त्यस दिन नेताहरू भाग्दै छन् भन्ने हल्ला फैलिएपछि त्रिभुवन विमानस्थलमा मच्चिएको आतंक
भदौ २४ गते दिउँसो १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सदाझैं यात्रु पुगिसकेका थिए। अन्तर्राष्ट्रिय र आन्तरिक तर्फका जहाज नियमित जसरी नै उडान र अवतरण गरिरहेका थिए। विमानस्थलको दक्षिणतर्फ अचानक कालो धुवाँ निस्कियो। यो भनेको जहाज अवतरण गर्ने (कोटेश्वरतर्फको) धावनमार्ग हो। छिनभरमै आकाश...