ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण

६ घण्टा अघि   थाहाखबर

सुर्खेत : गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन्। कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन...

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि...

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक घरबाट सुनका गरगहना चोरी गर्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भई काठमाडौँको डल्लु बस्ने ५४ वर्षीय विकास लकाईलाई...

कांग्रेस : यता निर्वाचनका लागि संवाद, उता संसद्‍ पुनर्स्थापनमा पूरक निवेदन, बुधवार पेशी

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसँग संवाद सुरु भएकै दिन कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्। विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन...

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र...

राप्ती उपत्यकामा रूख काटेको आरोपमा गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष दोषी ठहर

८ घण्टा अघि   सेतोपाटी

दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभावी रूख काटेको आरोपमा दोषी ठहर गर्दै कैद सजाए सुनाएको छ।  जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले पुस २ गते राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का...

जेनजी युवाहरूसँग बहस– तपाईंहरूले चाहेको परिवर्तन के हो?

८ घण्टा अघि   सेतोपाटी

'लोकतन्त्रको सुधार–दलहरूमा सुधार' बहस शृंखलाको चौथो अंकमा मैले तीन जना प्रखर जेनजी युवाहरूसँग कुराकानी गरेको छु। भदौ २३ गतेको प्रदर्शन आयोजना गरेका र त्यो दिन आफै सडकमा ओर्लिएका तीन जना युवाहरू रक्षा बम, रिजन मगर र उपार्जुन चाम्लिङलाई मैले बहसका लागि सेतोपाटीको...

मानव अधिकार आयोगले पुरूषोत्तम यादवलाई पनि बोलायो बयानमा

८ घण्टा अघि   सेतोपाटी

मानव अधिकार आयोगले जेनजी प्रतिनिधिलाई पनि बयानमा बोलाएको छ। बुधबार बिहान ११ बजे आयोगले आफूलाई बोलाएको पुरूषोत्तम यादवले बताए। ‘भोलि बिहान ११ बजे कार्यालयमा आउनु भन्नुभएको छ,’ उनले भने। भदौ २३/२४ गतेको घटनाबारे आयोगले छानबिन गरिरहेको छ। सोमबार आयोगले मेयर बालेन...

पोखराका मेयर आचार्य भन्छन्– फेवातालको सिमसार पुर्नेलाई फौजदारी अभियोग लाग्ने कानुन चाहियो

८ घण्टा अघि   सेतोपाटी

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालसहित रामसार सूचीमा सूचीकृत पोखराका ९ वटै ताल पुर्ने व्यक्तिलाई फौजदारी अभियोग लाग्ने कानुन आवश्यक परेको बताएका छन्। फेवातालको सिमसार क्षेत्र अतिक्रमण गर्ने, पुर्ने र जथाभाबी डोजर चलाउने प्रवृत्ति रोक्दा–रोक्दा आफू हैरान भएको भन्दै मेयर आचार्यले...

भेरी-बबई आयोजनाको कानुनी अप्ठ्यारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्‍यो- गृहमन्त्री अर्याल

८ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका-११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मंगलबार स्थलगत अवलोकन गरेका छन्।  कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पूर्वसन्ध्यामा आज सुर्खेतको वीरेन्द्रनगर आइपुगेका गृहमन्त्री अर्यालले आयोजना स्थलमा पुगेर आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति तथा आयोजनाले झेल्नु परेका प्राविधिक...

केपी ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना

८ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फागुन २१ को निर्वाचनअघि नै एक ठाउँ ल्याउन तारन्तार प्रयास भएका थिए। जेनजी अभियानबाट उदाएका 'हामी नेपाल' का संस्थापक सुदन गुरूङ पनि यी दुईलाई मिलाउन प्रयासरत...

प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्डको छुट्टै बैठक

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति कार्यालयमा भएको छलफललगत्तै प्रधानमन्त्री सुशीला कार्की बाहिरिएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुन: छलफल सुरु गरेका छन्। अहिले राष्ट्रपति पौडेलसँग कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष...

किन दर्जनौं पटक पक्राउ पर्दा पनि फेवातालको सिमसार पुर्न उद्दत छन् खतिवडा?

९ घण्टा अघि   सेतोपाटी

पोखराका व्यवसायी युवराज खतिवडाले फेवाताल जलाधार क्षेत्रमा अवैध रूपले डोजर चलाउँदै सिमसार पुर्न थालेको पाँच वर्षभन्दा बढी बितिसकेको छ। यसबीच उनले फेवातालको आकारै घट्ने गरी सिमसार क्षेत्रको ५०० रोपनीभन्दा बढी जमिन पुरिसकेको स्थानीयदेखि पोखरा महानगरका मेयर धनराज आचार्य नै बताउँछन्। सिमसार...

राष्ट्रपतिसामु प्रधानमन्त्री कार्की र ओली-देउवा-प्रचण्डबीच निर्वाचन सफल बनाउने समझदारी

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी फागुन २१ को निर्वाचन सफल बनाउन प्रमुख तीन दल र सरकारबीच समझदारी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।  राष्ट्रपति भवन शीतल निवासमा मंगलवार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र...

राष्ट्रपति, प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच के भयो छलफल?

९ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ।  राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी...

महाधिवेशनमा पराजित 'एमाले टिम' भित्र्याउने प्रचण्ड–माधवको दाऊ, होला त सफल ?

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : झन्डै डेढ दर्जन दल तथा समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर सन्देश सभा गर्‍यो। एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड दोहोर्‍याइ-तेहर्‍याइ भने- नेकपा एमालेका नेताहरू पनि नेकपामा आउँछन्।  नेकपा एकता घोषणा...

आफ्नै नाममा नयाँ खालका युद्धपोत बनाउने ट्रम्पले गरे घोषणा

१० घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसैनिक प्रभुत्वलाई थप मजबुत बनाउन आफ्नै नाममा युद्धपोतहरू बनाउने घोषणा गरेका छन्। युद्धपोतको ‘गोल्डेन फ्लिट’  बनाउनका लागि उनले ‘ट्रम्प-क्लास ब्याटलसी’ निर्माण गर्ने योजना सोमबार गरेको भनेर समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी सेनासँग पूर्व राष्ट्रपतिहरूका...

यी आठ लक्षण शरीरमा छ भने थाइराइड गडबड भएको पनि हुनसक्छ है!

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वस्थ शरीरका लागि थाइराइड हर्मोन शरीरमा धेरै पनि हुनु हुँदैन र कम पनि हुनु हुँदैन तर थाइराइड ग्रन्थीको काममा गडबडी भएमा थाइराइड हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ। हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म भनिन्छ...

बैंकलाई चालु पुँजीसम्बन्धी नियम नै बनाउन दिनुपर्ने सुझाव

१० घण्टा अघि   सेतोपाटी

बैंकिङ क्षेत्र सुधार समितिले राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदनले बैंकलाई नै चालु पुँजीसम्बन्धी नियम नै बनाउन दिनुपर्ने सुझाव दिएको छ।  प्रथम वर्गमा परेको संस्थाले चालु पुँजीसम्बन्धी नियम आफै बनाएर लागु गर्ने, संस्थाले लिएको ऋण सदुपयोगिताको जाँच कम्तीमा त्रैमासिक रूपमा गर्ने र...

एमाले- विराटनगरमा आन्दोलन घोषणा, काठमाडौंमा उम्मेदवारको खोजी

१० घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का नवनिर्वाचित सचिव शेरधन राई सहितका केन्द्रीय कमिटीका केही नेता मंगलबार विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकारहरूमाझ उपस्थित थिए।  त्यसक्रममा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एउटा विज्ञप्ति सार्वजनिक गरे।  ‘आज केही महत्वपूर्ण कुराहरू हामी एक्सपोज गर्दैछौं,’ भनेर विज्ञप्ति पढ्न...

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेजीको वैदेशिक रोजगार व्यवसायीद्वारा स्वागत

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ।  सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारी निर्णय स्वागतयोग्य भएको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक...

यो वर्ष सरकारको ऋण ११५ अर्ब बढ्यो, थपिएको भन्दा विनिमयदरको घाटा दुई गुणा बढी

१० घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको ५ महिनामा सरकारले तिर्ने ऋणको दायित्व एक खर्ब १५ अर्ब रूपैयाँले बढेको छ। असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रूपैयाँ रहेको यस्तो ऋण मंसिर मसान्तमा आइपुग्दा २७ खर्ब ८८ अर्ब पुगेको छ। देशको कुल अर्थतन्त्रसँग तुलना गर्ने...

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदले गरेको हस्ताक्षर सर्वोच्चमा

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ। कूल ८७ जनामध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालत पुगेको हो। कांग्रेसका थप सांसदहरूले हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत दर्ता गराएको सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। ‘थप हस्ताक्षरसहित...

बैंकिङ क्षेत्र सुधार समितिको रिपोर्ट: मर्जर नभएका संस्थाको कार्य सम्पादन राम्रो

१० घण्टा अघि   सेतोपाटी

बैंकिङ क्षेत्र सुधार समितिले राष्ट्र बैंकलाई केही समयअघि बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ।  प्रतिवेदनले मर्जर भएकाभन्दा नभएका संस्थाको कार्य सम्पादन राम्रो देखिएको उल्लेख गरेको छ।  प्रतिवेदनमा भनिएको छ, 'हाल मर्जर भएका भन्दा नभएका अधिकांश संस्थाहरूको समग्र कार्यसम्पादन राम्रो देखिन्छ।' प्रतिवेदनले...

शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलसँग सघन संवाद जरुरी : नेकपा

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।  मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले  पार्टीले यस्तो आग्रह गरेको...