ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सर्वोच्चको व्याख्या– न्याय सम्पादनमा अवरोध हुने समाचार लेखे अवहेलना

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले न्याय सम्पादनमा अवरोध हुने गरी समाचार लेखेमा अवहेलनाको विषय हुने भनेर व्याख्या गरेको छ। 'सिधा कुरा जनता अनलाइन' का सम्पादकसहित तीन जनाविरूद्ध अवहेलना मुद्दाको फैसलामा सर्वोच्चले यो व्याख्या गरेको हो। प्रकाशित समाचारले अदालत, न्यायिक प्रक्रिया र न्याय प्रणालीप्रति भ्रम...

झलनाथ-माधव विवाद उत्कर्षमा‚ युवा संघमा बन्यो समानान्तर कमिटी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को युवा संगठनमा समानान्तर कमिटी गठन भएको छ। आज सञ्जीव राईको संयोजकत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा भएको हो। समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट मानिन्छन् भने उपाध्यक्ष निर्भीक खनाल चित्रकार झलनाथ...

पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक...

पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पाँच फरक खेल विधाका खेलाडी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयन परेका छन्। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी...

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छ : माधव नेपाल

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताएका छन्। पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित प्रशिक्षण तथा तीज विशेष कार्यक्रममा उनले समाजमा सबै प्रकारका विभेद अन्त्य...

साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौँ : प्रशिक्षक श्रेष्ठ

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली यु–१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले श्रीलंकामा हुने साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्।साफ महिला यु–१७ च्याम्पियनसिप भदौ ४देखि १५ गतेसम्म भुटानमा आयोजना हुँदै छ। चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने...

ट्राफिक प्रहरीले गर्‍यो ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

५ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा १९ मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ...

जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमानको पनि मृत्यु

५ घण्टा अघि   सेतोपाटी

जंगलबाट ल्याएको च्याउ खाएपछि रोल्पामा बिरामी परेका श्रीमानको पनि मृत्यु भएको छ। परिवर्तन गाउँपालिका– २ राङसी ८१ वर्षीय भागीराम वलीक मृत्यु भएको रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले जानकारी दिए। आजै राङसीकी ७४ वर्षीया निर्मला वलीको मृत्यु भएको थियो। उनीहरू श्रीमान श्रीमति हुन्। वली दम्पतीले...

विराटनगरमा राधाकृष्ण रथयात्राको उल्लास

५ घण्टा अघि   थाहाखबर

विराटनगर : श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्राले विराटनगरमा धार्मिक तथा सांस्कृतिक उल्लास छाएको छ।  विराटनगर-१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने यो रथयात्रालाई नेपालकै ठूलो मानिन्छ र यसमा नेपाल तथा छिमेकी भारतबाट समेत हजारौं श्रद्धालु भक्तजनको उत्साहपूर्ण...

अहिलेको कानुनले धाैवादी फलाम खानी बन्दैन, फाष्टट्र्याक पनि बन्दैन: मुख्य सचिव

५ घण्टा अघि   सेतोपाटी

मुख्य सचिव एकनारायण अर्यालले पूर्वाधार निर्माण लगायतका काममा अहिलेका कानुन बाधक भएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको सार्वजनिक निजी संवादमा उनले क्रमश: कानुन सुधार गरिएपनि अझै सुधार आवश्यक रहेको बताए। 'यी कानुनको आधारमा विकास हुँदैन भन्ने कुरामा हामी...

लाहुरे बन्न घरबाट हिँडेका सन्तोष यसरी बने 'बलिदान' का निर्देशक

५ घण्टा अघि   सेतोपाटी

फिल्म 'प्रेम गीत–३' रिलिजको एक वर्षपछि निर्देशक सन्तोष सेनले 'बलिदान' बनाउने उद्घोष गरे। उनले पहिले प्रदर्शन मितिसहित थिम–पोस्टर ल्याए। त्यसको केही सातामा प्रि–टिजर रिलिज गरे। प्रि–टिजरमा दनदनी आगो बलिरहेको, दर्जनौं मानिसहरू ढलिरहेको र बसको छतमा राष्ट्रिय झण्डासहित एक पात्र उभ्याइएको थियो। पृष्ठभूमिमा देशभक्तिपूर्ण...

कामै नगरी तलब लिन हुँदैन : मन्त्री न्यौपाने

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले राष्ट्रसेवक कर्मचारीहरूले कुनै कामै नगरी तलब लिन नहुने बताएकी छन्। मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले यस्तो बताएकी हुन्। उनले लामो समयदेखि सुगममा बस्ने दुर्गममा...

नेपालीहरूको ज्यान लिइरहेको विषाक्त मदिरा कहाँबाट आउँछ कुवेतमा?

६ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगारको एक प्रमुख गन्तव्य कुवेतमा केही दिनयता विषादीयुक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको छ। करिब ४० जना बिरामी परेर अस्पताल भर्ना भएका छन्। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना भएकामध्ये १५ जना आइसियुमा छन्। केहीको डायलासिस सेन्टरमा उपचार भइरहेको छ...

शिक्षकको सेवा प्रवेश उमेरहद ४० वर्ष र तहगत शैक्षिक योग्यता तोक्न संघर्ष समितिको माग

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षकको सेवा प्रवेश उमेरहद ४० वर्ष तोक्न माग गरिएको छ। ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले उक्त माग गरेको हो। संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा ती कुरा समावेश गर्नुपर्ने माग गरिएको...

६३ वटा आर्थिक कार्यक्रममध्ये १७ वटाको कार्यान्वयन शून्य

६ घण्टा अघि   सेतोपाटी

गत आर्थिक वर्षमा आर्थिक क्रियाकलापसँग सम्बन्धित बजेट कार्यान्वयन कमजोर देखिएको छ। नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज सेजन सँगको सहकार्यमा गरेको बजेट कार्यान्वयन सम्बन्धी अध्ययनमा कार्यान्वयन सुस्त देखिएको हो। आर्थिक क्रियाकलापसँग सम्बन्धित ६३ मध्ये १६ वटा अर्थात २५ प्रतिशत...

स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा टप स्पिन र एभीएमको समान १० अंक

६ घण्टा अघि   सेतोपाटी

टप स्पिन टेबलटेनिस गुड्स नेपाल र पहिलो सिजनको विजेता एभीएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन– ३ को पहिलो दिन आइतबार पहिलो चरणको खेल समाप्तिमा दुवैले समान १०–१० अंक जोडेका छन्। आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र द ड्रागन्स...

विदेश सचिव मिस्रीले दिए प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो

६ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन्। नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका सचिव मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरे। उक्त भेटमा ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका...

मितेरी सहकारी ठगी प्रकरण: ज्योतिबहादुरसहित ८ जनाविरूद्ध मुद्दा दायर

६ घण्टा अघि   सेतोपाटी

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ८ जनाविरूद्ध मुद्दा दायर भएको छ। जिल्ला अदालत ललितपुरमा आइतबार आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो। केही दिन अघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय ललितपुरमा...

भदौ लाग्दा पनि ५९ स्थानीय तहले बजेट ल्याउन सकेनन्

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भदौ महिना लागिसक्दा देशका ५९ वटा स्थानीय तहले बजेट ल्याउन सकेनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन सहसचिव प्रकाश दाहालले संवैधानिक व्यवस्थानुसार ती स्थानीय तहले चालू आर्थिक वर्षका लागि बजेट ल्याउन नसकेका हुन्। आइतवार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

कटुवा पेस्तोलसहित नेपालगञ्जबाट दुई जना किशोर पक्राउ

६ घण्टा अघि   सेतोपाटी

बाँकेको नेपालगञ्जबाट कटुवा पेस्तोलसहित दुई जना किशोर पक्राउ परेका छन्। नेपालगञ्ज उपमहनगरपालिका वडा नम्बर ४ का १७ वर्षीय समीर ढापाली र १६ वर्षीय राजन सोनकर कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित पक्राउ परेका हुन्। उनीहरू चेकजाँचका क्रममा आइतबार दिउँसो १ बजेतिर...

यो वर्ष दशैँतिहारमा भाडा बढ्दैन : मन्त्री दाहाल

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यो वर्षको दशैँतिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आइतवारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन्। इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका...

क्यानविरूद्ध मुद्दा हालेको र अध्यक्ष चन्दमाथि टिप्पणी गरेको भन्दै गुरुङलाई अम्पायरिङ गर्न प्रतिबन्ध

७ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट क्यान (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय अम्पायर संजय गुरूङलाई प्रतिबन्ध लगाएको छ।  क्यानका महाप्रवन्धक उत्सव ढुंगानाले गुरूङलाई अम्पायरिङसहित कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउने प्रतिबन्ध लगाइएको भन्दै लुम्बिनी प्रदेश संघलाई पत्राचार गरेका छन्। उनलाई प्रतिबन्ध लगाउने...

प्रेम सेनले सुनिता थेगिमसँगको सहकार्यमा ल्याए 'म्याङ्लुङ बजार' (भिडिओ)

७ घण्टा अघि   सेतोपाटी

गायक प्रेम सेनले नयाँ गीत 'म्याङ्लुङ बजार' सार्वजनिक गरेका छन्। गायिका सुनिता थेगिमसँगको आवाजमा उनले यो गीत ल्याएका हुन्।  प्रेम सेनकै प्रस्तुति रहेको गीतले पूर्वी नेपालको रमणीय तेह्रथुम जिल्लाको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति सम्झाउँदै मायाप्रेम दर्शाउँछ। पूर्वी पहाडको मौलिक लोकलयमा आधारित...

‘सुनकोशी मरिण डाइभर्सन निर्माणमा लगानीको अभाव’

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुनकोशी मरिण डाइभर्सन निर्माणमा लगानीको अभाव देखापर्न लागेको निर्माण कम्पनीका अधिकारीहरूले बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले गठन गरेको उपसमितिमा आइतवार सुनकोशी मरिण डाइभर्सनमा भइरहेको ढिलासुस्तीबारे भएको छलफलमा रमण कन्स्ट्रक्सनका प्रतिनिधिहरूले सुनकोशीसहित भेरी डाइभर्सनमा लगानीको अभाव हुन...