साथ गरियो अन्त्येष्टि (तस्बिरहरू)

४६ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनमा मारिएकाहरूको मंगलबार शवयात्रा भएको छ। जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागि मारिएकाहरूको शवयात्रा गरिएको हो। त्रिवि शिक्षण अस्पतालमा पोष्टमर्टपछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिएको थियो। त्रिवि शिक्षण अस्पतालबाट शवयात्रासहित मंगलबार पशुपतिस्थिति आर्यघाट पुर्‍याएर मृतकरूको...

सार्वजानिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं :  गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन्। गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गरेका हुन्। कार्यालयको अनुगमन गर्दै उनले देशलाई नष्ट गर्ने काम कसैले...

'ए डिभिजन लिग हुने/नहुने कुरा एन्फाकै हातमा'

१ घण्टा अघि   सेतोपाटी

सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग आयोजना गरेमा खेल्न तयार रहेको बताएका छन्। एन्फाले आगामी पुस ९ देखि लिग सुरु गर्ने तयारी गरिरहेको छ र क्लबहरूसँग छलफल थालेको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छलफलमा हिमालयन...

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उनको सचिवालयले जनाएको छ। भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूले कुराकानी गरेका...

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पतालमा

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन्। प्रधानमन्त्री कार्कीले मंगलबार तिलगङ्गा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ। आँखाको उपचारका क्रममा...

खेल मैदानमा भारत-पाकिस्तान तनाव : म्याच रेफ्री हटाउने पाकिस्तानको माग आइसिसीले गर्‍यो खारेज

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एसिया कपका म्याच रेफ्री एन्डी पाइक्रफ्टलाई हटाउने पाकिस्तान क्रिकेट बोर्ड को मागलाई अस्वीकार गरेको छ। आइसिसीको कानूनी विभागले पठाएको भनिएको पत्रमा भारत-पाकिस्तान खेलको क्रममा भएको हात मिलाउने विवादमा म्याच रेफ्रीको कुनै भूमिका नभएको स्पष्ट पारिएको...

वीरगञ्ज महानगरपालिकामा ११५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिकामा १ सय १५ करोडको क्षति भएको अनुमान छ। महानगरपालिकाले संकलन गरेको प्रारम्भिक विवरण अनुसार १ सय १५ करोडको क्षति भएको अनुमान गरिएको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा...

सुकिला नोट सटहीमा छैन खासै चासो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दशैँँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ। राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो। विगतको दशैँँहरूमा नयाँ नोट सटहीको लागि सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो। नेपाल राष्ट्र...

कांग्रेस बैठकमा आधा दर्जन जिल्ला सभापतिहरूको प्रश्न- देउवाको घरमा भेटिएको भनिएको पैसाको वास्तविकता के हो?

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि निवासमै आक्रमण भयो। केही प्रदर्शनकारीहरूले जोगाउँदै नेपाली सेनाको जिम्मा लगाएपछि अस्पताल पुर्‍याइएका देउवा दम्पती अहिले पनि उपचारकै क्रममा छन्। भदौ २४ मा राजधानीको बुढानिलकण्ठस्थित देउवा...

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छिन्। प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको...

असोजमा थप घट्यो बैंकहरूले निक्षेपमा दिने ब्याजदर

२ घण्टा अघि   सेतोपाटी

असोज महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएको छ।  वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार भदौको तुलनामा असोजमा निक्षेपको ब्याजदर औसत ०.११३५ घटेको हो।   भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोज महिनाको लागि यो...

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

२ घण्टा अघि   थाहाखबर

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ।  राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको रु दुई लाख ५२ हजार नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी...

पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– अहिलेको भन्दा भव्य भवन बनाइनेछ

२ घण्टा अघि   सेतोपाटी

सेनाको सुरक्षा घेराभित्र रहेका शीर्ष नेता सार्वजनिक हुन थालेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय पुगेर क्षतिग्रस्त भवनको अवलोकन गरे। गत भदौ २४ गतेको प्रदर्शनका क्रममा आगजनीबाट खण्डहर बनाइएको कार्यालय अवलोकनपछि अध्यक्ष...

डा. सन्दुक रूइतले भने- यति धेरै बिरामीलाई छाडेर मन्त्री हुन जान्न

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. सन्दुक रूइतलाई भेटेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री कार्कीले डा. रूइतसँग भेटेर कुराकानी गरेकी हुन्। उनीहरूबीच के विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीले बताएकी छैनन्। तिलगंगा आँखा प्रतिष्ठानअघि पत्रकारहरूले प्रधानमन्त्री कार्कीलाई के विषयमा कुराकानी...

पर्यटन पुनरुत्थानका लागि सरकार र व्यवसायी बीच छलफल

२ घण्टा अघि   सेतोपाटी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका पर्यटन व्यवसायी बीच सोमबार पर्यटन क्षेत्र पुनरुत्थानबारे छलफल सम्पन्न भएको छ। जेनजी आन्दोलनका कारण पर्यटन संरचनामा परेको असरबारे समीक्षा गर्दै सहभागीहरूले नेपालको पर्यटन उद्योगलाई शीघ्र पुनरुत्थान गर्ने प्रतिबद्धता...

छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा!

२ घण्टा अघि   सेतोपाटी

आजभोलि शान्ति म्यामको दैनिकी पहिले जस्तो छैन। दिन कटाउन गाह्रो हुन्छ। सात साइकल किमोलाई थेगेर भर्खर भर्खर तङ्ग्रिँदै गरेको शरीरले बिहानको समय बिस्तारै हल्का व्यायाम गर्छु भन्दा पनि त्यति जाँगर दिँदैन, कमजोरी र थाकेको महसुस हुन्छ। तैपनि जबरजस्ती यो शरीरलाई...