ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भारतले मे १५ सम्मका लागि बन्द गर्‍यो यी ३२ विमानस्थल (सूची)

१ मिनेट अघि   सेतोपाटी

पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो। शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो।...

ज्योतिर्मय यात्राको प्रतिफल- अर्हत्

१५ मिनेट अघि   थाहाखबर

काठमाडौं : शैलेन्द्र अधिकारी धादिङ सुनौला बजारका सुनौला प्रतिभा हुन्। गजल,  समालोचना र आख्यानमा कलम चलाउँदै  आएका अधिकारीको अर्हत् उपन्यास (२०८१) उनको लेखनको सातौँ खुड्किलो हो।  'नेपाली उपन्यासमा सवाल्टन' शीर्षकमा विद्यावारिधि अनुसन्धानरत शैलेन्द्र अधिकारी यतिबेला अर्हतको आँखीझ्यालबाट बुद्ध दर्शन नियालिरहेछन्। एकचालीस...

हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ। सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन। चार हप्ता अघि...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्दा बढ्यो युरो, यस्तो छ सटही दर

३८ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा...

शिक्षकलाई एसईईको कापी जाँच्ने चटारो, बिहान ४ बजेदेखि राति ११ बजेसम्म खटिन्छन्

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : करिब एक महिनाचलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ। शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको जनाएको छ।  शनिबारको...

तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

५४ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो ६ घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको...

२५ मेगावाटको सेती नदी जलविद्युत् निर्माण सम्पन्न

१ घण्टा अघि   थाहाखबर

कास्की : जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको  सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ। २०७५...

भारत-पाकिस्तानबीच दोस्रो रात पनि मिसाइल र ड्रोन हानहान, के-के भए?

१ घण्टा अघि   सेतोपाटी

भारत र पाकिस्तानले दोस्रो रात पनि एक अर्कालाई आक्रमण गरेका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न भूभागमा ठूला-ठूला विस्फोटका आवाज सुनिएको भनेर भारतीय अनलाइन द हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यस्तै पाकिस्तानी भूभागहरूमा पनि रातिभरि भारतीय आक्रमण भएको भनेर पाकिस्तानबाट...

यी प्रदेशमा आज वर्षाको सम्भावना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही...

शुरु भयो सगरमाथा आरोहण, चुचुरो चुम्ने ४२१ जनाको चाहना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।  एटके एक्सपिडिसन कम्पनीका अशोक लामाको नेतृत्वमा सात शेर्पाको...

'२२ वर्षकै उमेरमा मुखको क्यान्सर देखिन थालिएको छ'

१ घण्टा अघि   सेतोपाटी

नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि फरक फरक हुन सक्छ। जस्तो मुखको...

तारकेश्वर र कीर्तिपुरको बराबरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगितामा बराबरी खेलेका छन्।  गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शुक्रबार सम्पन्न खेलमा तारकेश्वर र कीर्तिपुरले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन्।  यो नतिजासँगै समूह ‘डी’...

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

१ घण्टा अघि   थाहाखबर

तानसेन : पाल्पा र गुल्मीको सङ्गमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ।  कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि रुरु क्षेत्रस्थित रिडी ऋषिकेशव मन्दिरमा दुई दिने शालिग्राम महोत्सव आयोजना गरिएको हो ।  पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रुरु क्षेत्र...

भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी, शहरभरि साइरनको आवाज

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा आज फेरि गोलाबारी सुरू भएको छ। कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातमा अहिले विस्फोटको आवाज सुनिएको अलजजिराले जनाएको छ। ‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’...

प्रदीप नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको बहुप्रतिभाशाली नेता : झलनाथ खनाल

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदीप नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको बहुप्रतिभाशाली नेता भएको बताएका छन्। काँडाघारीस्थित दिवङ्गत नेता नेपालको निवासमा परिवारलाई भेट्न पुगेका नेता खनालले कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण नेता नेपालको निधनबाट...

विद्युत प्राधिकरण घाटामा गएको हो? यसो भन्छन् ऊर्जामन्त्री खड्का

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डीडीए) गरिने बताएका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्का यस्तो बताएका हुन्। उनले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको...

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

१० घण्टा अघि   थाहाखबर

कास्की : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन्। वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल...

रंगशाला निर्माणमा पहल गर्दै मन्त्री चौधरी

११ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेश प्रदेशमा नयाँ रंगशालाको निर्माण तथा पुराना संरचनाको मर्मतका लागि उचित बजेट विनियोजन गर्ने बताएका छन्। तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्ताराष्ट्रिय रंगशाला निर्माणमा...

​भारतमा रहेका नेपालीलाई सुरक्षा निर्देशन पालना गर्न दूतावासको आग्रह

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ। दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो। दूतावासले शुक्रवार विज्ञप्तिमार्फत उक्त आग्रह गरेको हो।  सूचनामा भनिएको छ, 'भारतको...

नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न चन्द्र ढकालको आग्रह

११ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी गर्न आग्रह गरेका छन्। नेपालमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन आएका चिनियाँ र बंगलादेशी प्रतिनिधिमण्डल तथा नेपालस्थित चिनियाँ र...

रुपेश जैसवाल बने कोप चेसको च्याम्पियन

११ घण्टा अघि   सेतोपाटी

प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्‍यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन्। रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन्। राष्ट्रिय सहकारी महासंघको आयोजना र प्रभु महालक्ष्मी लाइभ...

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको क्वार्टरफाइनल समिकरण पूरा

११ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेटको अन्तिम आठको समिकरण पूरा भएको छ। समूह चरणका २१ खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।  अब अन्तिम आठमा सैनिक आवासीय महाविद्यालय र ग्यालेक्सी पब्लिक...

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन्। उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए। विभागका अनुसार ‘एटके...

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रातो मच्छिन्द्रनाथको जात्राअनुसार आज रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ। खसेको नरिवल जसले समात्छ, उसले सुपुत्र प्राप्त गर्छ भन्ने मान्यता छ। यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो।