ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पाँच वर्षमा एलपी ग्यास किन्न विदेशियो चार खर्ब रुपैयाँ

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपैयाँको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको...

नेपाली पर्वतारोही पाण्डेले गरे इण्डोनेसियाली हिमालको सफल आरोहण

१५ मिनेट अघि   सेतोपाटी

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इण्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमशिखरको सफल आरोहण गरेका छन्। उनले यसै साता अगष्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन्। इण्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समयअनुसार बिहान ९ः३० बजे...

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार बेलुकी ९:४७ बजे बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको...

पाकिस्तानको बाढी-पहिरोमा अझै हराइरहेछन् २०० भन्दा बढी मानिस

४० मिनेट अघि   थाहाखबर

पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा बाढी- पहिरोका कारण अझै २०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन्। बाढी-पहिराेका कारण साढे ३०० को हाराहारीमा मानिसको मृत्यु भइसकेको छ। खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा ठूलो संख्यामा मानिस हराइरहेका छन्। सडक भत्किएर...

ह्वाइट हाउसमा जेलेन्स्कीले भेट्दैछन् ट्रम्पलाई, साथमा हुनेछन् यी युरोपेली नेताहरू

४६ मिनेट अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दैछन्। जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्पसँग भेटवार्ता गर्न लागेका हुन्। युक्रेनमा युद्धविरामबारे ट्रम्पले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए। तीन घन्टासम्म चलेको वार्तामा के कुराकानी भयो, सम्झौता कसरी गर्ने...

मेलवर्नविरुद्ध टस हारेको नेपाल फिल्डिङमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजअन्तर्गतको खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । डार्बिनमा मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने भएको हो। जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो। नेपालले यसअघि...

भेडापालकका सास्ती : चराउने ठाउँ छैन, बाटोमा कुकुरको डर

१ घण्टा अघि   थाहाखबर

भोजपुर :  सहज चरीचरन नहुँदा यहाँका भेडापालक समस्यामा परेका छन्। व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेशा नै सङ्कटमा परेको हो।   चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए।...

विपिनको रिहाइको पहल गर्नु हाम्रो जिम्मेवारी हो, सरकार साथमा छ : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीका परिवारको साथमा सरकार रहेको बताएका छन्।  आज बिहान उनले विपिन सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जनाएका हुन्।  प्रधानमन्त्री ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएकाविपिन जोशीको...

आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित

१ घण्टा अघि   थाहाखबर

काठमडौं : इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलले विजयी सुरुवात गरेको छ।   नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड गएराति आर्सनलसँग १–० ले पराजित भयो।  ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले गरेको एक मात्र गोल निर्णयक बन्यो।  युनाइटेडका निमित्त गोलरक्षक...

मेलम्ची खानेपानीको कार्यकारी निर्देशकमा दास

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरेको छ। मन्त्रीस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गरेको खानेपानी मन्त्रालयले जनाएको छ । दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए। उनले आइतबार नै कार्यकारी...

विपिनका परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका विपिन जोशीको साथमा सरकार रहेको बताएका छन्। हाल विपिनका आमा पद्मा र बहिनी पुष्पा उनलाई खोज्दै इजराइल नै पुगेका छन्। यही सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका...

नेपालले आज मेलवर्न स्टार्ससँग खेल्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियमा जारी टप इन्ड टी(२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न स्टार्ससँग खेल्दै छ यो खेल नेपाली समय अनुसार विहान  सवा ७ बजेदेखि शुरु हुनेछ।  नेपालले यस अघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग...

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, आज कहाँकहाँ छ भारी वर्षाको सम्भावना?

१ घण्टा अघि   सेतोपाटी

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण (भारत) तर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने यथावत छ। जसका प्रभावले नेपालका केही स्थानमा भारी वर्षा हुने...

योमरी अभौतिक साँस्कृतिक सम्पदामा सूचीकरण

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार योमरी (य:मरी) लाई अभौतिक साँस्कृतिक सम्पदामासूचीकरण गरेको छ ।  ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि यस्मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो । सबै प्रक्रिया पूरा गरी...

बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

१ घण्टा अघि   सेतोपाटी

हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।  हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए। ‘वर्षात सुरु...

बैतडीको डोलवासीलाई बर्सेनी पहिरोकै चिन्ता

१ घण्टा अघि   थाहाखबर

बैतडी : हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका-६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।  हरेक वर्ष बर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।...

गृह मन्त्रालय सर्वोकृष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र लक्ष्य तोकिएका कार्यमा ८८ प्रतिशत सफलता हासिल गरेको छ।  गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालयले बितेको पाँच वर्षयताकै उत्कृष्ट लक्ष्य हासिल गरेको देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक...

मनसुन केही कमजोर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर बनेको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...

हिन्दुकुश हिमालय संसदीय बैठक आजदेखि शुरू हुँदै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : हिन्दुकुश हिमालय संसदीय बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ।  ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुन लागेको बैठक आज र भोलि चल्नेछ।  कार्यक्रममा राष्ट्रपति...

मधेशमा सात वर्षयताकै उच्च राजस्व सङ्कलन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेशमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो। सात वर्ष पहिले आव २०७५/७६ मा दुई...

अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको विनिमयदर कति छ?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलरको मूल्य घटबढ छैन। आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको...

४५ हजारमा थालिन् व्यवसाय, पुराना जिन्सको सट्टा दिन्छिन् उपहार

२ घण्टा अघि   सेतोपाटी

आफूले लगाएको जिन्स लुगा पुरानो भएपछि तपाईं के गर्नुहुन्छ? थन्क्याउनुहुन्छ? वा फोहोरमा फ्याँक्नुहुन्छ? पुराना जिन्स कसरी व्यवस्थापन गर्ने भनेर धेरैलाई हैरान भएको हुन सक्छ। यही हैरानी मध्यनजर गर्दै केही उद्यमीहरूले पुराना जिन्स पुनः प्रयोगको उपाय निकालेका छन्। यस्तैमध्ये एक हुन् ललितपुर निवासी रश्मी तन्डुकार। उनी...

सर्वोच्चको व्याख्या– न्याय सम्पादनमा अवरोध हुने समाचार लेखे अवहेलना

९ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले न्याय सम्पादनमा अवरोध हुने गरी समाचार लेखेमा अवहेलनाको विषय हुने भनेर व्याख्या गरेको छ। 'सिधा कुरा जनता अनलाइन' का सम्पादकसहित तीन जनाविरूद्ध अवहेलना मुद्दाको फैसलामा सर्वोच्चले यो व्याख्या गरेको हो। प्रकाशित समाचारले अदालत, न्यायिक प्रक्रिया र न्याय प्रणालीप्रति भ्रम...

झलनाथ-माधव विवाद उत्कर्षमा‚ युवा संघमा बन्यो समानान्तर कमिटी

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को युवा संगठनमा समानान्तर कमिटी गठन भएको छ। आज सञ्जीव राईको संयोजकत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा भएको हो। समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट मानिन्छन् भने उपाध्यक्ष निर्भीक खनाल चित्रकार झलनाथ...